Skip to content

सुन पगाल्न भन्दा धेरै


सुन पगाल्न भन्दा धेरै मन पगाल्न गाह्रो रैछ
निष्ठुरीलाई सम्झिने मन बुझाउन झन साह्रो रैछ
बुझदैन यो मन
बढ्छ याद झन

गर्न बाँकी छैन केही हुने सम्म गरीसकेँ
जिन्दगीनै बाजी राखी शरणमा परीसके
बदलिएन मन उन्को बदलिए कैयौँ ऋतु
नबुझेको किन होला ढुङ्गाकै पो छ की मुटु

पटक्कै मन मान्ने होइन बिसर्ीएर जीउँ भने
बाँच्ने रहर बाँकी नै छ बिषको घुट्का पीउँ भने
तड्पिएर जीउनु पर्ने जिन्दगीको कस्तो रित
यति कठोर किन होला मायामोह छैन कित

गीती एल्बम इच्छा
स्वर रामकृष्ण ढकाल
रचना सुनिल संगम
संगीत जुगल डंगोल

5 thoughts on “सुन पगाल्न भन्दा धेरै”

  1. sunil ji geet ekdam ramro
    sunil ji geet ekdam ramro chha malai manparne geet ho yo . dherai patak suneko chhu……………………………..

    mc vibas

  2. सुनिल जी, तपाईं का गीत हरु
    सुनिल जी, तपाईं का गीत हरु साच्चै राम्रा छन् । यो गीत पनि मैले धेरै सुनेको थिय । पछिल्लो क्रम मा रचियको नयाँ गीत छ भने पढ्न पाउने आशा छ ।
    प्रकाश पौडेल ,जापान

  3. sunil je ! sun pagalana vane
    sunil je ! sun pagalana vane geet echhya album ko hai na ra ? ramro 6 aru ajjai uo vanda ramro geet haru rachana gardai janu geet lekhna nachodnu hai ? ajai mon chune geet haru rachana garnu ! have a nice day / jayaram shrestha / jayaramjee@wlink.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *