Skip to content


दुई दिने रैछ माया छुट्यो बरिलै
पानिको फोका जस्तै फुट्यो बरिलै

संगै हास्यौं संगै बस्यौ ठा गर्दै बोल्यौं कि त
एक अर्कामा मनका कुरा नढाँटेर खोल्यौं कि त
रातैको सपना रैछ टुट्यो बरिलै
पानीको फोका जस्तै फुट्यौ बरिलै

भोक छैन निद छैन मन भित्र शान्ति छैन
भेट्नेहरु भन्छन् के भो अनुहारमा कान्ति छैन
भाग्यले सारा खुशी लुट्यौं बरिलै
पानिको फोका जस्तै फुट्यौ बरिलै

दुई दिने रैछ माया छुट्यो बरिलै
पानिको फोका जस्तै फुट्यो बरिलै

Leave a Reply

Your email address will not be published. Required fields are marked *