Skip to content

थोपा-थोपा रगतमा


थोपा-थोपा रगतमा तिम्रै माया सल्वलाउँछ
तिम्रो छोरो हेर आमा ममताको गीत गाउँछ

तोते बोली सिकाउने मीठा-मीठा बातहरु
भिरा पाखा डोर्‍याउने मायालु ती हातहरु
स्नेहको न्यानो काख धेरै-धेरै याद आउँछ
तिम्रो छोरो हेर आमा ममताको गीत गाउँछ

यहाँ सम्म ल्यायौ कठै नत्र म त के थिएँ र
जन्म दियौ त्यो नै ठुलो बरु मैले के दिएँ र
उपदेश आशिष अनि यस्तो माया कस्ले पाउँछ
तिम्रो छोरो हेर आमा ममताको गीत गाउँछ

थोपा-थोपा रगतमा तिम्रै माया सल्वलाउँछ
तिम्रो छोरो हेर आमा ममताको गीत गाउँछ

स्वर तथा संगीत-स्वप्निल दीपक
रचना- सुनिल संगम

11 thoughts on “थोपा-थोपा रगतमा”

  1. wow! sunil ji kunai sabda nai
    wow! sunil ji kunai sabda nai chhaina …kasari taarif garu…tyo aama prti ko maya maa lekhiyeko geet ko ho aama le haamilai dherai dinu bhayo tara haamile kehi pani dina sakenau tara tapaile ….
    यहाँ सम्म ल्यायौ कठै नत्र म त के थिएँ र
    जन्म दियौ त्यो नै ठुलो बरु मैले के दिएँ र
    उपदेश आशिष अनि यस्तो माया कस्ले पाउँछ
    तिम्रो छोरो हेर आमा ममताको गीत गाउँछ

    -anubhav

  2. स्नेहको न्यानो काख धेरै-धेरै
    स्नेहको न्यानो काख धेरै-धेरै याद आउँछ
    तिम्रो छोरो हेर आमा ममताको गीत गाउँछ
    Sunilji sarhai ramro geet lekhnu bhay6a.

  3. स्नेहको न्यानो काख धेरै-धेरै
    स्नेहको न्यानो काख धेरै-धेरै याद आउँछ
    तिम्रो छोरो हेर आमा ममताको गीत गाउँछ
    ramro lagyo
    kedar shrestha

  4. कमेन्टको लागि सबैलाइ धन्यवाद
    कमेन्टको लागि सबैलाइ धन्यवाद ।बिशेष तपाईंलाई क भन्छु भने चोर भन्नेले प्रमाण पुर्‍याएर खुल्ला रुपमा भन्नुस् नाम किन लुकाउनु भा? नेपाली भाषामा गाली गर्ने पनि सभ्य सब्धहरु छ ।अनी म दाबिसाथ भन्छु मैले कसैको रचना चोरेको छैन म आँफै लेख्ने मान्छे हुँ ।यो गीत अहिलेको पनि होइन धेरै पुरानो हो ।
    सुनिल संगम

  5. सुनिल जी ,
    आमा को माया ममता

    सुनिल जी ,
    आमा को माया ममता को गुन त कुनै छोराले तिर्न सक्दैन तर शब्दमा आशय मात्र व्यक्त गर्न पनि धेरै छोराछोरीले सक्दैनन् तर तपाईंले कति सरल रुपमा त्यो भाव राखिदिनु भयो । सुन्दर लागे असाध्यै ।

  6. सुनिल सँगम जी, तपाईं का शब्द
    सुनिल सँगम जी, तपाईं का शब्द हरु महान छन । सरल र सरस भाषा मा उत्कृष्ट भाव समेटियका छन ।

    प्रकाश

  7. यहाँ सम्म ल्यायौ कठै नत्र म त
    यहाँ सम्म ल्यायौ कठै नत्र म त के थिएँ र
    जन्म दियौ त्यो नै ठुलो बरु मैले के दिएँ

    Thanks sunil ji yo mitho rachana ko lagi…….. nice to here u

    Manoj kafle Mansun
    kuwait mansun2036@yahoo.com

  8. thanks ,sunil g bahut ramro
    thanks ,sunil g bahut ramro lagyo yar ………..aadhunik geet ko yatra shuva rahos shuva-kamanako shabdaharu………………….

  9. sundar
    ईज्यत बेचि धन सम्पति कमाउनेला मान्छ समाज
    हातमा गाजाँ चुरोट रक्सी समाउनेलाई मान्छ समाज
    aati sundar rachana lagyo so thish gazal tapai ko lagi

  10. sundar Rachana
    प्रेम जालमा फसिदिने भेटिएनन् कोिह
    जिवन भरि बसिदिन भेटिएनन् कोिह

Leave a Reply

Your email address will not be published. Required fields are marked *