Skip to content

लेखराम सापकोटा

तिमी छैनौ माझी औंलामा राधा देख्दैछु

  • by

तिमीलाई पुगेछ मैले आधा देख्दैछू,
सजिलो थियो बाटो अब बाधा देख्दैछु

ॠतु जस्तै ममा केही फ़ेरिएछ आज,
तिमी छैनौ माझी औंलामा राधा देख्दैछु

हाइकुमा समर्पित

  • by

हाइकुको देश जापानमा एक जना नेपाली कविले हाइकुको खेती सुरु गरेको सुन्दा अचम्म लाग्यो । चासो रहिरहदाँ गजलकार कृसु छेत्रीसँग अनलाइनमा भेटभयो । जापान घुमेर आएका गजलकार छेत्रीले मेरो कौतुहलता मेट्ने कोसिस गर्दै भने- चितवनका प्रकाश पौडेल ‘माइला’ ले जापानमा हाइकु सिर्जना र प्रकाशनमा मरिमेटेका रहेछन् । उनी आजकल जापानका टोकियो, योकोहामा, ओसाकालगायतका सहरहरूमा विभिन्न साहित्य सत्संगहरू आयोजना गर्न र विशेष गरी हाइकु सिर्जनाको अभियानमै जुटेका रहेछन् ।