Skip to content

रामकृष्ण पौडेल अनायास

आमाले फोनमा भनेकी थिइन्

आमाले फोनमा भनेकी थिइन् आउछस् आउँदैनस्
पोहर त्यस्तै भयो अहिले छुट्टी पाउछस् पाउँदैनस्

चोकमा पिंङ्ग र हिजै घरमा जमरा राख्यौ बाबु
‘बा’ले भन्दै थिए यसपाली टीका लाउछस् लाउँदैनस्

चितवनमा हरिभक्त कटुवालको ३८औं स्मृति दिवस सम्पन्न

कविडाँडा साहित्य समाज, चितवनको आयोजनामा हरिभक्त कटुवालको ३८औं स्मृति दिवसको अवसरमा अनि हरिभक्त फर्किएनन् नामक वृत्तचित्र प्रदर्शन र उनका रचना पाठ सम्पन्न गरियो ।

भरतपुरमा अवस्थित होटल ग्लोवलमा आयोजित कार्यक्रममा स्रष्टाहरू सरिता तिवारी, सुरेन्द्र अस्तफल, बालकृष्ण थपलिया, सरला जोशी, चेतराज रेग्मी, रामकृष्ण अनायास र विजय विजयले उनका कविता पाठ गर्नुभएको थियो ।

गयो भत्ता पचायो

गयो भत्ता पचायो मात्र ताली बजाएको छ
देशको आन्दानी छैन केही महंगी बढाएको छ

देश बनाउँछु भनेर भोट खाएर गएको नेता
काठमाडौँमा आफूलाई ठुलो महल बनाएको छ

आमाको सेतो साडी

नझुल्किंदै घामअगावै
आमा त्यो डाँडामा झुल्किएकी हुन्छिन्
एक मुठी भटमासले
आधी रातसम्म पेट धानेर
पिठ्युमा गरिबीको डोकोले
थिचेपछि
उज्यालोमा कहिल्यै छोराछोरीको
अनुहार देख्न पाइनन् ।

जब हरायौ हावासँग

जब हरायौ हावासँग अनि सोध्छु घामसँग बताससँग
जुन दिन देखे तारासँग अनि सोध्ने गर्छु आकाससँग

भन्यौ खोजी हेर म तिम्रै वरिपरि आसपासमा छु
तर रहेछौ तिमी मेरो धड्कनसँग साससँग

जिन्दगीहरू कसैको अधिनमा

जिन्दगीहरू कसैको अधिनमा छन्
त्यसैले दिनहरू अचेल रंगिनमा छन्

सपना देखेर ननिदाएको कैयौ भैसक्दा
मेरा रातहरू उनीसँगै तल्लिनमा छन्

उनी गएपछि

आज पनि उत्तिकै सम्झिरहेको छु
उनी गएपछि
हामीले खेलेको बगरको किनारामा,
बनाएको घर कैयौ पल्ट ढल्यो होला
तर समयले छुटाए पनि
कहिल्यै ढलेन आशाहरू
टुटेन कहिल्यै विश्वासका ताराहरू
हामीले छोएको त्यो नदीको पानी

दुई मुक्तक (बा आमाको गुण)

मुक्तक १

मैले बा आमाको गुण कहिल्यै तिर्न सकिन
असल छोरा बनेर मनमा कहिल्यै छिर्न सकिन
समय बदलियो म आफैं बाउ बन्दै छु अहिले
देखाउथे कति लाग्दो रहेछ माया मुटु चिर्न सकिन

तिम्रो र मेरो बाँच्ने एउटै आधार

तिम्रो र मेरो बाँच्ने एउटै आधार छ
मन मिल्नुपर्छ सपना साकार छ

अरूले तारा अनि जुनको सपना देलान
तिमीलाई सिङ्गो संसार दिने विचार छ

तीन मुक्तक (मुटुमा सजाएर राखेको)

मुक्तक १
मुटुमा सजाएर राखेको एकजना खास थियो
अँझै लाग्छ ऊ हर समय मेरै आस पास थियो
मैले उसलाई कहिल्यै महलको सपना देखाइन
त्यसैले हाम्रो माथि यौटा खुल्ला आकाश थियो

तीन मुक्तक (यता मेरो मलामी)

मुक्तक १

यता मेरो मलामीको लामो लर्को हुँदा
उता तिम्रो सिउदोमा सिन्दूरको धर्को हुँदा
तिम्रो बिहेका जन्ती पनि रुन्छन होला
मेरो शंखको आवाज चर्को हुँदा

तीन मुक्तक (सधैं ताजा रहिरहन्छ)

मुक्तक १
सधैं ताजा रहिरहन्छ केही खतहरू
अनि बाँच्ने साहास हुन्छ बिगतहरू
पीडाहरू बेला बेला बल्झिदा प्युने गर्छु
मेरा बाँच्ने आधार बनेकाछन यिनै लतहरू

तीन मुक्तक (जब म मर्नेछु)

मुक्तक १

जब म मर्नेछु अनि तिमी एक्लै हुनेछौ
मलामीले शंख फुकी लाँदा कति रूनेछौ
समाज तिमी आफैले बदल्ने हो त्यसैले बिहे गर
गरिनौ भने बाँच्नलाई सधैं मेरै तस्वीर छुनेछौ

तीन मुक्तक (मैले बाबाको ऋण तिर्नु थियो)

#१
मैले बाबाको ऋण तिर्नु थियो
त्यसैले म परदेश छिर्नु थियो
कुनै दिन फर्किएर आफ्नै देशको
वर्षौदेखिको अँध्यारोलाई चिर्नु थियो ।

तीन मुक्तक (जब सँगै हुन्थ्यौं)


जब सँगै हुन्थ्यौं रातहरू पनि रंङ्गिन हुन्थ्यो
अनि छुटिने बेला आउदा निकै कठिन हुन्थ्यो
हराउथ्यौं एक अर्कामा भुलथ्यौ सारा संसार पनि
त्यसैले त पत्तै हुदैन्थ्यो कति बेला दिन हुन्थ्यो

भन्छन् दिल टुटेपछि

भन्छन् दिल टुटेपछि कहिल्यै जोडिदैन
मायामा विश्वास भए कहिल्यै तोडिदैन

लागोस दुनियाको नजर जलोस् यो संसार
मुटु यौटै भएपछि साथ कहिल्यै छोडिदैन

कैयौ वर्ष यता भोकै छ कर्णाली

कैयौ वर्ष यता भोकै छ कर्णाली नून नपाएर
छाड्छु भन्छ सरकार एकवर्षमा गरिबी घटाएर

जनता अँध्यारोमा जिउन बाध्य बनेका छन्
केही दिनमै चमत्कार गर्छु भन्छ लोडसेडिङ् हटाएर

उसले यसरी प्रेम प्रस्ताव राखेर गई

उसले यसरी प्रेम प्रस्ताव राखेर गई
केही दिन बिचार गर्छु भन्दै चाखेर गई

तिमीले सम्झियौ भने मुटु पठाइदिनेछु भन्थी
आजसम्म बिर्सेकै छैन थाहा भो गफ हाँकेर गई

यहाँ गरिबको

यहाँ गरिबको कहिल्यै पसिनाको भाउ हुदैन
वेइमानको शहरमा इमान्दारिलाई ठाउ हुदैन

सधैं अस्मिता लुटिएका खबरले अखबार भरिन्छ
देशलाई बलि दिने सज्जनको कतै नाउ हुदैन