तिमीलाई पुगेछ मैले आधा देख्दैछू,
सजिलो थियो बाटो अब बाधा देख्दैछु
ॠतु जस्तै ममा केही फ़ेरिएछ आज,
तिमी छैनौ माझी औंलामा राधा देख्दैछु
म हाँसेर बोल्छु हृदय खोलेर बोल्छु
आफ्नै बस्तीभित्र म सीधासाधा देख्दैछु
आजकल धेरैले हरामी भन्छन मलाई
आफै भित्र कलियुगको ब्याधा देख्दैछु
