Skip to content

नेपोलियन मरहट्टा

एउटा जाबो बैंश पनि भारै भयो मलाई त

  • by

एउटा जाबो बैंश पनि भारै भयो मलाई त,
दिन त काँटे तर रात गाह्रै भयो मलाई त ।

नत मिलन् नत बिछोड ब्यर्थै माया लगाएछु,
तिम्रो माया करौँतीको धारै भयो मलाई त ।

नसकिँदो रैछ हजुर

छल कपट गर्ने सँग नसकिँदो रैछ हजुर,
सर सापट गर्ने सँग नसकिँदो रैछ हजुर ।

जोगाएर राखे पो त काम लाग्छ अनिकालमा,
सधैं खपत गर्ने सँग नसकिँदो रैछ हजुर ।
सर सापट गर्ने सँग नसकिँदो रैछ हजुर ।

जब तिम्रो जवानीमा परे मेरा आँखा

  • by

जब तिम्रो जवानीमा परे मेरा आँखा,
तब तिमी तिरै बसाइँ सरे मेरा आँखा ।

फक्रिएको फूलतिम्रो कुनाकाप्चा तिर खोज्दै,
शिर देखी पाऊ सम्म झरे मेर आँखा ।

रिसाएर जानेलाई

सम्झेको छ भन्दिनु है रिसाएर जानेलाई,
फूलैपर्ने गरी आँखा बिझाएर जानेलाई ।

सधैं सधैं याद गर्छु कहाँ भुल्न सक्छु र म ?
मन्को एउटा नाता पनि सिध्याएर जानेलाई ।

धित मारिदेउ मेरो, चुम्बनले आज

  • by

आँखा छोप्छ धरती र गगनले आज,
धित मारिदेउ मेरो, चुम्बनले आज ।

कती तड्पिएर बस्नु जवानीको भोक बोकी ?
भर्छु पेट तिम्रै ओठको मक्खनले आज ।
धित मारिदेउ मेरो, चुम्बनले आज ।

माया लाउन सक्दिन म तिमी सँग

  • by

लुकेर त माया लाउन सक्दिन म तिमी सँग,
झुकेर त माया लाउन सक्दिन म तिमी सँग ।

चर्किएको मान्छेलाई फुटाउनै खोज्छौ तिमी,
फुटेर त माया लाउन सक्दिन म तिमी सँग ।

कर्म लाग्थ्यो तिमीलाई

छिप्पिएको जवानीको’नी कर्म लाग्थ्यो तिमीलाई,
थोरै दया गरे धेरै, धर्म लाग्थ्यो तिमीलाई ।

अँधेरी छ रात आज,कत्ति पनि नलजाउ,
पहिले-पहिले हाम्रो भेट्मा शर्म लाग्थ्यो तिमीलाई ।

जिन्दगी छ

  • by

परमात्माले बोकी हिंड्ने झोला भित्र जिन्दगी छ,
त्यसैले त मनुस्यको चोला भित्र जिन्दगी छ ।

एकदिन प्रभुले नै माछा देखाइ भन्नु भयो,
ए मनुस्य यहाँ हेर खोला भित्र जिन्दगी छ ।

बनाइदिन्छु म

  • by

ईतिहास मै नलेखिएको काहानी बनाइदिन्छु म,
निचोरेर साहित्यलाई पानी-पानी बनाइदिन्छु म ।

जस्तो सुकै खडेरीमा पनि गजल अँकुराउने,
मेरो घर छेउमा एउटा बागबानी बनाइदिन्छु म ।

लुकेर त माया लाउन सक्दिन

  • by

लुकेर त माया लाउन सक्दिन म तिमी सँग,
झुकेर त माया लाउन सक्दिन म तिमी सँग ।

चर्किएको मान्छेलाई फुटाउनै खोज्छौ तिमी,
फुटेर त माया लाउन सक्दिन म तिमी सँग ।

घोप्टो जुँघा

  • by

जब जंगलको शेर शहर पस्यो,
तब शहरको शेर आज गाउँ पसेको छ ।
शेर त आखिर
शेर नै हो जनताको लागि,
गाउँको होस् या शहरको ।
केबल
शिकार गर्छ, त्यस्ले जनताकै ।

बात अझै बाँकी थियो

ब्यर्थै हामी छुट्टीएछौ रात अझै बाँकी थियो,
भन्नै लाज लाग्ने एउटा, बात अझै बाँकी थियो ।

फूलको बोट् र तिमीलाई उस्तै उस्तै देखे मैले,
थुँगाहरु छोए पनि, पात अझै बाँकी थियो ।
भन्नै लाज लाग्ने एउटा, बात अझै बाँकी थियो ।

तिम्रो रुप रंग सँग सरोकार गर्दिन म

  • by

तिम्रो रुप रंग सँग सरोकार गर्दिन म,
असल मित्र भन्दा अर्को व्यबहार गर्दिन म ।

ढुक्कभए हुन्छ तिमी, सधैं मान सम्मान गर्छु,
गैर कानुनको कुनै करोबार गर्दिन म ।

भेट्नु भयो भने कतै

  • by

हराएको मेरो मान्छे देख्नु भयो भने कतै,
मलाई खबर गर्नुहोला भेट्नु भयो भने कतै ।

खोज्नु होला शहरको भिडहरु छिचोलेर,
नेपालबन्द गरी बाटो छेक्नु भयो भने कतै ।

सातै गंगा नुहाए’नि

  • by

भित्र तिमी कठोर छौ,बाहिर आसुँ चुहाए’नि,
तिम्लाई चोखो मन्दिन म सातै गंगा नुहाए’नि।

संसार सारा जिते पनि,सक्ने छैनौ मलाई जित्न,
पर्ने छैन तिम्रो जालमा मिठो मिठो खुवाए’नि ।

मौन भयो पात पनि

  • by

तिमी रिसाउनुको कारण सोच्दै बित्यो रात पनि,
फूलले पनि बताएन, मौन भयो पात पनि ।

सारा संसार भरी खोजे, छितिज पारी पनि पुगे,
तर जवाफ भेटिएन, रित्तै फर्किए हात पनि ।