Skip to content

जब तिम्रो जवानीमा परे मेरा आँखा

  • by


जब तिम्रो जवानीमा परे मेरा आँखा,
तब तिमी तिरै बसाइँ सरे मेरा आँखा ।

फक्रिएको फूलतिम्रो कुनाकाप्चा तिर खोज्दै,
शिर देखी पाऊ सम्म झरे मेर आँखा ।

दुईटै आँखा लोभी मेरा,तर तिम्रो अंग एउटा ,
भाग नपुगेर लडाईं गरे मेरा आँखा ।

यस्तो गर्नुहुन्न भनी सम्झाउन खोज्दाखेरी,
उल्टै मलाई पो आँखा तरे मेरा आँखा ।

यौबनको छाल तिम्रो नानीभित्र छल्किदिँदा,
पक्कै पनि निदाउँदैनन् भरे मेरा आँखा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *