बहकिने मनको पनि बह फरक भएपछि,
बराबर हुन्न आँसु गह फरक भएपछि ।
देख्दिन म कोही पनि पुर्णिमाको चकोर झैँ,
कस्ले हेर्छ ? जुनेलीलाई चह फरक भएपछि ।
रस खाइ मौरी पनि भुल्दो रैछ फूललाई,
हरेक फूलै पिच्छे उस्को मह फरक भएपछि ।
मेरो मन्ले तिमी भित्र सकेन है पौडी खेल्न,
तिम्रो मन्को दह भित्र रह फरक भएपछि ।
ढिलै भए पनि आज एउटा कुरा बुझेँ मैले,
नजोडीदो रैछ मन तह फरक भएपछि ।