हराएको मेरो मान्छे देख्नु भयो भने कतै,
मलाई खबर गर्नुहोला भेट्नु भयो भने कतै ।
खोज्नु होला शहरको भिडहरु छिचोलेर,
नेपालबन्द गरी बाटो छेक्नु भयो भने कतै ।
साहित्यको अनुरागी, शायद उनी आउन सक्छिन,
सारँगीको तारहरु रेट्नु भयो भने कतै ।
जसरी’नी उन्को घरमा यो खबर दिनुहोला,
काठमाडौंमा पाईलाहरु टेक्नु भयो भने कतै ।
शहरिया स्वाभावकी, ‘घमन्डी’ हो भन्नु होला,
रेडियोमा बिज्ञापन लेख्नु भयो भने कतै ।
मलाई खबर गर्नुहोला भेट्नु भयो भने कतै ।
हराएको मेरो मान्छे देख्नु भयो भने कतै ।
