Skip to content

सातै गंगा नुहाए’नि

  • by


भित्र तिमी कठोर छौ,बाहिर आसुँ चुहाए’नि,
तिम्लाई चोखो मन्दिन म सातै गंगा नुहाए’नि।

संसार सारा जिते पनि,सक्ने छैनौ मलाई जित्न,
पर्ने छैन तिम्रो जालमा मिठो मिठो खुवाए’नि ।

आगो लगाइ सल्काउ या खाल्टो खनि गाडिदेऊ,
तर पाप कुहिदैन हजार बर्ष कुहाए’नि ।

तिम्रो लागि मेरो मनको,घर बन्द भयो अब,
ढोका मैले खोल्ने छैन अँग अँग छुवाए’नि ।

अमुल्य छ मेरो जिबन,केको कमी छ र म मा ?
तिमी मलाई सुहाउन्नौ,म तिमीलाई सुहाए’नि ।

जस्तोलाई त्यस्तै गर्न,मैले पनि जानेको छु,
कत्तीपनी दु:खी हुन्न,तिम्रो गर्भ तुहाए’नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *