तिमी रिसाउनुको कारण सोच्दै बित्यो रात पनि,
फूलले पनि बताएन, मौन भयो पात पनि ।
सारा संसार भरी खोजे, छितिज पारी पनि पुगे,
तर जवाफ भेटिएन, रित्तै फर्किए हात पनि ।
कतै यौबन भित्र छ कि ? तिम्रा रिसहरु भनी,
पल्टाइ हेरेँ दुनियाँको यौबनको खात पनि ।
अस्ती अस्ती रिसाइनौ, हिजै किन रिसायौ त ?
पोख्न पनि नपाउने ? भावनाको मात पनि ।
ईश्वर तेरो रचनामा पनि शँका गर्छु मैले,
बुझ्नै गार्हो हुँदो रैछ ‘स्त्री’ भन्ने जात पनि ।
