Skip to content

नेपोलियन मरहट्टा

सुधार्नुस पिउने बानी अलिकति ….

सुधार्नुस पिउने बानी अलिकति
रक्सीको पनि जात छानी अलिकति

सिध्याउँछ साथी निख्लो रक्सीले घाँटी
मिसाई पिउनुस पानी अलिकति

अब उठाई गिलास् अनि गर्नु चियर्स्
मुख बिगार्दै चुस्की तानी अलिकति

म त यसै नै हारेको प्रेमी

म त यसै नै हारेको प्रेमी
तिमीले माया मारेको प्रेमी

धेरै पैले घरको दु:खले
सात समुन्द्र तारेको प्रेमी

म सँग तिमी सँगै भए’नि
म चाँही एक्लो पारेको प्रेमी

न फुल्न सक्छ न फक्रिन नै

निभेको आगो ताप्न नजाऊ

निभेको आगो ताप्न नजाऊ
पर्दैन नाक राख़्न नजाऊ ।

आफ्नो लाज देखाई देखाई
अर्काको इज्जत् ढ़ाक्न नजाऊ ।

घॉटी हेरि हाड निल्नु भन्छन्
बिशाल हड्डी ताक्न नजाऊ ।

ऋणको भार सानै लगाउ

नेता देख्दा यस्तो लाग्छ ……

नेता देख्दा यस्तो लाग्छ चोर देख्छु म त,
सिंहदरबार सुँगुरको खोर देख्छु म त ।

शत्रुले’नि खाए देश,पत्रुले’नि खाए देश,
बिदेशीको हातैभरी बाग्डोर देख्छु म त ।

मृगतृष्णा………

हिजो हामी छुट्ने बेला पानी पर्न लागेकोथ्यो
बौलाएर चाहनाले मन्को सिमा नाघेकोथ्यो ।

बाच्छिटाले हान्छ भनी झ्याल बन्द गर भनें
मेरो मन्ले केबल तिम्रो बचावट् मागेकोथ्यो ।

जलक्रिडा

पक्कै पनि हिजो पानी पर्‍यो होला थोपा थोपा
तिम्रो शिर हुँदै पाउ झर्‍यो होला थोपा थोपा ।

बर्सिएर आकाशबाट कोमल् ति अंग छुँदा
लाजमाने जस्तो पनि गर्‍यो होला थोपा थोपा ।

करोडौंमा एक….

करोडौंमा एक छानेर आउँछु
तिम्लाई नै आफ्नो ठानेर आउँछु ।

अब तिम्रो बचन् काट्दिन कहिल्यै
हर बाचाहरु मानेर आउँछु ।

हाम्रो प्रेम भित्र ‘धोका’ शब्द हुन्न
यही मन्को सत्य जानेर आउँछु ।

झुट हो त्यो……………

झुट हो त्यो, झगडाको बात कुनै छैन त्यस्तो,
उन्को यादमा नकाटेको रात कुनै छैन त्यस्तो ।

जति चुम्बन् गरेपनि होसमा नै हुन्थ्यौं हामी,
बेहोशीमा मात्तिएको मात कुनै छैन त्यस्तो ।

घाम जून उदाए’नी

घाम जून उदाए’नी पाहार छैन घरमा मेरो,
जति फूल फुलेपनि बाहार छैन घरमा मेरो ।

तिम्रो मिठो कुरा सुनि मैले पेट भरेपनि,
उता जाहान् भोकै हुन्छन् आहार छैन घरमा मेरो ।

कहाँ बन्छ देश ?

कहाँ बन्छ देश ? नेता कंश भएपछी
शताब्दी नै लाग्न सक्छ बिध्वंश भएपछी ।

भिखारीको भेष भित्र शिकारीको रुप,
कस्ले बुझ्ने ब्वाँसोरुपी हंस भएपछी ।

युग बितिसक्यो तर सुध्रिएनन् कोही

तिम्रो रुप रंग सँग सरोकार गर्दिन म

तिम्रो रुप रंग सँग सरोकार गर्दिन म,
असल मित्र भन्दा अर्को व्यबहार गर्दिन म ।

ढुक्कभए हुन्छ तिमी, सधैं मान सम्मान गर्छु,
गैर कानुनको कुनै करोबार गर्दिन म ।

प्राण जाँदा एक फेर राम खोज्दो रैछ मान्छे ।

जन्मेपछी पाइलो टेक्ने ठाम् खोज्दो रैछ मान्छे,
ठाम पाएपछी जून् घाम खोज्दो रैछ मान्छे ।

जून् घामले अघाउँदैन पेट् बढ्दै गएपछी,
जून घाम पछी फेरी माम खोज्दो रैछ मान्छे ।

ईतिहास मै नलेखिएको………..

ईतिहास मै नलेखिएको काहानी बनाइदिन्छु म,
निचोरेर साहित्यलाई पानी-पानी बनाइदिन्छु म ।

जस्तो सुकै खडेरीमा पनि गजल अँकुराउने,
मेरो घर छेउमा एउटा बागबानी बनाइदिन्छु म ।

बेमत्लबी हल्लाहरु

बेमत्लबी हल्लाहरु सुन्दै हिड्छौ तिमी किन ?
छोड्पत्र नभै अर्को चुन्दै हिड्छौ तिमी किन ?

खेल हैन प्रेम हजुर् जित हुन्छ सत्यको नै,
आँफै च्याती मनलाई तुन्दै हिड्छौ तिमी किन ?

आघौं परौं हैन यसै पाली

आघौं परौं हैन यसै पाली हुन पाए हुन्थ्यो,
हजुरको बगैंचामा माली हुन पाए हुन्थ्यो ।

सार्थक हुन्थ्यो मेरो जन्म मात्र एक स्पर्शले,
जुन् फुल् टिप्नुहुन्छ त्यही डाली हुन पाए हुन्थ्यो ।

कोखिल्लामा गाग्री बोकी

कोखिल्लामा गाग्री बोकी झर्छिन् उनी पँधेरीमा
ढिलो आई छिटो पानी भर्छिन् उनी पँधेरीमा ।

मूल सुक्यो धारो सानो लाम बस्नु पर्छ भन्दा,
धकेलेर ठाउँहरु सर्छिन् उनी पँधेरीमा ।

लेख्ने तल्तल् नभैकन

लेख्ने तल्तल् नभैकन लेखिँदैन गजल मेरो
मन्मा हल्चल् नभैकन लेखिँदैन गजल मेरो

लेख्नलाई त कँही कतै केही घट्ना घट्नु पर्छ
राम्रो मल्जल् नभैकन लेखिँदैन गजल मेरो

जवानीलाई

गास,बास र अलिकती कपास देउ जवानीलाई,
जिउँदो लाश नबनाउ, सास देउ जवानीलाई ।

सधैं चोली भित्र कती बाँधी राख्छौ ? खुम्च्याएर,
कहिले काही चोली खोली,आकश देउ जवानीलाई ।

दिन छोटो लाग्छ अचेल

दिन छोटो लाग्छ अचेल रात छोटो लाग्छ अचेल,
जति बोले पनि हाम्रो बात छोटो लाग्छ अचेल ।

आजभोली किन तिम्रो प्रेम बोट ओइलाउदै छ ?
जति पलाउँछ त्यती, पात छोटो लाग्छ अचेल ।

घुम्टो खोली देखायो कि

  • by

घुम्टो खोली देखायो कि ? चाँदनीले रातभरि,
हेर्‍यो होला टोलाएर आँगनीले रातभरि ।

म त कोठा भित्र थिएँ, बाहिर जून टहटह,
बोलायो कि ? झ्यालबाट रोशनीले रातभरि ।