Skip to content

गोर्खे साइँलो

20100828_PallawaSammanKaryakram2067

एन्आरएन् वृद्धाश्रमको प्रेक्षालयमा पल्लव साहित्य सम्मान सम्पन्न

भाद्र १० गते विहिवर २०६७।
देवघाट चितवन ।

साहित्य र स्रष्टाको सम्मान गरौँ भन्ने नाराका साथमा पल्लव साहित्य प्रतिष्ठान नारायणगढ चितवनले राष्ट्रिय स्तरका वाङ्मयसेवी स्रष्टाहरुलाई सम्मान एवम् पुरस्कार वितरण कृतिविमोचन तथा रचनापाठ गर्ने कार्यक्रमको आयोजना गरेको थियो ।

वरिष्ठ साहित्यकार टीकाप्रसाद लामिछानेको अध्यक्षतामा र वरिष्ठ कवि एवम् छन्दनायक माधव वियोगीज्यूको प्रमुख आथित्यतामा पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषिप्रसाद लामिछाने गोर्खेसाइँलो स्वयम्ले कार्यक्रम साचालन गर्नु भएको थियो । यसरी अत्यन्त उल्लाहासपूर्ण वातावरणमा चलेको कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा. गोपाल भण्डारी धनकुटा हालः धरान सुनसरी वरिष्ठ कवि एवम् साहित्यकार उज्ज्वल जि.सी. थान्सिङ नुवाकोट हालः काठमाडौँ वरिष्ठ साहित्यकार देवीप्रसाद रेग्मी वनबासी वालिङ न. पा.- ७ स्याङ्जा वरिष्ठ साहित्यकार एवम् स्तम्भकार जयदेव भट्टराई वटु काठमाडौँ समेत ४ जनालाई फूलमाला दोसल्ला सहित ताम्रपात्रमा पल्लव साहित्य सम्मान – २०६७ समर्पण गरिएको छ भने पुरस्कारतर्फ दुल्लभ लामिछाने स्मृति पुरस्कार एवम् पल्लव साहित्य सम्मान-२०६७ वरिष्ठ साहित्यकार प्रा.डा. नारायणप्रसाद खनाल भरतपुर-५ चितवन गङ्गा भद्रशीला स्मृति पुरस्कार एवम् पल्लव सम्मान-२०६७ वरिष्ठ साहित्यकार रमा शर्मा का.म.न.पा- १५ डल्लु काठमाडौँ भाष्कर लामिछाने लोकसंस्कृति पुरस्कार एवम् पल्लव सम्मान-२०६७ वरिष्ठ लोक-साहित्यकार विश्वप्रेम अधिकारी पुतलीबजार न.पा. १२ स्याङ्जा बोधनाथ-हिमकुमारी लामिछाने स्मृति पुरस्कार एवम् पल्लव सम्मान-२०६७ वरिष्ठ कवि एवम् साहित्यकार दीपक सोती पिठौली नवलपरासी धनवाणी युवासाहित्य पुरस्कार एवम् पल्लव सम्मान-२०६७ जागरुक युवा साहित्यकार कल्पना काफ्ले धनुकुटा हालः चन्द्रगढी झापा लाई प्रदान गरिएको थियो । आदर्णीय वरिष्ठ साहित्यकार नवराज सुब्बालाई गतसाल पल्लव सम्मान-२०६६ द्वारा सम्मान गरिको थियो । उहाँको व्यस्तताले गतसाल कार्यक्रममा उपस्थित हुन सक्नु भएन तसर्थ उहाँलाई सम्मान गरेको फुलमाला दोसल्ला र ताम्रपत्रमा लेखिएको सम्मानपत्र पनि यही कार्यक्रममा हस्तान्त्रण गरिने छ ।

Majheri

अक्षर समुहको पाचौँ श्रृङ्खलामा प्रभाकर पण्डितको एकल गजल वाचन सम्पन्न ।

शनिवार, भाद्र ५, २०६७ ।
भरतपुर, चितवन।

भरतपुर स्थित महाकालेश्वर शिव मन्दिरमा अक्षर समूहले आफ्नो पाचौँ श्रृङ्खलामा स्थानीय गजलकार स्रष्टा प्रभाकर पण्डितको एकल गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । यसरी चल्ने यो कार्यक्रममा एक जना साहित्यकारका १ दर्जन रचना वाचन गरे पछि सोही रचनामाथि सबै उपस्थित स्रष्टाहरुले आ-आफ्ना धारण-दृष्टिकोणहरु प्रस्तुत गर्ने गरिन्छ ।

सोही अनुरुप आज गजलकार स्रष्टा प्रभाकर पण्डितको एकल गजल वाचनमा वाचन भएका १ दर्जन गजलमाथिको टीका टिप्पणीका साथै, केही दिन अगाडिमात्रै प्रकाशनमा आएको उहाँकै “यो अचम्म भो” नामक गजलसङ्ग्रका बारेमा टीका टिप्पणी एवम् समीक्षात्मक दृष्टिकोण प्रस्तुत गरियो।

बी. पी.को सपना, राज्य र साहित्य

बीपीको महिमा बिचार गतिको क्यै पोख्न खोजेँ यहाँ
आफैँ त्यो शुभ नाम नै अमर भो संसारको माझमा ।
निक्कै कष्ट हुँदा सधैँ अघि बढे ती पाचका झेलमा
रच्थे जाल सधैँ फसाउन भनी थुन्थे सधैँ जेलमा ॥

युद्धैको जन-घोषणा जब गरे गाह्रो थियो कार्यमा
पाचै थर्रभए उसै बखतमा मत्दान भो राज्यमा ।
सालै छत्तिस जेठमा जनमतै साह्रै भयो धाँधली
राम्रो शासन गर्दछौँ अब भनी बोले अझै अर्धली ॥

PallavSahitya-201008

पल्लव साहित्य प्रतिष्ठानको साहित्यिक एवं सम्मान कार्यक्रम बारेमा सूचना

मिति २०६७ श्रावण २६ गते
श्रीमान् कार्यालय प्रमुखज्यू
सम्पूर्ण प्रकाशन एवम् प्रसारण सम्बन्धित सङ्घ-संस्थाहरू ।

विषयः प्रेस विज्ञप्ती

यस पल्लव साहित्य प्रतिष्ठानले आगामी भदौ १० गते बिहीबार तदनुसार २६ अगस्त २०१० का दिन राष्ट्रियस्तरका वाङ्मयसेवी साहित्यकारहरूको उच्च मूल्याङ्न गरी उहाँहरूलाई सम्मान एवम् पुरस्कृत गर्ने र साहित्यिक पत्र-पत्रिकाहरू विमोचन तथा रचना वाचन गर्ने कार्यक्रम चितवनको देवघाटधामस्थित एन्आरएन् वृध्दाश्रमको प्रेक्षालयमा सम्पन्न गर्ने गरी आयोजना गरेको छ ।

स्मृति

देख्दैमा पनि आत्म मोहक हुने नक्सा छ नौ कोटको
हावा स्वर्गसरी मनोरथा सफा माटो छ नौ कोटको ।
सोचे कै गतिमा बगेर त्रिशुली नौ कोटकै माझमा
उज्ज्यालो घरमा बलेर बिजुली नेपाल कै साँझमा ॥

राम्रो स्वच्छ-सफा हिमालय हुँदै गंगा-सुधा सुन्दर
देवीघाट पुगी बलेछ बिजुली राम्रो छ चारैतिर ।
पानीको बदला हुँदैन कहिल्यै विस्वासका खातिर
नेपाली जनता जुटौ न अव ता नौलो बिहानी तिर ॥

पानीमाथि फलाउँदै छ सुन

राजधानीको नगरीले लगाउँदै छ गुन
सुनधाराले पानीमाथि फलाउँदै छ सुन ।

पुख्र्यौलीकै आर्जन अरॆ सुनधाराको पानी
जल आउने नलभित्रै पालिकाको घुन ।

छसयमा एक थपेर खेतालाका टोली
त्यहीँभित्र नेपाल खान बजाउँदैछ धुन ।

रानीवनको पानी ल्याउँछ ट्याङ्करले बोकी
महँगो भाडा पैसा छैन जनता लागे रुन ।

आदर्श साहित्य समाज, नवलपरासीद्वारा सहित्यिक कार्यक्रम आयोजित

  • by

श्रावण १५, २०६७ शनिबार।
आदर्श साहित्य समाज, नवलपरासीले अाज एक कार्यक्रम सम्पन्न गर्यो ।

संस्थाका सदस्य लेखाराम सापकोटा निर्दोषयात्रीको सभापतित्व र समाजका अध्यक्ष एवम् आदर्श राष्ट्रिय विविधका प्रधान सम्पादक सुजन अधिकारी स्वयम्ले संचालन गरेको उक्त कार्यक्रमका प्रमुख-अतिथि प्रेमविनोद नन्दन हुनुहुन्थ्यो ।

उक्त शुभ अवसरमा प्रा डा नारायणप्रसाद खनालद्वारा लिखित स्वप्न-यात्रन र चिठी नामक निबन्धसङ्ग्रह एवम् आदर्श राष्ट्रिय विविध साहित्यिक पत्रिका बिमोचन भएको थियो ।

भो मेरो उपहासमा कविता नलेख

ए मेरा कवि जी !
तिमी त धनी बाउको छोरो
राम्रो बोडिङ स्कूल देखी ठूला कलेज सम्मका
धेरै पढाइ त्यसैको डिग्री कुन्नी केके हो केके
परिक्षा पनि ठूलो पाँचतारे होटलमा देका रे
ह्विस्की रम अनि कुन्नी के के खाने कुरा
रमको चुस्की लिँदा झम्म भएको हुनाले
तिमी त नम्बर पनि धेरै पाएर पास भयौरे ।

हेटौँडामा साहित्यिक कार्यक्रम तथा पुरस्कार वितरण सम्पन्न

मातृभूमि साहित्य समाज हेटौँडाले विभिन्न पुरस्कारहरू वितरण गर्यो । मातृभूमि साहित्य समाज हेटौँडाले विभिन्न पुरस्कार वितरण तथा स्रष्टा सम्मान कवि गोष्ठी सु-सम्पन्न गर्यो । कार्यक्रम संस्थाका अध्यक्ष श्री देवराजज्यूको अध्यक्षता र वरिष्ठ गीतकार प्रेमविनोद नन्दनको प्रमुख आथित्यतामा संचालन भएको थियो। पुरस्कारको विवरण निम्न प्रकार छ।

-स्व. श्याम श्रेष्ठ राष्ट्रिय पुरस्कारबाट वरिष्ठ कथाकार श्री परशु प्रधान (काठामण्डौ) पुरस्कृत।
-रुकु कार्की राष्ट्रिय पुरस्कारबाट वरिष्ठ छन्दमार्गी कवि श्री गोविन्दराज विनोदी (गैँडाकोट, नवलपरासी) पुरस्कृत।
-यति फाइनान्स पुरस्कारबाट वरिष्ठ निवन्धकार श्री रामबाबु घिमिरे (रत्ननगर, चितवन) पुरस्कृत।
-नित्य गोविन्द स्मृति संगीत पुरस्कारबाट श्री इश्वर खड्का र शेखर शर्मा, (मकावनपुर) पुरस्कृत।
-रिजाल स्मृति शिक्षा पुरस्कारबाट एस.एल.सी.परिक्षा २०६६ मा मकावनपुर जिल्लाभरिमै उच्च स्थान प्राप्त गर्ने विद्यार्थीहरूमा छात्रतर्फ श्री आशिष अधिकारी र छात्रातर्फ सुश्री श्रृष्टि पुँडासैनी दुइजनालाई जनही रु. १५०००।– का दरले पुरस्कृत।
-मातृभुमि साहित्य सम्मानद्वारा दार्जालिङ निवासी स्रष्टाद्वय जोगेन दर्नाल र श्रीमती गीता क्षेत्री सम्मानित।

हेटौडा नगरी . . .

हेटौडा नगरी मनोरम छ यो सारा सबै जान्दछन्
पानीको पनि स्वाद नैछ रसिलो प्यूनेहरु भन्दछन् ।
धेरै काम हुने बनस्पतिहरु पाइन्छ सारा यहाँ
देख्दा सुन्दरता यहीँेछ गतिलो भेटिन्छ यस्तो कहाँ ।।

यौटा स्मारक भो यसै नगरमा घुम्छन् सबै आखिर
धेरै वेश ब्यपारको पनि थलो बाटो छ चारैतिर ।
भाषा भेष यहाँ सबै थरहरु जाती र गोत्रीहरु
एकै आपसमा मिलेर बसने सारा छिमेकीहरु ॥

बन्धन आफैँ टुट्यो अरे

मेरो दिल्को हिरा मोती आजै लुट्रयो अरे
खवर ल्यायो परेवाले अन्तै जुट्यो अरे ।

साँचेको थेँ मुटुभित्र सत्र पोका परी
फुकाएर चारी लाँदा सबै छुट्यो अरे ।

कस्तो रैछ दूरभाग्य निरासको ऐना
सपनीमा सजाएको हिजै फुट्यो अरे ।

मझेरीको पर्दा फाटी धुजा धुजा बन्दै
चट्ट फुर्को उड्दै जाँदा उतै खुट्यो अरे ।

म त सधै एक्लै छु

सानो एउटा घर अनि घरमा निरासता बोकेर बसेका दुईजना मानिस – एउटी आमा जुरेली अनि एउटा गर्भे टुहुरो छोरा सन्ते । मेलापात र ज्यालादारी काम गरेर दुई प्राण धानेर बालख छोरो हुर्काएर बसेकी …। एकदिन छोराले सोच्यो, मैले पढेको पनि छैन र धन-सम्पत्ती पनि छैन । यहाँ बसेर पनि सधैभरी साहुको कमारो हुनु भन्दा बिदेश गएर केही दिन दुःख गरे भने त मेरो जीवन यापन गर्ने बाटो हुन्छ … ।

उसले आफ्नी आमालाई भन्यो – “आमा म बिदेश गएर केही पैसा कमाएर आउछु !”

छोराको कुरा सुनेर आमाको आँखामा आँशु बग्न थाल्यो । आमाले भन्न थालिन् – “बाबु ! तेरो बाबुले गर्भमा छाडेर गए पनि मैले अरुको मेलापात गरेर तँलाई हुर्काए। अब त छोराले मेरो रेखदेख गर्छ भन्ने आशामा बाँचेकी थिए । तैंले पनि छाडेर गए मेरो साहारा को नै हुन्छर …?”

आमाको यो आवाज सुने पछि सन्तेले भन्यो – “आमा! हजुरको रेखदेख गर्नको लागि म बिबाह गरेर बुहारीलाई अह्राएर जान्छु … ।”

छोराको बिबाह गर्ने कुराले जुरेलीलाई अर्ध खुसी बनायो र उसले सन्तेका कुरा स्वीकार गरिन् । केही दिन मै सन्तेको राम्रैसँग बिबाह भयो । सन्तेले घरका सारा कुराहरू श्रीमतीलाई जिम्मा लगायो अनि भन्यो – “मेरी आमाले कुनै दुःख बेहोर्न नपरोस् ।”

मनोरम स्यङ्जा . . .

यै स्याङ्जा छ निकै सुरम्य रसिलो सारा सबै जान्दछन्
पानीको छ प्रभाव स्वाद गतिलो मीठो सबै मान्दछन् ।
झर्ना सुन्दर औ मनोरम हुने छाँगा र खोल्साहरु
उस्तै शब्दहरु छ गुञ्जन यहाँ मैना चखेवाहरु ॥

चारै भागमहाँ बनौषधीहरु पाइन्छ खोजी गरे
यस्तो सुन्दरता बनौट गतिलो पाइन्न अन्तै अरे ।
कालीको बिजुली बिकास गतिलो गङ्गा हुँदा सुन्दर
चौतर्फी सबका पुगेर घरमा बल्दै छ चारैतिर ॥

नेपालको हराभरा राजधानी काठमाण्डौ

आहा ! मेंरो प्यारोदेश नेपालको हराभरा राजधानी काठमाण्डौ
बनेको छ हरियाली फोहरको दुर्गन्धित सावधानी काठमाण्डौ ।

त्यही फोहरमा नै राजनीति र अर्थको खेती गर्दैछन् नेताहरु
त्यसैले त सत्तालिप्षामा झुम्ने थलो बन्दैछ जानाजानी काठमाण्डौ ।

आउछन् पर्यटकहरु मठ मन्दिर अनि हिमालय श्रृङ्खला घुम्न
प्रवेश मै थाहा हुन्छ कि दुर्गन्धित भरिने प्रावधानी काठमाण्डौ ।

मकुण्डोले मुख छोपी किन हिड्छौ राती

सद्भावना कायम गर ठूलो पारी छात्ती
जनता भन्छ हत्या-हिंसा गर्नछाड साथी ।

धेरै मरे नेपालमा सिधा-सादा जनता
अझै पनि मौका छोपी नबनिदेऊ घाती ।

सिमानाका माटो लुटे लौरी हानीहानी

दौरा सुरुवाल ढाका टोपी खुकुरी निशानी
टिष्टा लुट्यो भारतले जल्यो कालापानी ।

आमाको आङ्को टालो लुछ्न थालिसके
आँखा चिम्ली बसेका छौँ सबै जानीजानी ।

छिमेकी नै सधैँभरि कटु चाल चल्छन्
बर्षे बाढी यहीँ छाडी लगे सङ्लोपानी ।

गजलमा प्रयोग हुने बहरको बारेमा छोटो चर्चा – २

यसअघि नै यसै मझेरी डट कमबाट गजलका २१४ ओटा बहरको सूत्र नमूना (गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी”) प्रकाशन भैसकेको छ । मझेरी डट कमको लेखक-सूचीभित्र प्रवेश गरेर गोर्खे साइँलोको लेख अध्ययन गर्नुहुन र यी तल दिइएका थप ४० ओटा सूत्रसमेतको अध्ययन गर्नुहोला । केही पुराना हिन्दी उर्दू र फारसीका पुस्तकहरू उपलब्ध नभएर यहाँ पनि पुरा हुन सकेको छैन । पृय पाठकवर्गले झन्झट नमानीकनै यो मझेरी डटकम हेर्दै रहेमा एकदिन अवश्य पुरा हुनेछ ।

महामण्डल सम्मान र दोसल्लाको सम्झनामा

साँच्चै नै भन्ने हो भने नुवाकोटको नाम उच्चारण गर्ने बित्तिकै मलाई जननी जन्म-भूमिश्च स्वर्ग-दपी गरियसी भन्ने वाक्यांशले मथिङ्गलमा केहीबेर संस्मरणात्मक खेलहरू खेल्ने गर्दछन् । यति हुँदाहुँदै पनि हामी मा

भाग्यौ परानी

नजाऊ भनेको मान्दै नमानी
गयौ प्राण-प्यारा इच्छा नजानी ।

बिगार् यौ मलाई प्यारी भनेर
रुवाएर एक्लै माया नधानी ।

बिदेशी भएझैँ बस्छौ निरासी
सुकाएर मेरो आधा जवानी ।