Skip to content

पल्लव साहित्य प्रतिष्ठानको साहित्यिक एवं सम्मान कार्यक्रम बारेमा सूचना

PallavSahitya-201008


मिति २०६७ श्रावण २६ गते
श्रीमान् कार्यालय प्रमुखज्यू
सम्पूर्ण प्रकाशन एवम् प्रसारण सम्बन्धित सङ्घ-संस्थाहरू ।

विषयः प्रेस विज्ञप्ती

यस पल्लव साहित्य प्रतिष्ठानले आगामी भदौ १० गते बिहीबार तदनुसार २६ अगस्त २०१० का दिन राष्ट्रियस्तरका वाङ्मयसेवी साहित्यकारहरूको उच्च मूल्याङ्न गरी उहाँहरूलाई सम्मान एवम् पुरस्कृत गर्ने र साहित्यिक पत्र-पत्रिकाहरू विमोचन तथा रचना वाचन गर्ने कार्यक्रम चितवनको देवघाटधामस्थित एन्आरएन् वृध्दाश्रमको प्रेक्षालयमा सम्पन्न गर्ने गरी आयोजना गरेको छ ।

जसअनुसार उक्त अवसरमा प्रा.डा. गोपाल भण्डारी धनकुटा हालः धरान सुनसरी, उज्ज्वल जि.सी. थान्सिङ नुवाकोट हालः काठमाडौँ, देवीप्रसाद रेग्मी वनबासी वालिङ न.पा. – ७ स्याङ्जा, जयदेव भट्टराई वटु काठमाडौँ समेत ४ जनालाई पल्लव साहित्य सम्मान – २०६७ द्वारा विभूषित गरिने भन्ने निर्णय भएको छ ।

त्यसै गरी पुरस्कारतर्फ दुल्लभ लामिछाने स्मृति पुरस्कार एवम् पल्लव साहित्य सम्मान-२०६७ वरिष्ठ कवि लेखक एवम् साहित्यकार प्रा.डा. नारायणप्रसाद खनाल भरतपुर-५ चितवन, गङ्गा भद्रशीला स्मृति पुरस्कार एवम् पल्लव सम्मान-२०६७ वरिष्ठ कवि लेखक एवम् साहित्यकार रमा शर्मा का.म.न.पा.- १५ डल्लु काठमाडौँ, भाष्कर लामिछाने लोकसंस्कृति पुरस्कार एवम् पल्लव सम्मान-२०६७ वरिष्ठ कवि एवम् लोक-साहित्यकार विश्वप्रेम अधिकारी पुतलीबजार न.पा.- १२ स्याङ्जा, बोधनाथ-हिमकुमारी लामिछाने स्मृति पुरस्कार एवम् पल्लव सम्मान-२०६७ वरिष्ठ कवि एवम् साहित्यकार दीपक सोती पिठौली नवलपरासी, धनवाणी युवासाहित्य पुरस्कार एवम् पल्लव सम्मान-२०६७ जागरुक युवा साहित्यकार कल्पना काफ्ले धनुकुटा हालः चन्द्रगढी झापा लाई प्रदान गर्ने र पल्लव साहित्यिक पत्रिकाको १५ औँ अङ्क नारीविशेष पनि उक्त समारोहमा नै लोकार्पण गर्ने र अतिथि एवम् स्थानीय स्रष्टाहरूको रचना वाचन गराउने भन्ने निर्णय भएको व्यहोरा यहाँहरू सबैलाई सहर्ष जानकारी गराउन चाहन्छौँ ।

अन्तमा उक्त समारोहमा भाग लिनका लागि समस्त कवि लेखक साहित्यकार एवम् साहित्यप्रेमी स्रष्टा र द्रष्टा बुद्धिजीविहरू सबैलाई हार्दिक अनुरोध गर्दछौँ ।

ऋषिप्रसाद लामिछाने गार्खे साइँलो
अध्यक्ष एवम्
समस्त पल्लव साहित्य प्रतिष्ठान परिवार

4 thoughts on “पल्लव साहित्य प्रतिष्ठानको साहित्यिक एवं सम्मान कार्यक्रम बारेमा सूचना”

  1. मेरो खुसीको सीमै रहेन
    मेरो

    मेरो खुसीको सीमै रहेन
    मेरो खुसीको सीमै रहेन । पल्लवको साहित्यिक कार्यक्रम देवघाटजस्तो पवित्र धार्मिकस्थलमा हुने कुरा सुन्दा खुसी लाग्यो । त्यसमाथि पनि नौ–नौजना स्रष्ठाहरूलाई एकैचोटि सम्मानित एवम् पुरस्कृत गर्ने खबर सुन्दा त म छक्कै परेँ । साथै पल्लवको यो कदम सबैको लागि प्रेरणादायी हुने कुरामा पनि म विश्वस्त भएँ । यो खबरलाई प्राथमिकतासाथ आफ्नो मुखपृष्ठमा प्रकाशित गरिदिएकोमा majheri.com लाई धन्यवाद दिन चाहन्छु । अागामी दिनहरुमा पनि यी र यस्तै किसिमका कार्यक्रमहरूलाई प्राथमिकतासाथ प्रकाशित गर्नुहुने छ भन्ने आशा लिएको छु ।
    — मझेरीको नियमित पाठक निक जोशी

  2. कार्यक्रम आयोजना गर्ने पल्लव
    कार्यक्रम आयोजना गर्ने पल्लव प्रतिष्ठानलाई धन्यवाद। अनि, पुरस्कृत हुने स्रष्टाहरूलाई बधाई!

    निकजी, यस्ता समाचारहरू मझेरीमा राखेर योगदान गर्ने तपाईं हामी पाठक लेखक नै हौं। आशा छ, भविष्यमा पनि प्रतिकृया दिएर, रचनाहरू प्रकाशित गरेर, अनि मझेरीमा झुल्केर सहयोग (अनि मझेरीको उपयोग) गर्नुहुनेछ।

    1. धन्यवादमाथि अर्को धन्यवाद
      धन्यवादमाथि अर्को धन्यवाद !
      धन्यवादमाथि अर्को धन्यवाद !
      पाठक र प्रकाशकको सम्बन्ध नङ र मासुजस्तो हुन्छ । पाठक रहे प्रकाशक रहन्छन्, प्रकाशक रहे पाठक ! यी दुई एकअर्काबिना अपूरा हुन्छन् । मझेरी डट कमले आफ्नोतर्फबाट पाठकलाई आड, भरोसा र मनोरञ्जन दिन कुनै कसर राखेको छ जस्तो मलाई लाग्दैन । कमी त हामी पाठकमा छ, हामी पाठकले यसको भरपूर उपयोग गर्न सकेका छैनौँ । जीवनका सङ्घर्षमय क्षणलाईलाई व्यतीत गर्दै जाँदा पाठकहरुसमक्ष समयको कमी हुँदै गएको महसुस भइरहेको छ । सायद त्यसैको परिणति हुनुपर्छ यो । तर मझेरी डट कमले हामीजस्ता सुषुप्त पाठकहरुलाई झक्झक्याएर उठाउने अभियान नै छेडेको देख्दा म अत्यन्त प्रभावित भएको छु । यसको लागि म हृदयदेखि नै मझेरीलाई धन्यवाद दिन चाहन्छु ।
      — दीपेन्द्रकुमार जोशी ‘निक’, कम्प्युटर केयर एन्ड डिजाइनिङ सेन्टर, नारायणगढ, चितवन सम्पर्कः [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *