Skip to content

नेपालको हराभरा राजधानी काठमाण्डौ


आहा ! मेंरो प्यारोदेश नेपालको हराभरा राजधानी काठमाण्डौ
बनेको छ हरियाली फोहरको दुर्गन्धित सावधानी काठमाण्डौ ।

त्यही फोहरमा नै राजनीति र अर्थको खेती गर्दैछन् नेताहरु
त्यसैले त सत्तालिप्षामा झुम्ने थलो बन्दैछ जानाजानी काठमाण्डौ ।

आउछन् पर्यटकहरु मठ मन्दिर अनि हिमालय श्रृङ्खला घुम्न
प्रवेश मै थाहा हुन्छ कि दुर्गन्धित भरिने प्रावधानी काठमाण्डौ ।

यहाँ सबै ठूला मानिसमात्र बस्ने गर्छन् साना खोजेर पाइँदैन
नाम दाम सुरा सुन्दरी अनि सत्ताकालागि तानातानी काठमाण्डौ ।

नस-नाता कूल-कुटुम्ब सबैका नाउँमा महल अनि जमिन्दारी
सरकार दरवार नेतालाई घरवार कै हाना हानी काठमाण्डौ ।

– गजलकुटेरी विशालमार्ग नारायणगढ चितवन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *