Skip to content

सुन्दा तिमी मस्तै भयो

खोलो तरी  आयौ अझै टाढा भए जस्तै  भयो
भन्थेँ अझै  मेरै भनी सुन्दा तिमी मस्तै  भयो ।
 
माया गरेँ अन्जानमा सच्चा पृया पाएँ भनी
जस्ती तिमी उस्तै म हूँ मिल्दो हुँदा  सस्तै भयो ।
 
मीठो छ  हाम्रो जिन्दगानी प्यारमा  डुब्दै गए
प्यासी छु तिम्रो प्यार-पानीमै सधैँ यस्तै  भयो ।
 
तिम्रो मयूरी  चालले तिर्खा बढायो लौ यहाँ
सम्झेर पो भित्री मनैले प्यारमा उस्तैै भयो ।
 
जुन् नाम  ले श्रीकृष्ण नै प्यासी भएथे लोकमा
मेरो कहानी  प्रेमले पढ्दा तिमी त्यस्तै  भयो ।
 
विशालमार्ग नारायणगढ चितवन  ।

बहरे रजज  मुसम्मन सालिम छन्द – हरिगीतिका; बिभत्स
सूत्र-मुस्तफ्इलुन्ंमुस्तफ्इलुन्ंमुस्तफ्इलुन्ंमुस्तफ्इलुन्  रुक्नमा आधारित
   ऽ ऽ  । ऽ  ऽ ऽ । ऽ  ऽ  ऽ । ऽ  ऽ ऽ । ऽ

2 thoughts on “सुन्दा तिमी मस्तै भयो”

  1. मस्तै भयो
    ko mastai

    मस्तै भयो
    ko mastai bhayo?

    मीठो छ हाम्रो जिन्दगानी प्यारमा डुब्दै गए
    प्यासी छु तिम्रो प्यार-पानीमै सधैँ यस्तै भयो ।
    ramrai nai chha.

  2. नाम मात्र गोर्खे हो कि, काम
    नाम मात्र गोर्खे हो कि, काम पनि गोर्खे ताल ले गरिन्छ त? जय गोरखनाथ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *