गोर्खे साइँलो
‘पल्लव साहित्य प्रतिष्ठान’ को स्रष्टा सम्मान सम्पन्न
नारायणगढको लायन्सचोक स्थित लायन्स भवन सभाकक्षमा ‘पल्लव साहित्य प्रतिष्ठान’को स्रष्टा सम्मान, पुरस्कार हस्तान्त्रण कृति विमोचन तथा साहित्यिक गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य श्रीबुँद रानाज्यूको प्रमुख आतिथ्यता एवम् ‘पल्लव साहित्य प्रतिष्ठान’का विशिष्ट सदस्य एवम् लामिछाने बन्धु सेवा समाजका केन्द्रीय अध्यक्ष श्रीतिलकेश्वर लामिछानेको सभापतित्वमा संस्थाका संस्थापक अध्यक्ष श्रीऋषिप्रसाद लामिछाने गोर्खसाइलो स्वयम्ले नै सञ्चालन गर्नु भएको उक्त कार्यक्रम अति शिष्ट र सभ्य एवम् मनोरम रूपमा सम्पन्न भएको थियो ।
सिसासको सातौँ बाषिर्कोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न
शिर्द्धार्थनगर माघ १६, गते आइतबार ।
शहीद दिवस २०६७ ।
सिर्जनशील साहित्य समाज, भैरहवाले शहीद दिवसको अवसरमा आफ्नो संस्थाको सातौँ बाषिर्कोत्सव, स्रस्टा सम्मान पुरस्कार वितरण, कृति विमोचन तथा साहित्य गोष्ठी कार्यक्रम भैरहवा स्थित लुम्बिनी निर्माण व्यवसायी सङ्घको प्रेक्षालयमा आयोजना गरेको थियो ।
संस्थाका अध्यक्ष श्री छवि ज्ञवालीको सभापतित्व र प्राज्ञ श्री बूँद रानाको प्रमुख आतिथ्यतामा श्रीतेजप्रसाद पन्तको स्वागत भाषणबाट सुरु भएको उक्त कार्यक्रमको उद्घोषण कार्य श्री नारायणप्रसाद भण्डारीले गर्नुभएको थियो । उक्त कार्यक्रमका विशेष अतिथि एवम् अतिथिहरूमा प्रमुख जिल्ला अधिकारी श्रीतारानाथ गौतम, स्थानीय बिकास अधिकारी, डा. कुस्माकर न्यौपाने कास्की, हिरालाल ज्ञवाली बुटवल, काजीरोशन बाग्लुङ, गोर्खेसाइँलो चितवन, पुष्प अधिकार अञ्जलि चितवन, कृष्णदेवी शर्मा श्रेष्ठ नवलपरासी, कृष्णप्रसाद कोइराला पाल्पा, तानसेन, दलबहादुर गुरुङ, पाल्पा तानसेन, मुक्तिीनारायण पौडेल स्याङ्जा, नारायणप्रसाद भण्डारी, पाल्पा तानसेन र केही स्रष्टा कपिलवस्तु बाट पनि उपस्थिति हुनुहुन्थ्यो । यसैगरी स्थानीय स्रष्टाहरूमा डा. कपिलदेव लामिछाने, डा.गोविन्द बल्लभ भट्ट, रामबहादुर श्रेष्ठ, मोदनाथ शास्त्री, रमादेवी शर्मा, बिष्णुप्रसाद भण्डारी, हिरालाल ज्ञवाली, मणिराम भट्टर्राई, रुद्र ज्ञवाली, सुरज घिमिरे दीपशिखा, गङ्गा अभिलाषी, बिद्या बेलबासे, लक्ष्मी केसी, लक्ष्मी लामिछाने लगायतका १६७ जना स्रष्टा एवम् द्रष्टहरूको उपस्थिति रहेको थियो ।
प्रेमा वाङमय प्रतिष्ठानको काव्यगोष्ठी सम्पन्न

२०६७ पौष २४ गते शनिबार ।
चितवन ।
नवलपरासी जिल्लाको बर्दघाट, चिसापानी स्थित दिब्यज्योति उच्च मा.वि.को प्रेक्षालयमा प्रेमा वाङमय प्रतिष्ठानद्वारा आयोजित स्रष्टा सम्मान, संस्था सम्मान, काव्य-गोष्ठी एवम् साहित्यिक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डा.घनश्याम न्यौपाने परिश्रमीको सभापतित्व एवम् वरिष्ठ साहित्यकार युवराज शर्मा गौतमको प्रमुख आतिथ्यता रहेको कार्यक्रमका विशेष अतिथिमा गोर्खेसाइँलो र सम्मानित हुनुहुने स्रष्टामा श्रीमती कृष्णादेवी शर्मा (श्रेष्ठ) हुनुन्थ्यो । अन्य उपस्थित अतिथिहरूमा भूमिराज चापागाईं, सदानन्द अभागी जैसी, श्यामप्रसाद न्यौपाने, भगवती अर्याल, नारायणप्रसाद खनाल, विमलचन्द्र पंगेनी, हिमलाल ज्ञवाली, हुमराज श्रेष्ठ, कृष्णप्रसाद पन्थी, नन्दराज ज्ञवाली, सिर्जना ज्ञवाली, राधा पाण्डे, सन्ध्या सापकोटा, कृष्णप्रसाद न्यौपाने, विष्णुप्रसाद खनाल, प्रदीप पौडेल, नेत्रनारायण भण्डारी, धनन्जय पौडेल, दिनेश ज्ञवाली, प्रचण्डबहादुर बुढाथोकी, महेश पन्त, गंगा अभिलाषी, रमेश निरौला, छवि ज्ञवाली, रमा पौडेल ‘प्रभात’, विद्या बेल्बासे, रामराजा गौतम, खगेश्वर ज्ञवाली लगाएतका ८३ जना स्रष्टा एवम द्रष्टाहरूको उपस्थिति रहेको थियो ।
‘मौन बतास’ले र्स्पर्श गर्दा
बिक्रम सम्वत २०६३ साउन २५ गते ‘पल्लव’ साहित्य विविध नारायणगढको संयोजनमा र शिवपुरी साहित्य समाज हात्तीगौँडा, काठमाण्डौको आयोजनामा चितवन, नारायणगढ, लायन्सचोक स्थित लायन्स भवनको सभाहलमा आयोजित ‘साहित्य अन्तरक्रिया’ कार्यक्रमको लागि अतिथिको रुपमा उपीस्थति जनाउनु हुने ‘अभिव्यक्ति’ साहित्यका प्रधान सम्पादक नगेन्द्रराज शर्मा, मोहन बुढाथोकी, अर्जन पौडेल निर्जन, मनोज न्यौपाने, शंकर भारती, नरेन्द्रराज पौडेल, ‘शिवपुरी’ साहित्य समाजको अध्यक्ष वियोगी बुढाथोकीज्यू र बगर फउण्डेशनका बिष्णुबहादुर सिंह हुनुहुन्थ्यो । सोही समयमा मलाई एउटा ‘मौन बतास’ नामक हाइकुसङ्ग्रह उपहार स्वरुप प्राप्त भएको थियो ।
यसरी उपहार प्राप्त हाइकुसङ्ग्रह फुर्सदको समयमा अध्ययन गर्दा विश्व साहित्यमा पनि पूर्विय साहित्यमा कविता विधा अन्तरगतको ‘हाइकु’लाई ऋचा वेद अन्तरगतीय गीति छन्द र मन्त्रबद्ध अभिव्यक्तिकैरुपमा पाईने र बौधमार्गी दर्शनमा जोडिएको छोटो कविता हो भन्ने प्रमाणहरू प्रसस्तै पाइन्छ । यो सत्र अक्षरीय बिशिष्ट बिम्ब-बिधानत संरचना गरिने जापानको उन्नाइसौँ शताब्दीको नौलो र नयाँ स्वतान्त्रिक कविता हो ।
त्रिमूर्तिमा ९६ जनालाई सम्मान र ४ कृतिको लोकार्पण कार्यक्रम सम्पन्न
नोभेम्बर १, २०१०,
काठमाडौं ।
त्रिमूर्ति निकेतनले आज एक समारोहका माझ छैठौं त्रिमूर्ति दिवस र महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०२ औं जयन्ती मनायो । त्यस अवसरमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँलाले देश-विदेशका ९६ जना महानुभावलाई पुरस्कार र स्वर्णपदक प्रदान गर्नुभयो ।
समारोहमा बैरागी काइँलाले त्रिमूर्ति निकेतनबाट प्रकाशित तथा उषा शेरचनद्वारा सम्पादित “महाकवि देवकोटा अभिलेख ग्रन्थ”, नरेन्द्रराज प्रसाईं तथा इन्दिरा प्रसाईंद्वारा सम्पादित “नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तार” र यादव भट्टराई र कमलराज उपाध्यायद्वारा सम्पादित “नेपाली भाषासाहित्यको अन्तर्रराष्ट्रिय सम्मेलन”को लोकार्पण गर्नुभयो । समारोहमा सुप्रसिद्ध सिने अभिनेत्री मनिषा कोइरालाले कञ्चनजङ्घा प्रसाईंद्वारा निर्देशित नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय सम्मेलनु नामक वृत्तचित्रको भिसिडी लोकार्पण गर्नुभयो ।

दुःखी भयो जिन्दगी
सारा ब्यर्थ भयो उमेर ढलिगो गोडा नचल्ने भयो
प्यारो पुत्र भनेर स्नेह गरदा किम्मार्थ ब्यर्थै भयो ।
माताको ममता बढेर दिनहूँ हा पुत्र मेरा भनी
नातीको अझ नातिनी पनि भए माया बढेरै अनी ।।
आयो दुःख घुमेर फेर घरमा कस्तो अचम्मै हरे
ज्ञानी वा धनको सुवास भए नी मान्दैन त्यस्ले अरे ।
पैसा दौलतको अगाडि अझ झन् मुर्छित हुन्छ अरे
स्वास्नीका वशमा परेर जनले आमा त त्याग्छन् अरे ।।
‘एक झुल्को घाम अर्लेर सडकमा’ कवितासङ्ह विमोचन
पोखरा कास्की।
२ गते शनिवार असोज २०६७ ।
नेपाली साहित्याकाशको क्षेत्रमा मोफसलतिर उभिएर हेर्ने हो भने पोखराक्षेत्रलाई पनि नेपाली साहित्यको उर्वराभूमिको सूचिको अग्रपङ्तिमा नाम लेख्न जोकोहीले पनि हातकमाउन पर्ने स्थिति छैन । किन भने यो क्षेत्रमा मासिक सरदर ३ देखी ५ वटासम्म विविध साहित्यिक कार्यक्रमहरू हुने गरेको पाईन्छ ।
यसै सन्दर्भमा माथि उल्लेख भएकै मितिमा पोखरेली युवा सांस्कृति परिवारको आयोजनामा पोखरा नदीपुर स्थित बालमन्दिरको प्रेक्षालयमा कवि एवम् गीतकार श्री सरस्वती श्रेष्ठ सरुको दोस्रो कृति “एक झुल्को घाम अर्लेर सडकमा” नामक कवितासङ्ह विमोचन कार्यक्रम भव्यरुपमा सम्पन्न भएको थियो ।
तीन संस्थाको आयोजनामा मोतीजयन्ती सम्पन्न
भाद्र २४, २०६७।
चितवन।
युवाकवि मोतीराम भट्टको सम्झनामा १४५ औँ मोती जयन्ती मनाउने क्रम गजलनगरी चितवनमा दिनानुदिन बढ्दै गइरहेको छ । यसै सन्दर्भमा २०६७ भाद्र २३ गते परेको कुशे औँशीको शुभअवसर पारेर चितवन साहित्य परिषद नारायणी कलामन्दिर र अभिव्यञ्जना साहित्य प्रतिष्ठान समेत तीन संस्थाको संयुक्त आयोजनामा युवाकवि मोतीराम भट्टका जीवनी एवम् गजल वाचन गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

कालिका एफ्एम परिसरमा १४५ औँ मोतीजयन्तीको धमका
नेपाल कै गजलनगरी चितवनमा युवाकवी मोतीराम भट्टको सम्झनामा १४५ औँ मोतजयन्ती मनाउने क्रम बढ्दो छ । मिति २०६७ भाद्र २३ गते परेको कुशेऔँशीको शुभअवसर पारेर भरतपुर चितवन स्थित कालिका एफ् एम्ले आफ्नै परिस भित्र तामझामका साथमा कालिका एफ् एम् की स्टेशन मैनेजर श्री रिना गुरुङको अध्यक्षता र वरिष्ठ गजलकार श्री ज्ञानुवाकर पौडेलकॊ प्रमुख आतिथ्यतामा युवाकवि मोतीराम भट्टका जीवनी सम्बन्धित विभिन्न आलेखहरु प्रस्तुत गर्नुका साथै गजल वाचन गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

१४५औँ मोती जयन्ती मनाउँदै पलेटीमा गजल
यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन्
उता हेर्यो उतै मेरा नजरमा राम प्यारा छन् ।
यी सानै उमेर् देखि मन हर्न लागे
यिनै सुन्दरीले जुलुम् गर्न लागे ।
सुनकी चरी गुनकेशरी सुनले भरी मन केगरी
सुनका दरी अघिकै सरी सुन वन्बिषे कसरी धरी ।
नेपाली गजलका अमर नक्षेत्र युवाकवि मोतीराम भट्टको १४५ औँ जयन्तीको पावन अवसर पारेर मिति २०६७ भाद्र १८ गते शुक्रबार साँझ उहाँकै शेरहरूबाट सम्झनास्वरुप श्रद्धासुमन अर्पण गर्दै महाँकालेश्वर मन्दिर भरतपुरको हाताभित्र १४५ औँ जयन्ती कार्यक्रम सम्पन्न गरियो । अग्रगामी समाज नेपाल, नारायणगढ गजल मञ्च चितवन, हाम्रो मझेरी साहित्य प्रतिष्ठान र पल्लव साहित्य प्रतिष्ठान नारायणगढ चितवन समेत ४ वटा संस्थाहरू मिलेर संयुक्त रुपमा आयोजना गरेको “पलेटीमा गजल” नामक कार्यक्रमले चितवनको साहित्य जगतमा यौटा छुट्टै नयाँ आयाम र रौनकता प्रदान गरेको छ ।
गजल-सन्ध्या पोखराको कार्यक्रम सम्पन्न
गजल-सन्ध्या पोखराले गजल वाचन एवम् स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । गजल-सन्ध्या पोखराका अध्यक्ष कपिल शर्मा संयोजकको सभापतित्व एवम् प्राज्ञिक सरुभक्तज्यूको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त कार्यक्रमका बिशेष अतिथिमा वरिष्ठ गजलकार गीतकार एवम् गायक प्रकट पगेनी शिव हुनुहुन्थ्यो । त्यस्तै अतिथिहरुमा चितवन जिल्लाबाट भागलिन त्यहाँ पुग्नु भएका गजलकारहरुमा गोर्खेसाइँलो पुष्प अधिकारी अंजलि प्रभाकर पण्डित केशवराज आमोदी नवलपरासी जिल्लाबाट गोविन्दराज विनोदी विजयराज ज्ञवाली म्याग्दी जिल्लाबाट सुश्री पवित्रा वुढा अछाम जिल्लाबाट रावल कृष्ण तनहूँ जिल्लाबाट सरला लामिछाने सरु जानकी खनाल अमृता सुवेदी बुद्धीसागर वाग्ले उत्तम अधिकारी प्रकाश ‘प्रतिक’ नुवाकोट जिल्लाबाट गोपाल खनाल पाल्पा जिल्लाबाट हरिमाया परियार स्याङ्जा जिल्लाबाट सुरज उपाध्याय जीवन पौडेल धादिङ जिल्लाबाट रोचन घायल पर्वत जिल्लाबाट सुदिप लामिछाने कृष्ण लामिछाने मिलन पौडेल शङ्कर गिरी कृष्ण पौडेल समीप कार्की लगायतका स्रष्टाहरु हुनुहुन्थ्यो ।

आफ्नै देश बचाउने सपुत क्वै नेता भए मान्दछौँ