Skip to content


मुहानहरू
सुकिरहेछन् पानीका
फुटिरहेछन् रगतका
देश अहिले पनि
निरन्तर नुहाइहरेछ रगतले ।
पानीपानी छ
तर खै कहाँ छ पानी ?
छताछुल्ल छ अझै रगतको बाढी
देश अहिलेसम्म
निथ्रुक्क भिजेको छ रगतले ।
पानी ! पानी !! पानी !!!
तर खै कहाँ छ पानी ?
मान्छे डराउँछ
रगत पिउन
तर देश
तिर्खा मेटिरहेछ
रगतले… !
पानी ! पानी !1 पानी !!!
पानी नै पानी
तर खै कहाँ छ पानी ?
रगतै रगत
खोला कुवा धारा पँधेरा
रगतै रगत
पानीभन्दा सस्तो भएको छ
रगत ….
मान्छेको रगत …. !

Leave a Reply

Your email address will not be published. Required fields are marked *