Skip to content

टाईम्स स्क्वायरमा मुसा

  • by


टाईम्स स्क्वायरमा सदाझैं भीड छ
न्युयोर्क सदाझैं साँझपख व्यूझेको छ
कालो भव्य सडकको छेऊ
एविसी समाचारको आकाश छुने भवन र
विल्डिङको तल पेटी छेऊ
कतैबाट छानिएर आएको चियाको छोक्रा र
केही दूध पिएर बसिरहेको मुसा
यत्रो ठुलो शहरमा एक्लो छ
न्युयोर्क दर्शनार्थीहरु
सहरका भद्र भलाद्मी र बुद्घजिीवीहरु
सम्पन्न अमेरिकाका गरिब नागरिकहरु
महङ्गो डिजिटल जापानी निकन क्यामेराले
फोटो खिचिरहेछन् विभिन्न कोणबाट
त्यो थर्थर कामिरहेको मुसाभने
आश्चर्य चकित छामा
मानिसहरु ´क्यू´ मा खडा छन्
मुसा बिभिन्न मुद्रामा चिन्तामग्न छ
मानिसहरु फोकस मिलाउन लेन्स ठीक गर्दैछन्
मुसा जुँघामा लागेको चियाको खोक्रा हटाउन
जिउ टक्टक्याउदै छ
मुसा न्यूयोर्कको भब्यताप्रति
अलिकति पनि जागरुक छैन
आफ्नो पेट भर्न उ बाहिर निष्केको प्रष्ट छ
टाईम्स स्क्वायरमा मुसा
मानिसहरु उत्तेजित छन्
मुसा उपेक्षा भावले मानिसहरुलाई हेरिरहेछ
र बोर भएर कतै लुक्न खोजीरहेछ
र आत्तिरहेछ
थुप्रै मानिसको घेरामा परेको मुसा
साङ्घातिक आक्रमणको डरले
उप|mन खोज्छ र मानिसकै खुट्टामा अल्झेर
बारम्बार लड्छ र उठ्नै सक्दैन
टाईम्स स्क्वायरमा शायद मुसा आउन वर्जित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *