Skip to content


विल्कुलै थाहा थिएन
एउटा संयोग, तिम्रो अनुरोधको-
“के हामी, कुनै दिनसँगै कफी पिउन सक्छौँ ?-”
त्यो क्षण-
वातावरणजस्तै न्याना पलहरू र,
उड्दै गरेका कफीका वाफहरू
के संभव होला यसरी नै
उड्नलाई मान्छेका आंकाक्षा र सपनाहरू –
अपसोच !
कालो कफीको तीतो स्वादसँगै
मान्छेका मीठा सपनाहरू
उडिरन्छन् अनिश्चित………………।

यद्यपि,
त्यो उमेर रहेन अब
बेनाम चोकका चिया पसलहरूका
कट्मेरो दाउराका धुँवामा रुमलिँदै
बाक्ला सिसाका ग्लासहरूमा
चिया पिउँदै निर्धक्क बिताएका
अल्लारे बैंसहरू……………….।

नोष्टाल्जिक ती क्षणहरू………….
त्यो बेनाम चोक अनि,
चियाका गुलिया चुस्कीहरू
समयान्तरमा
कता, कता खल्लो !
कता, कता तीतो !
कफीका स्वादजस्तै
जीन्दगीका स्वादहरू पनि ।

तिम्रो अनुरोध कफीको
निक्कै मुस्किल मेरो सहमति !
अन्त्यमा, तिमीले भन्यौ-
“हार्‍यौ नि ! तिमी मसँग ।”
त्यतिबेला,
देखेनौ आँखामा तैरिएको
तिम्रो खुसीभित्र
दोब्बर खुसि त म थिएँ
वास्तवमा,
´हारेर पनि जित्नुको संतुष्टि
के, तिमीले कहिले अनुभव गरेका छौ?”
हङकङ ।

1 thought on “कफी-कविता”

  1. लारा जि ,मेरो गाउ घर मा
    लारा जि ,मेरो गाउ घर मा गुलियो चिया मा अभ्य्स्त बनेको मेरो जिब्रो, बिदेस मा तितो र कालो कफी ,खादै जादा कफी कै मात जस्तो तपाईंको साहित्य, कस्तो फरक प्रस्तुती ,बेजोड स्वाद पस्क्न्छन तपाईंका कबिता अनी कथा का प्रस्तुती हरु, भिड का मान्यता सँग अपार असहमती, कस्ता बेजोड छन तपाईंका शब्द हरु, अलिक धेरै पस्कदै जानुहोस् भन्ने कामना। सुफी

Leave a Reply

Your email address will not be published. Required fields are marked *