Skip to content


तराईमा मनाइने चाड पर्वमध्ये छठ एक महान् पर्व हो मुख्य रूपमा पारिवारिक सुख समृद्धि र शान्तिको कामना गरी मनाइने छठमा श्रद्धालुहरू सूर्य देवतासँग प्रार्थना गर्दछन् । यसका अतिरिक्त आफ्नो दुःख, कष्ट र रोग व्याधिको नाश होस् भन्ने कामनाका साथ पनि यो पर्व मनाइन्छ । सक्नेले व्रतमा बस्ने, नसक्नेले फलफूल व्रतालुलाई दिएर सूर्यको आराधना गरिन्छ ।

काँचहि वाँसके टोकरिया होकक
दिनानाथ, टोकरी लचकत जाय
बाटमे पुछय जे बटोहियाककक
टोकरी केकर जाय ……..?

धार्मिक ग्रन्थहरूमा सृष्टिको उषाकालदेखि नै छठ पर्वको सुरुवात भएको उल्लेख छ । प्राचीन ग्रन्थ ऋग्वेदमा सूर्योपासनाको महत्वलाई हे जाज्वल्यमान सूर्यदेव, जब तिमी उषाको काखमा उदाउँछौ, तब भक्तजनहरू गीत गाएर तिम्रो स्तुति गर्दछन् । त्यस्तै मत्स्यं पुराणमा आरोग्य भाष्करोभिच्छेत अर्थात् सूर्यबाट आरोग्यताको कामना गरिन्छ भन्ने उल्लेख छ । यसैगरी पदमपुराणमा सूर्यपासना मात्रेण सर्वरोगात् प्रमुच्येत अर्थात् सूर्यको उपासनाबाट सबै प्रकारका बिरामीहरूबाट मुक्त हुन्छन् भन्ने उल्लेख छ ।

सर्वप्रथम असि्रमुनिकी धर्मपत्नी एवं सफल दाम्पत्यजीवनका लागि कात्तिक शुक्ल षष्ठीका दिन यो पर्व गरेको सूर्यपुराणमा उल्लेख गरिएको छ र सोही समयदेखि छठ पर्वको सुरुवात भएको मानिन्छ ।

छठ पर्वका श्रद्धालुहरूले कात्तिक महिनाको प्रारम्भदेखि छठ नहुन्जेलसम्म तामेसी भोजन त्याग्नेे गर्दछन् । उनीहरूले माछा, मासु, अण्डा, लसुन, प्याज जस्ता तामेसी भोजन त्यागी शाकाहारी हुन थाल्छन् । छठको व्रत बस्ने व्रतालुहरू छठको चौथो दिन चौथीमा स्नान गरेर शाकाहारी भोजन ग्रहण गर्दछन्, जसलाई आँरवा अरवाइन वा नहाइ खाय भनिन्छ । यसको अर्थ नुहाएर खानु हो । त्यस्तै पञ्चमीको दिनभरि उपवास वसी नुहाई धुवाई गरी नयाँ बस्त्र धारण गरेर आ-आफ्नो इष्ट देवता भएको कोठामा पकाएको पुरी, गुँड, दूध र अरवा चामलको खीर र केरा अनिवार्य हुनुपर्दछ । देउता घरमा पकाएको प्रसाद पूजापछि ढोगेर घरपरिवारका सबै सदस्यमा वितरण गरिन्छ ।

षष्ठीको दिन दुल्ही जस्तै पोखरी, नदी, तलाउ तथा अन्य जलाशयलाई सजाएर गंगाजल छर्की शुद्ध पारी अर्घका लागि त्यस स्थानमा पूजा सामग्री राखिन्छ ।

सप्तमीको बिहान षष्टीका दिन दिएका अर्घका सामग्रीहरूलाई पुनः उदाउँदो सूर्यलाई अर्घ अबर्पित गरेर छठ पर्व समापन गरिन्छ ।

यस पर्वमा सूर्यको अर्चना एवं आराधना र पूजा आजा गरिए तापनि यसको लोकपि्रयता एवं व्यापकता छठ परमेश्वरी’ वा छठ माताको पूजाको रूपमा प्रचलित छ । वेदमा उल्लेख भएअनुसार उषालाई छठ परमेश्वरीको साक्षात् रूपमा पूजाआजा गर्ने मान्यता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *