मान्छेभित्र मायाँ राख्ने मन छैन आजभोलि
मनभित्र हरियाली वन छैन आजभोलि!
मागी खाने भाँडो बोकी हिंडेका छन् मान्छेहरू
कुबेरको घरमा पनि धन छैन आजभोलि!
आफैलाई खोज्न कति हिंडेका छन् टाढा टाढा
मान्छे भित्र कतै आफ्नो पन छैन आजभोलि!
सुनौला रहर बोक्दै हिंड्ने मान्छेको जिन्दगी
हिजो जस्तो सुनौलो झन् छैन आजभोलि !
महंगा र अभिमानी मान्छेहरूको शहरमा
आँसुभन्दा सस्तो कुनै जन छैन आजभोलि !
