एकादेशको कुरा हो । त्यस देशमा व्याप्त कुशासन र त्यसबाट उब्जेका भ्रष्टचार, अन्याय, अत्याचार, विकृति, विसङ्गति, व्यभिचार र आपसी वैमनस्यका कारण महाप्रलयबाट कोही बचेनन् ।
अन्धकार कालो रातले सताउनसम्म सतायो । केही देख्न-सुन्न, कतै हिँड्न र केही बोल्न पाउने कुरै भएन । यस्तो औँसीको सघन रातलाई दिनमा बदल्नु चानचुने कुरा थिएन ।
गजफै भयो ! दुई थान सक्कली सांसद्ज्यूहरू र दुई थान नक्कली सांसद्ज्यूहरूलाई खोरको शोभा यसरी बनाइयो, जसरी तामाभित्र हीरा हालेर बाँडाले औँठीको शोभा बढाइदिन्छ ।
विगतको द्वन्द्व र अशान्तिले एक दशकसम्म मुलुकको हरेक क्षेत्र, वर्ग र संरचनाहरू प्रभावित भए । व्यक्ति, घर र समाज हुँदै सिङ्गो देश नै अन्योलतामा रुमल्लियो ।
आन्तरिक पर्यटन प्रवर्द्धन तथा वाह्य पर्यटकहरूको आकर्षणका लागि जिल्ला जिल्लामा र राजधानीमा समेत विभिन्नखालका महोत्सवहरू गरिँदै आएका छन् तर यही भदौ १ गते ललितपुरको झम्सीखेलस्थित ज्ञानमण्डलमा भने भिन्नखालको महोत्सव भइरहेको थियो ।