kapildevthapa
दुई मुक्तक
कुसल मंगल सोध्ने केवल बहाना मात्र रै’छ
मनका कुरा साट्ने केवल चाहना मात्र रै’छ
जति मिठा बात भए मन गगन नाप्न थाले ‘नी’
हैसियतमा हैसियत तौल्ने केवल चाहना मात्र रै’छ
::::::::::::::::::::::::::::::::::::::::::::;:
रात अझै बाँकी छ बात अझै बाँकी छ
स्वप्निल पलको शौगात अझै बँकी छ !
त्रिषित लोचनको अनुनय पनि सुनन हो
चाँद लुक्नै बाँकी छ आँत झुक्नै बाँकी छ !!!
धाँजा फाट्यो मन भित्र
धाँजा फाट्यो मन भित्र ,
चिरा परि मुटु जल्यो !
प्रकृतिको कहर बर्ष्यो ,
सपनाहरू सबै ढल्यो !!
धर्धराउँदै पृथ्वी काँपी ,
सारा ईतिहाँस देवल ढल्यो !
पहाडका टुप्पी ढले ,
हिमालका आब्रु ढल्यो !
घरका छाना खर्क कान्ला ,
खेतका गरा आली ढल्यो !
कान्छा काका जेठा बा’को ,
सबै घरका पाली ढल्यो !
के उत्पात भयो यहँ … ,
नेपालीको भाग्य ढल्यो !
धाँजा फाट्यो मन भित्र ,
चिरा परि मुटु जल्यो !
प्रकृतिको कहर बर्ष्यो ,
सपनाहरू सबै ढल्यो !!
मेरी उनी
घरमा टुकी बलीरा’ छ संझ्यालमा अझै
मेरी उनी कुरीरा’ छिन दैलो कुरी अझै
पारी खेत चौतारोमा भारी अड्याउँदै छु
चिउँडो ठोक्ने उकालो चढ्नुपर्छ अझै
तेर्सो बाटो हिंड्दा देख्छु संझ्यालको टुकी
सल्ले वनको घना जंगल कट्नु पर्छ अझै
फङ्ल्याङ् फङ्ल्याङ ढिकी आवाज वरैबाट सुनें
मेरी आमा संसाँझ नी धान फल्छीन् अझै
ट्वार ट्वार हुक्का’ आवाज एकोहोरो सुनें
मेरा बाबा दैलो कुरी हुक्का तान्छन अझै
खल्याङ बल्याङ चिचि पापा के के सुनें के के
भुरा भुरी आगनीमा उफ्रँदै छन अझै
झलमल्ल जुनेली साँझ कस्तो सित्तल लाग्ने
थकै मार्न चौतारीमा बसौं कित अझै
मेरी उनी………..
दुई मुक्तक
सुतुरमुर्ग जसै नाच्छ पहिलो बर्षातमा ।
मनको मजुर उसै नाच्छ प्रीय मिलनको हर्षमा ।।
साग सिस्नु ढिंडो गुन्ग्रुक सँगै मिलि पकाउँला ,
ठाँटी भञ्ज्याङ सँगै जउँला नाच गानको हर्षमा ।।
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
छोड प्ीय परदेशमा पसिना बहाउन ।
मिलिजुली यतै बसौं चौंरी चराउन ।।
भो मलाई चाहिन्न शिरफुल र बिन्दी ,
तिम्रो मायाँ भए पुग्छ जीवन बिताउन ।।
नेपाल
तराईमा दुखिरहेछ नेपाल ,
हिमालमा सुकीरहेछ नेपाल ,
अनि रोग , भोक ,र शोकले छटपटाई रहेछ मोफसलमा नेपाल ।
तर
त्यही माटो समाएर कसम खाई ,
नयाँ नेपाल बनाऊन आएका ति नेताका लागी
अटेस मटेस हुने गरि ५तारेका ८४ ब्यञ्जनमा रमाई रहेछ नेपाल ।
सायद
तीनका लागि नयाँँनेपाल कान्तीपुरका तारे होटल रहेछन् ,
तीनका लागि नयाँनेपाल , गगन चुम्बि महल र महँगा गाडी रहेछन् ।
अनि तीन् लाई के थाहा कहाँ कहाँ दुखिलहेछ नेपाल ।
तराईका लमतन्न सिमाहरूमा दुखिरहेछ नेपाल
हिमालका पनीढलोहरूमा दुखिरहेछ नेपाल
पहाडका झरनाहरूमा रोहिरहेछ नेपाल
त्यही पानी समाएर कसम खाई नयाँ नेपाल बनाउन तम्सिएकाहरूलाई के थाह
ईन्द्रिय जित्ने जितेन्द्र भएँ म
ईन्द्रीय जित्ने जितेन्द्र भएँ म ।
सरकारी चोरको पहरेदार भएँ म ।।
सुन्दर गाउँको भट्कीलो ठिटो ,
जमानाको चारखाल बासी भएँ म ।।
आराध्य देवको घण्ट नाद सुनेर
माथा टेकाउने भक्त जो भएँ म ।।
कानुनी राज त्येती खेर हुन्थ्यो
राजा प्रजाका जति खेर हुन्थ्यो ।।
वकालतको मोहले वकिल भएँ म ,
सरकारी चोरको पहरेदार भएँ म ।।
समयको भेलले कता पु¥यायो
जँघार तारी किनारा चिनायो ।।
साथी फेरिए जमाना फेरीयो
समाज फेरिएर अवाक भएँ म ,
सरकारी चोरको पहरेदार भएँ म ।।
उताड चढावको जिवन सुरु भो
बचेडाहरु को खलवल सुरु भो
खलवल भित्र आफैं भुलें म ,
सरकारी चोरको पहरेदार भएँ म ।।
कानुन कता छ खेज्दैछु आज
म जग्गा ब्यापारी
जिरोदेखि सुरु गरी करोड पति भएँ आज ।
अरुका देखि आफ्नै सम्म जग्गा बेचि आएँ आज ।।
देशका सबै बैंकहरु मुट्ठी भरी थिएमेरा ।
साथी भाई इष्ट मित्र सबै खुसी थिएमेरा ।।
जिरो देखि सुरु गरी करोड पति भएँ आज ।
अरुका देखि आफ्नै सम्म जग्गा बेचि आएँ आज ।।
दोहरी देखी डिस्कोथेक सबै राम्रा लाग्थ्यो मलाई ।
सुरा देखि सुन्दरीले निम्तो दिन्थे सँधै मलाई ।।
जिरो देखि सुरु गरी करोड पति भएँ आज ।
अरुका देखि आफ्नै सम्म जग्गा बेचि आएँ आज ।।
साथि
गाउँथ्यौ तिमी गित यो, रत्न वाग चहारी ।
तरेली केश मेघका , स्निग्ध सौम्य छहारी ।।
उदित चन्द्र मण्डली , मुहारमा छ मन्जरी ।
सरस क्वैली स्वरमा , अलाप तिम्रो माधुरी ।।
निस्वर्थ साथ संगति , अमोघ मित्र मन्जरी ।
तनका साथ नबसी , मनका साथ हर घरी ।।
निस्वर्थ भाव.मा भूलि , दियौ साथ सँधै तिमि ।
हुलमा राख्दथ्यौ जगा , सम्झेर साथ आफ्नो नी ।।
धप धप धप धप , उज्वल तिम्रो मुहार को ।
सलल्ल सल्ल सल्लली , उमंग तिम्रो जुहारको ।।
प्रभातको लाली.मा सँगै , सानिध्य तिम्रो सहासको ।
भूलेर भूल्न सक्दिन , सहयोग तिम्रो जोस को ।।
गोधुलीको सौन्दर्यमा , साथ तम्रो खोज्दथेँ ।
मेरो बिगत
आँदी हुरी काँडा झरी ।
बाटो गोरेटो बित्ता भरी ।।
सावर टैंकी नहुँदा पँधेरी ।
गाऊँँका सबैमा थियो माधुरी ।
खेत खलियान अन्न लहरी ।
हुक्का र ढुक्वा अनन्त मर्झरी ।।
नवरात्र सुरू कमेरा सल्लली ।
झूलेका बाला तरूलतिका सुन्दरी ।।
सवारी खलियानाँ तिलङ्गा झै हुर्दुरी ।
पालो डकुर्दै बेंसी दगुरी ।।
बेंठी सकार्दै ठाँटी सुस्तरी ।
सुस्ताए रक्त कोषिका फर्की घर वरी ।।
योजना
बाटो भिराले प्रकृति सुनौला ।
हर घुम्तिहरु मा खुस्वु भेटौंला ।।
तरेली बगानका चिया पालुवामा ,
मोती झैं उभेका शित दाना भेटौंला ।।
सुरम्य लाग्ने सुन्दर वगानका ,
उन्मत्त जोवनका वगेनी भेटौंला ।।
सिक्सीकाउने सिरेटोहरु लाई ,
उष्ण हुने ओलन , तृष्णा मेटौंला ।
सुन्दर वयका मदमस्त लयका ,
भाव सुनेर दिन जो बिताउँला ।।
यीनै थिए सपना , बिपनाहरुमा
योजना बनेका , कुनै दिन पु¥याउँला ।।
