#कविता : #नयाँ_बर्ष
खै त नयाँ पन,
उमङ्ग,उत्साह खै त,
न कतै बस्तीहरुमा खुसी छ,
न राग छ,न रस छ,
न त खुलेका छन रहरहरु,
मन कता-कता पीडामा छ,
उदास छन डाडा काडा,
सुनसान छन मानवबस्तीहरु,
कुडिएका छन मनहरु
भत्किएका छन सपनाहरू
एका-एक मरेका छन आशाहरु
न त बसन्तले नयाँ जोश बोकेको छ,
उल्टै आज जगत सारा रोएको छ,
जिवनका सम्पूर्ण आधारहरु,
भत्किएका छ्न,
बेचैनी छ तनमा,
यताउती हेर्छु मात्र पिर,
अनि ब्यथाहरु मात्रै देख्छु,
बिश्व एउटा पीडाले आक्रान्त छ,
हरेक जन तनावग्रस्त भएका छन,
आशा मारिसकेका छन्
र पनि तिमी आयौं
समय फेरेर नयाँ बर्ष बनेर,
सारा चिज उहीँ ,
समय उहीँ,परिवेश उहीँ,
नयाँ त केही छैन,
ए नयाँ बर्ष तिमि सँग,
झट्ट हेर्दा दायाँ बायाँ केहि बोकेको छैनौ,
र पनि तिमी आयौ, आफ्नै सुरसारमा
सधै झै को नयाँ बर्ष भइकन,
आयौं फेरि आज तिमी नयाँ बर्ष बनिकन,
सब मान्छे संसार भरिका,
रोएकाछन आफ्नै कथा ब्यथाले
यो कस्तो पीडा छायो आज,
बिश्व बन्यो त्रसित,
टुटेकाछन मानव मनहरु,
फुटेका छन मानव भाग्यहरु,
रूझेका छन् नयनहरु
दुखेका छन मनहरु,
उहीँ एउटै पीडाले
अनि निरशताले
ठुलै यो संकटले
मारिएका छन आशाहरु,
बल्झिएकाछन धाउहरु,
अनि खै त आज
कहाँ बाट आए
बिश्व जगत सारा सखाप पार्ने
यी भाइरसहरु यसरी मौलाएर
भन त नयाँ बर्ष तिमी?
अब कहिले ल्याउछौ
नयाँ समयकाे नौलो गति,
अनि समयकाे नौलो अाभा !
खै कता हराएछ आज,
जिवनको त्यो आशा,
जगतमा आज बिसमता छ,
र पनि तिमी आइरह्यौ,
ठुलै सानले आज,
नयाँ बर्ष बनेर,
यो कस्तो परिस्थितिमा आयौं
जिन्दगीको मुल्य मृत्युसँग दाजेर,
खेलवाड गर्यौ आज
जीवन किस्ताबन्दीमा राखी,
दुखेको छ मन,रुदै छ जगत
भुमरीमा परेर आज
र पनि आयौं तिमी बनेर नयाँ बर्ष!
हो,अब त साच्चै
यो संकट हरण गर,
आशाका किरण लिएर
मानव बस्तीहरुमा
जीवन जिउने सम्म
ढाडस थप्दै गर,
अबका दिनहरूमा
नयाँ बर्ष तिमी !
अबका दिनहरूमा…..
नयाँ बर्षमा
सबैको जिवनमा
नयाँ जोश अनि जागर भरियोस्
हरेक बस्ती-बस्तीमा उमङ्ग छाओस्
जीवन भय रहित बनोस्
मानव बस्तीहरु
नौलो आशाको किरण झुल्कियोस्
खुसी नै खुसी भरियोस्
सुख,शान्ति,समृद्धि छाओस्
बिश्व जगतमा चारैतिर,
सबैको कल्याण होस्
शुभ होस्,मंगल होस्
जय होस्, जय जोस्
नयाँ बर्षकाे हार्दिक मंगलमय
शुभकामना सबै-सबैलाई!
२०७७-०१-०१ गते सोमबार
