Skip to content

सधैं झै डेराबाट
एका बिहानै उ हिड्यो,
केहि पर सडक छेउ पुगेर
यताउता नियाल्छ,
राजाधानीका सडक सधैं व्यस्त हुन्थे
तर आज उ सुनसान देख्छ,
अचम्ममा पर्छ
पुलिस दाईले सिधै कता
हिनेको भनी सोध्छ
था छैन त लाई देशमा
लक डाउन छ हँ,

अनि उ बिचरा
झसङ्ग हुन्छ,
त्यहीँबाट
सिधै डेरा तिर फर्किन्छ
बिचरा उ
ज्याला मजदुरी गरेर
पेट पाल्ने मजदुर न थियोे
अघिल्लो साझ समाचार सुन्नै पाएन
दिनभरि काममा ब्यस्त
साझको थकानले
एक गास खाएर
उ सोझै भोलिपल्टको
कामको कल्पना गर्दै
थकित ज्यानलाई
आराम दिन्थ्यो
यस्तै थियो उस्को दैनिकी,
किनकि उ बिचरा
मजदुर न थियो,

त्यो थकित शरीरबाट
पसिना चुहाएर जब
पुग्छ डेरामा,
अनि बिचरा उ लामो स्वास फेर्छ
र अनि पल्टिन्छ,
अनेकौं कुरा खेलाउछ
मनमा हजारौं प्रश्नहरुको
अाँधी उर्लेर आउछ,
तर जवाफ एउटाको नि
अहँ
मरिगए आउन्न
लामो स्वास फेर्छ,
आफ्ना बाल बच्चा सम्झिन्छ
घर परिवार सम्झिन्छ
अनि कोल्टे फेर्छ,
उ नाजवाफ हुन्छ
स्वयंम् आफैसँग,

उ बिचरा मजदुर न थियो
उस्ले जिन्दगीको
आखी झ्यालबाट
आफ्नो जिन्दगी नियाली रह्यो,
एकोहोरो टोलाई रह्यो,
सोचि मात्रै रह्यो,
मेरो दैनिकीले अब
निरंतरता कहिले पाउला
भनेर,
अनि सोचिरह्यो,
पुलिस दाईको त्यो आवाज पनि,
आज लकडाउन छ देशमा
था छैन तँ लाई भन्ने,
अनि,
उस्ले आँखा रसाएर
फेरि एक पटक सम्झिरह्यो
आफ्नो व्यस्त राजधानीलाई
त्यो भिडभाडलाई सम्झियो
आफन्तले आफन्तलाई
नचिन्ने ती नामका मात्र
मान्छेलाई सम्झियो,
र त एक्कासि उसले
नेताको त्यो चर्को भासणलाई सम्झियो
अनि नेताको आश्वासन पनि सम्झियो
चुनावी दौरानमा बोकेको
त्यो पार्टीको झन्डा पनि सम्झियो
र अन्तमा, नेताको आश्वासनले
आशाको कोपिला मनभरि संगालेर
चुनावमा दिएको ‘त्यो’ भोट पनि सम्झियो,
गाउँ गाउँमा सिंहदरबार भनेको पनि सम्झियो,
एक्कासि उस्ले,
छोरालाई डाक्टर बनाउने सपना पनि सम्झियो,
र अनि निधारमा तप्प तप्किन लाएका
ती पसिनाका थोपाहरु पनि सम्झियो,
पसिनाका थोपा मात्रै सम्झेन,
उ बिचराले,
पसिनाका थोपा सँगै चुहिएका
जिवनका रङ्गहिन हजारौं हजार
सपनाहरू पनि सम्झियो,
अनि,पसिना थोपासँगै
चुहिएका सपनाहरू मात्रै
कहाँ सम्झियो र
उ बिचराले त,
पहिना सँगै चुहिएर गएको,
यो जिन्दगीको पनि सम्झियो…….!

करन बिवश
मिति :२०७७ बैशाख ६ गते शनिबार
बिहान ठिक १२ बजेर ४७ मिनेट जादाँ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *