Skip to content

'आफ्नै डायरीका पानाहरुबाट'

म छक्क पर्छु

*******
किन यस्तो हुन्छ, म छक्क पर्छु ।
यी नयन रुन्छ , म छक्क पर्छु ।
*******
एकोहोरिन्छ कहिले मन, बहकिन्छ कहिले,
गजलले मन छुन्छ, म छक्क पर्छु ।
*******
यथार्थमा खुल्दा मन, कल्पनामा डुल्दा मन,
किन तानाबाना बुन्छ, म छक्क पर्छु ।
*******
शब्द आँफै छान्छु, लय आँफै मिलाउँछु,
आफ्नै मनले गुन्छ, म छक्क पर्छु ।
*******
कोहि गर्छन् वा वा, कोहि भन्छन् मिठो गजल,
जब कानले सुन्छ, म छक्क पर्छु ।
*******
साहित्य मन पराउने, भावनामा हराउने,
म जस्तो कुन छ, म छक्क पर्छु ।
*******

मेरी उनी

घरमा टुकी बलीरा’ छ संझ्यालमा अझै
मेरी उनी कुरीरा’ छिन दैलो कुरी अझै

पारी खेत चौतारोमा भारी अड्याउँदै छु
चिउँडो ठोक्ने उकालो चढ्नुपर्छ अझै

तेर्सो बाटो हिंड्दा देख्छु संझ्यालको टुकी
सल्ले वनको घना जंगल कट्नु पर्छ अझै

फङ्ल्याङ् फङ्ल्याङ ढिकी आवाज वरैबाट सुनें
मेरी आमा संसाँझ नी धान फल्छीन् अझै

ट्वार ट्वार हुक्का’ आवाज एकोहोरो सुनें
मेरा बाबा दैलो कुरी हुक्का तान्छन अझै

खल्याङ बल्याङ चिचि पापा के के सुनें के के
भुरा भुरी आगनीमा उफ्रँदै छन अझै

झलमल्ल जुनेली साँझ कस्तो सित्तल लाग्ने
थकै मार्न चौतारीमा बसौं कित अझै
मेरी उनी………..

एक अविस्मरणीय रात

जून बिनाको कालो रातमा मेघले गड्गडाहट बाजा बजाएको छ बर्षाले आफ्नो जलधारा केश फिजाई सक्दो नृत्यकला देखाएकी छ मलाई उसको केशको छिर्का पर्न बाट छेक्ने म माथिको जस्ता रहित छतलाई उसको नृत्य मंच बनाइ अनि घरीघरी आकाशकी बिजुली चम्कन्छे सायद त्यो सबै दृश्यलाई कैद गर्नको लागि आफ्नो नयनमा,चम्किलो प्रकाश लिएर साथमा म भने आफ्नो िबस्तारामा लम्पसार छु निद्रादेवीको प्रार्थना गर्छु कहिले उनी आउछिन भनि त्यसै माझ लामखुट्टेले यानीमाया भाकाको गीत गाउँदै आउछ, मलाइ कोट्टाएर बोलाउछ सायद यो नीशाचर रातको नृत्य नाटक हेर्नलाई म छुटेँ कि भनेर या यो रात बिताउन र उसको गीतको बोलमा मलाई नचाउन साथ मेरो खोज्दै होला।त्यसैले भाक्छ

जीवन र समय

उजाड भयो जीवन वैशाखे मैदान सरी
पाकिसक्यो यो मन जेठको गर्मी सरी
लतपतियो मेरो तन असारे हिलो सरी
धमिलियो यो जोवन साउने बाढी सरी

ए सरकार…………..(मुक्तक)

ए सरकार कत्ति चाडै, नेपालीको संकट तैले थाहा पाइस
बाढी पहिरो पीडीत क्षेत्रमा, उध्दार टोली नी खटाइस
ए सरकार मनैदेखि धन्यवाद तॅ लाइ, आखिरीमा औकात देखियो….
घरबास गुमाउनेहरुको मुल्य, जम्मा चालिस हजार तोकिस………………!!

————————
करन बिवश
धनगढी, कैलाली

दुई मुक्तक

सुतुरमुर्ग जसै नाच्छ पहिलो बर्षातमा ।
मनको मजुर उसै नाच्छ प्रीय मिलनको हर्षमा ।।
साग सिस्नु ढिंडो गुन्ग्रुक सँगै मिलि पकाउँला ,
ठाँटी भञ्ज्याङ सँगै जउँला नाच गानको हर्षमा ।।
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
छोड प्ीय परदेशमा पसिना बहाउन ।
मिलिजुली यतै बसौं चौंरी चराउन ।।
भो मलाई चाहिन्न शिरफुल र बिन्दी ,
तिम्रो मायाँ भए पुग्छ जीवन बिताउन ।।

नेपाल

तराईमा दुखिरहेछ नेपाल ,
हिमालमा सुकीरहेछ नेपाल ,
अनि रोग , भोक ,र शोकले छटपटाई रहेछ मोफसलमा नेपाल ।
तर
त्यही माटो समाएर कसम खाई ,
नयाँ नेपाल बनाऊन आएका ति नेताका लागी
अटेस मटेस हुने गरि ५तारेका ८४ ब्यञ्जनमा रमाई रहेछ नेपाल ।
सायद
तीनका लागि नयाँँनेपाल कान्तीपुरका तारे होटल रहेछन् ,
तीनका लागि नयाँनेपाल , गगन चुम्बि महल र महँगा गाडी रहेछन् ।

अनि तीन् लाई के थाहा कहाँ कहाँ दुखिलहेछ नेपाल ।

तराईका लमतन्न सिमाहरूमा दुखिरहेछ नेपाल
हिमालका पनीढलोहरूमा दुखिरहेछ नेपाल
पहाडका झरनाहरूमा रोहिरहेछ नेपाल

त्यही पानी समाएर कसम खाई नयाँ नेपाल बनाउन तम्सिएकाहरूलाई के थाह

ईन्द्रिय जित्ने जितेन्द्र भएँ म

ईन्द्रीय जित्ने जितेन्द्र भएँ म ।
सरकारी चोरको पहरेदार भएँ म ।।
सुन्दर गाउँको भट्कीलो ठिटो ,
जमानाको चारखाल बासी भएँ म ।।

आराध्य देवको घण्ट नाद सुनेर
माथा टेकाउने भक्त जो भएँ म ।।

कानुनी राज त्येती खेर हुन्थ्यो
राजा प्रजाका जति खेर हुन्थ्यो ।।
वकालतको मोहले वकिल भएँ म ,
सरकारी चोरको पहरेदार भएँ म ।।

समयको भेलले कता पु¥यायो
जँघार तारी किनारा चिनायो ।।
साथी फेरिए जमाना फेरीयो
समाज फेरिएर अवाक भएँ म ,
सरकारी चोरको पहरेदार भएँ म ।।

उताड चढावको जिवन सुरु भो
बचेडाहरु को खलवल सुरु भो
खलवल भित्र आफैं भुलें म ,
सरकारी चोरको पहरेदार भएँ म ।।

कानुन कता छ खेज्दैछु आज

साथि

गाउँथ्यौ तिमी गित यो, रत्न वाग चहारी ।
तरेली केश मेघका , स्निग्ध सौम्य छहारी ।।
उदित चन्द्र मण्डली , मुहारमा छ मन्जरी ।
सरस क्वैली स्वरमा , अलाप तिम्रो माधुरी ।।
निस्वर्थ साथ संगति , अमोघ मित्र मन्जरी ।
तनका साथ नबसी , मनका साथ हर घरी ।।
निस्वर्थ भाव.मा भूलि , दियौ साथ सँधै तिमि ।
हुलमा राख्दथ्यौ जगा , सम्झेर साथ आफ्नो नी ।।
धप धप धप धप , उज्वल तिम्रो मुहार को ।
सलल्ल सल्ल सल्लली , उमंग तिम्रो जुहारको ।।
प्रभातको लाली.मा सँगै , सानिध्य तिम्रो सहासको ।
भूलेर भूल्न सक्दिन , सहयोग तिम्रो जोस को ।।
गोधुलीको सौन्दर्यमा , साथ तम्रो खोज्दथेँ ।

image

मेरो बिगत

आँदी हुरी काँडा झरी ।
बाटो गोरेटो बित्ता भरी ।।
सावर टैंकी नहुँदा पँधेरी ।
गाऊँँका सबैमा थियो माधुरी ।
खेत खलियान अन्न लहरी ।
हुक्का र ढुक्वा अनन्त मर्झरी ।।
नवरात्र सुरू कमेरा सल्लली ।
झूलेका बाला तरूलतिका सुन्दरी ।।
सवारी खलियानाँ तिलङ्गा झै हुर्दुरी ।
पालो डकुर्दै बेंसी दगुरी ।।
बेंठी सकार्दै ठाँटी सुस्तरी ।
सुस्ताए रक्त कोषिका फर्की घर वरी ।।

मायाँ

लुकि छिपि नियाल्छु म मेरो उनको छाँया होकि
सँदै सँदै कुड्की लाग्छ उन्ले गर्या मायाँ होकि
कालो मेघ गर्जन्छ र मध्याह्नमै रात पर्छ
मेरा मनका बह सबै बर्षा बनि झ्रर्ने होकि

मान्छे हरु,,

मान्छे ,,

कति स्वर्थी छन् यो सन्सार का मन्छे हरु
कसैलाई बोलाई सक्नु छैन ।

कति निर्दही छन् यो धर्ती का मन्छे हरु
दया माया भनेकै छैन।

कति निस्ठुरि रहे छन् यि मन्छे हरु
कसैको याद भने कै छैन।

कति घातक हुदा रहेछन मन्छे हरु
साथ भने कै छैन।

कति झुठो हुदा रहेछन् मान्छे हरु
बिस्वास भानेकै छैन।

कति बेशर्मी हुदा रहे छन् मान्छे हरु
लाज भनेकै छैन।
कति घमण्डी हुदा रहे छन् मान्छे हरु
अदर सम्मान नै छैन।

कति बेहोसी हुन् छन् मान्छे हरु
आफु सकिएकै थाहा छैन।।

आऊ कि म तिमी सामु

टक्र्याई एउटा शब्द सस्तो, आऊ कि म तिमी सामु
कि छाँया त्यो तिम्रो प्रसंशाले, गाऊ कि म तिमी सामु

जुनकिरी चम्केझै अँधेरीमा, प्रसन्न मन झैँ जुनेलीमा
चुलबुल यौवनको मिठो प्रीति, लाऊ कि म तिमी सामु

सपना जस्तै छौ तिमी पनि, तिमी जस्तै हुदो हो सपना!
चोरेर रात तिम्रो निदरिमा, आऊ कि म तिमी सामु

नया वर्ष

गन्तीका एकाईहरू
वर्षको अन्तिम घडीलाई
एक चक्कर लगाएर
पल्टियो एउटा इतिहासको पाना,
नियमबद्द जीवनको वृत
घुम्यो फेरि अण्डाकार भएर,
मानव बिवेकसँग प्रतिष्पर्धी समय
हिड्यो निरन्तर आफनै गतिमा

देश बन्ने (मुक्तक)

देश बन्ने कुनै नयाँ चाल छैन
सुख शान्तिको कतै नयाँ हाल छैन
जाली फटाहाकै जता नि बिगबिगी भो आज
नीतियूक्त देश फेरिने कुनै नयाँ सन्जाल छैन

रोदन मै बाच्नु पर्दा……………………….(मुक्तक)

रोदन मै बाच्नु पर्दा आसुमा डुबेकै छ जिन्दगी
नयनहरु बर्सिदा अचेल बहरमा लुकेकै छ जिन्दगी
सधैं जसो मन मुटु भरि धसि-धसी छुरी धारहरु
शुन्यताको गन्तव्यहिन यात्रामा पुगेकै छ जिन्दगी

सुकिला मुकिला………………(मुक्तक)

वर्षौ पहिले देखिन्थे गाउँगाउँमा सुकिला मुकिला नेता भन्नेहरू
बेला-बेला जुँगा रेखी मोल्थे ती ठुला बडा चुनावका कुरा गर्नेहरू
चुनाव जिती खै कता हराए बिचमा केही वर्षसम्म यी मान्छेहरू
सुन्दैछु फेरि गाउँगाउँ आउदैछन् रे चुनावको बहानामा चिल्ला कुरा ठोक्नेहरू

करन बिवश
धनगढी, कैलाली
रचना मिति :- २०७०-०७-०१ गते धनगढी, कैलाली

महामुर्खहरू (मुक्तक)

सायद यस्तै हुन्छ होला देशमा, यहाँ सबै रानी भएपछि
देश हाँक्ने हरेकको नजरमा, कुर्सी मात्रै पवित्र खानी भएपछि
हो साच्चै अब हाम्रो देशको दुर्गति कहिल्यै नरोकिने भयो
यस्तै हुन्छ होला सायद महामुर्खहरू ज्ञानी भएपछि

करन बिवश
धनगढी, कैलाली

के नै गर्लान र ?……………………..(मुक्तक)

के नै गर्लान र ? यी नेताहरु नेपालीका निम्ती पारा पुरानै
के नै गरे र ? घण्टौ पर्खि पानी थप्ने गाउको त्यो धारा पुरानै
चुनावका बेला यस्तो गर्छौ उस्तो गर्छौ जनता लाई आश्वासन मात्र
आफ्नै मात्र भरे भुँडी नेपाली को बेदना अनि आसु को रारा पुरानै…..!!!!

मरी मेटी रहेछन…………… (मुक्तक)

वीर गोर्खालीहरू लडे देशका सीमा किल्लाहरू जोगाउन
आफ्ना सन्ततिलाई देशको वास्तविक रुप रेखा देखाउन
खै त देश प्रति माया अहिले देशका अग्रज हौ भन्नेहरूसँग
उल्टै मरी मेटिरहेछन आपसमा आफ्नै कुर्सी र पद बचाउन