Skip to content

कथा

शीर्षक के हो ?

  • by

सर्पले पुतलीलाई सोध्यो -“तिम्रो पखेटामा रगत देखिएको छ । के भएको हो, हा ?”

पुतलीले भन्यो -“एउटा किराले मलाई टोक्यो । म उड्दाउड्दै तपाईंको ढाडमा पो खस्न पुगे ।”

पुतलीको कुराले सर्पलाई दया जाग्यो । ऊ पुतलीलाई ढाडमै राखी अस्पतालतिर लाग्यो ।

सर्पले डाक्टरलाई परैबाट भन्यो -“डाक्टर, यो पुतली सिकिस्त बिरामी छ । यसलाई उपचार………।”

डाक्टरले चिच्याउदै भन्यो -“नाइ…….नाइ !” डाक्टर भाग्दै थियो ।

सर्प नर्सको छेउमा पुग्यो । नर्स पनि डराइन् । उनी भाग्न खोज्दा चिप्लेर बल्र्याङ्ग पछारिइन् ।

चराको भाषा बुझ्ने वैद्य

  • by

धेरै पुराना कुरा हो । यूनान (ग्रीस) मा एकजना भविष्य बताउने मानिस थियो । उसको नाम मेलाम्पस थियो । उसले भविष्य त बताउथ्यो नै, राम्रो उपचार गर्ने वैद्य पनि थियो । उसले उपचार गरेपछि रोग र्फकंदैनथ्यो ।

पहिले उसमा यस्तो शक्ति थिएन । भविष्य देख्ने र औषीध गर्ने शक्ति उसलाई सर्पले दिएको थियो । एकदिनको कुरा हो मेलाम्पसका नोकरहरूले सर्पका जोडीलाई मारेछन् । उनीहरू त सर्पका बच्चाहरूलाई पनि मार्न चाहन्थे तर मेलाम्पसले उनीहरूलाई बचाए । सर्पका बच्चाहरू खुसी भए । एकदिन मेलाम्पस निदाएको बेला, ती सर्पहरूले मेलाम्पसको आखा र कानमा चाटे । यो घटना पछि मेलाम्पसले भविष्य देख्ने र औषधी गर्ने शक्ति पायो । साथै ऊ पशुपन्छी र किराहरूको भाषासमेत बुझ्न सक्ने भयो ।

सपना

  • by

सहिद दिवसको दिन, फूलमाला प्रशस्त ओढेका थिए उनीहरूले । तीन सय चौसठ्ठी दिन रोइरहेका सहिद आज प्रफुल्ल देखिन्थे ।

सहिदगेटमा ‘क’ ले भन्यो- “सहिदलाई खुसी राख्न हृदय चोखो राखी उनीहरूको सपना साकार पार्नुपर्छ । ”

सहिद अदृश्यरूपमा थप्पडी मारेर मुसुक्क मुस्कुराए ।

लिफ्ट

  • by

कार्यालय जान सुरु गरेको केही दिन पछि नै हाकिम साहेबलाई भर्याङ चढ्न गाह्रो लाग्न थाल्यो । माथिल्लो तलामा रहेको आफ्नो कोठामा पुग्न साँघुरो त्यो पनि घुमाउरो भर्याङ फन्फनी घुम्दै चढ्नु पर्दथ्यो । कोठामा पुगे पछि भेट्न आउने हरेकलाई आफ्नो साहसिक भर्याङ यात्राको बर्णन सुनाउने गर्नु हुन्थ्यो । नसुनाउनु पनि किन उहाँ आफै पनि सफलताको खुड्किलो चढ्दै त्यत्रो ठूलो पदमा पुग्नु भएको होईन । बर्ष ैसम्म सडकमा भौतारिरहेको बेला कसैले टपक्क टिपेर घुम्ने कुर्सीमा बसाइदिएको थियो । त्यसो त सडकमै हुँदा पनि उहाँ जहिले पनि छोटो र चोर बाटो हिड्ने गर्नु हुन्थ्यो । उहाँलाई जान्नेहरु भन्छन् -त्यसैको प्रतिफल नै हो यति छिटै उहाँ उक्त पदमा विराजमान हुनुभएको ।

शोषण

  • by

बजारको सानो चोकमा ठूलै भीड जम्मा भएको थियो । भीडबाट बेलाबेलामा थपडी र हाँसोको आवाज आइरहेको थियो । चटकेले हाउ-भाउ र केही सस्ता संवादले भीडलाई लड्याईरहेको रहेछ । भीडको प्रमुख आकर्षण कागजलाई पैसा बनाउनेमा नै केन्द्रित थियो । त्यसले बेलाबेलामा कागजलाई सबैको सामु पैसा बनाईदिने गफ हाँकिरहेको थियो । बीच-बीचमा तासको खेल देखाईरहेको थियो, बाँसुरी फुकिरहेको थियो । भीडको ध्यान त्यसले खासै त तान्न सकेको थिएन तर कागजलाई पैसा बनाईदिने कुरा सुन्दा सबै आश्चर्य मानिरहेका थिए । अझ कतिले त त्यो कला सिकेरै जाने अठोट लिएका थिए ।

नयाँ सुट

  • by

पियनले नयाँ टाई लगाएर आएपछि कार्यालयमा तुरुन्तै खासखुस सुरु भईहाल्यो- “पियनले टाई त्यो पनि नयाँ !” त्यो कुरो सेलाउन नपाउँदै खरदारले पियनको टाईसँग मिल्ने नयाँ सर्ट लगाएको देख्दा कुरो उनी तिर बढ्यो । लौ, गर्मीमा स्टोरकिपरलाई नयाँ कोटमा देख्दा बाँकी कर्मचारीहरु आश्चर्यचकित भए । झन् कोटसँग ठ्याक्कै मिल्ने कपडाको पेण्टमा लेखापाललाई देख्दा कुराले अर्कै मोड लियो ।

विमोचन

  • by

कार्यालय जान सुरु गरेको केही दिन पछि नै हाकिम साहेबलाई भर्याङ चढ्न गाह्रो लाग्न थाल्यो । माथिल्लो तलामा रहेको आफ्नो कोठामा पुग्न साँघुरो त्यो पनि घुमाउरो भर्याङ फन्फनी घुम्दै चढ्नु पर्दथ्यो । कोठामा पुगे पछि भेट्न आउने हरेकलाई आफ्नो साहसिक भर्याङ यात्राको बर्णन सुनाउने गर्नु हुन्थ्यो । नसुनाउनु पनि किन उहाँ आफै पनि सफलताको खुड्किलो चढ्दै त्यत्रो ठूलो पदमा पुग्नु भएको होईन । बर्ष ैसम्म सडकमा भौतारिरहेको बेला कसैले टपक्क टिपेर घुम्ने कुर्सीमा बसाइदिएको थियो । त्यसो त सडकमै हुँदा पनि उहाँ जहिले पनि छोटो र चोर बाटो हिड्ने गर्नु हुन्थ्यो । उहाँलाई जान्नेहरु भन्छन् -त्यसैको प्रतिफल नै हो यति छिटै उहाँ उक्त पदमा विराजमान हुनुभएको ।

जादुगरी डण्डा

  • by

एक जादुगरको जादुगरीको प्रशंसा निकै फैलियो । उनी गाउँ-घरमा मात्र सिमित नरहेर अब शहर बजारमा पनि चर्चित हुन थाले । टेलिभिजनको पर्दा होस वा रेडियो या अखवारमा उनको बारेमा निकै महत्व दिएर समाचार आउन थाल्यो ।

यो कुरा त्यस राज्यका राजाले थाहा पाए । जादुगरलाई आफ्नै दरवारमा बोलाएर उनको कला हेर्ने रुची जाग्यो । बोलेर मानिसहरुलाई लट्ठ पार्न सक्ने वाक्कला र वाक् चातुर्यता देखेर राजा छक्क परे । अझ एउटा जादुको छडीले आश्चर्यजनक काम गर्न सक्ने उनको कला प्रति राजा नतमस्तक भए ।

अनास्था

  • by

आफ्नो पुस्तैनी पेशा संकटमा पर्न लागेकोले मन्दिरका पुजारीहरु चिन्तित बने । सामूहिक समस्याको रुपमा देखिएको त्यो संकट निवारणका लागि ठूलो भेलाको आयोजना गरियो । धर्मप्रति मानिसहरुको घट्दो आस्था बढ्दो महंगीमा उही बर्षौदेखिको यथावत दान-दक्षिणा र भेटी मठ-मन्दिरको जीर्ण अवस्था प्राचीन बहुमुल्य मूर्ति आदिको चोरी-चकारी चोरी गर्ने पापीहरुले सजाय नपाउनु शान्ति-सुरक्षाको अभाव जस्ता विषयमा गम्भिर छलफल गरी केही निर्णय गरे ।

राहत

  • by

भ्रमणको विषय अव मन्त्रीजीको ईच्छा मात्र नभई प्रतिष्ठाको विषय बन्यो । उहाँले यसलाई कर्मचारीले आफ्नो आदेशको पालना नगरेको ठान्नु भयो । नियम विपरितको मन्त्रीको आदेशलाई भने कर्मचारीले पछि आफूमाथि झुण्डिने बेरुजु अख्तियार दुरुपपयोग भ्रष्ट्रचार आदिको तरवार सम्झिएर डराए ।

मन्त्रीजी “अति पोषणयुक्त खानाबाट हुने मोटोपन र त्यसको रोकथाम” विषयक विदेशमा हुने गोष्ठिमा सहभागी हुन तारतम्य मिलाउँदै हुनुहुन्थ्यो । जीवनमा पहिलो भ्रमण त्यो पनि पश्चिमी मुलुकमा हुन लागेको थियो । त्यो भन्दा पनि महत्वपूर्ण कुरा भ्रमण वापत पाईने आकर्षक भत्ताको लोभ उहाँमा स्पष्ट देखिन्थ्यो । मन्त्री भएपछि स्वयं मोटोपनको शिकार हुनु भएकोले कतै यसको उपचार उतै पो भैहाल्छ कि भन्ने अर्को आशा पनि थियो उहाँमा ।

समाचार

  • by

प्रमुख समाचार
– केही दिनदेखि खानामा अरुची भएकोमा आजदेखि प्रधानमन्त्रीले राम्ररी खाना खानु भयो ।
– शिक्षा मन्त्रीबाट राजधानीमा भब्य समारोहका बीच एक फिल्मि पत्रिकाको बिमोचन गर्नु भयो ।
– धेरै दिनको मुसलधारे वर्षाबाट तराईमा भएको क्षतिको निरिक्षण गरेर गृहमन्त्री राजधानी फिर्ता ।
– राजधानीको एक पाकेटमार प्रहीको फन्दामा ।
– राजधानीको एक होटलमा छापा मार्दा बेश्याबृत्ति कार्यमा संलग्न भएको आशंकामा एक जोडी युवायुवती पक्राउ ।

पेशागत प्रतिभा

उनीहरु दुईजना अक्सर एकै ठाउँमा देखिन्थे। पहिलो व्यक्ति बोल्नेहरुको आसनमा हुन्थ्यो भने दोस्रो व्यक्तिहरु सुन्नेहरुको लहरमा ।

पहिलो चोटि उनीहरु दुईजनाको भेट यौटा औद्योगिक मेलामा भएको थियो । त्यस दिन बोल्ने व्यक्तिले उद्योगधन्दाको बारेमा यत्ती गहिरो विवेचना गरेको थियो कि, सुन्ने व्यक्ति उसको उद्योग र प्राविधिक ज्ञानबाट एकदम प्रभावित भएको थियो।

पीडा प्रतीक्षाको

  • by

सङ्कटकालको छैटौ महिना अर्थात् वि.सं. २०५९ सालको वैशाख महिनामा पूर्ण काठमाडौको कालिमाटीबाट समातियो । सााझ ढलिसकेपछि डेरामा साथीसाग भात खाादै गर्दा सेनाले उसलाई गिरˆतार गरेको थियो । त्यसपछि पूर्णका बारेमा अनेकथरी कुराहरू सुनिए ।

अर्काको छोरो

  • by

अरू कुमारी केटीहरू सपनामा आˆनो राजकुमार खोज्छन् रे तर मैले त्यस्तो सपना कहिल्यै देखिनँ । जस्तो पर्छ त्यस्तै टर्छ भन्ने लाग्थ्यो । एउटा जिन्दगी हो भोगौँला भन्ने हिम्मत थियो तर अरूले सपनामा खोज्ने राजकुमार मैले विपनामा नै पाएँ । रोहणले मलाई दिएको माया म यहाँ वर्णन गर्न सक्तिन ।

ट्राफिक आइलैण्डकी युवती

  • by

‘बाटोमा तँ बस्ने कि मान्छे हिँड्ने – नजिकैको ट्राफिक पुलिसले छेवैमा आएर हकार्‍यो । झुत्रो पछ्यौराले मुख लुकाउँदै ऊ चुपचाप एक्लै डल्लो परेर बसी । पुलिसले फेरि भन्यो – ए अझै उता जान्नस् – उसलाई पुलिसको भद्दा बोली सुनेर निकै रिस उठेको थियो । तैपनि ऊ चुप लागी । जुरुक्क उठी र अघि बढ्न खोजी तर हिँड्न सक्ने अवस्थामा थिइन ऊ । लुगलुग कामी । पुस महिनाको चीसो, रातभरि सडकको पेटीमा बसेकी उसलाई न्यानोको कुनै अनुभूति थिएन । त्यसैले ऊ पुन नजिकैको ट्राफिक आइलैण्डमा टुसुक्क बसी ।

समयको चक्र पल्टाउन सके…

  • by

हजारौ वस्तुहरूले मलाई उसको सम्झना गराउछन् । उज्यालो अनुहार, सुन्तला रङ, बिहानको समय, सागको तरकारी, धेरै अग्ला मानिसहरू, राम्रो हस्तलेखन, पानी परेपछि भिजेको जमिन, बास्केटबल, साझको मन्द हावा, गन्स एन रोजेस, यूटूका गीतहरू खासगरी, ‘वीथ वा वीदआउट यू’ । धेरै वर्षछि भए पनि असहनीय पीडा छ र घाउहरू अझै आलो छन् ।

उनी खोला हुन सकिनन्

शीशीरको मध्य दिन । न्यनो घामको ताप वरपर चराचूरुङ्गीले गीत गाइरहेका छन् । नजिकैको सानो खोल्सोमा वगेकी सानो तर स्वच्छ तथा पवित्र नदीले ठूलै स्वरुप लिएर रिसाएझैं आवाज निकाल्दै वगेकी छन् । छेवैको चौरमा बाख्राहरु आफ्नो भोकको ज्वला मेटाउन ससाना दुवोको मुन्टा पनि नछोडी मेलैले चरेको दृष्यहरु वीचमा भर्खर जवानीमा पाईला टेक्न लागेकी किशोरीको एकाग्रतामा हराएको निष्‍कपट उपस्‍थितीले जो कोहीको पनि ध्यान नखिचीरहन सक्दैन थियो ।

नायकसग एक बास

  • by

बस इटहरीबाट पर्ूवतिर हुइकिदै थियो ।

“बेलैमा घर पुगिएन भने त आज बर्बाद नै हुन्छ” छेउको सीटको साथी शङ्कर सुवेदी छटपटिदै थियो । नभन्दै कानेपोखरी नपुग्दै पथरीमा गाडी जाम छ रे भन्ने सुनियो । र्सर्ूय राता भएर बास बिसाउने सुरमा देखिन्थे, यस खबरले यात्रुहरूका अनुहार पनि डुब्लो घामझै“ मलिन भए । पथरीको शरणार्थी क्याम्पको उत्तरपट्ट िआइपुग्दा बस पर्ूण्ारूपमा रोकियो । रूख ढालेर राजमार्ग अवरोध गरिएको रहेछ । अब यात्रा अघि नबढ्ने आशङ्काले शङ्करको अनुहार निन्याउरो भइसक्या थियो । ऊ घर नपुगी हुदै नहुने गनगन गरिरहेथ्यो । मैले भने“, “अब के गर्ने त – अगाडि भिडन्त छ भने बसै कसरी जान्छ – त मात्र होइन, यत्राबिघ्न यात्रीहरू बिच्चलीमा छन् । ”

बाटो

  • by

साझ, उही लय र भङ्गिमा बोकेर ओर्लियो ।

गाउभरि स-साना टुकीहरू बल्न थाले । सन्नाटाको चहलपहल सुरु हुन थाल्यो र हरेक कुनाकुनामा रातको तिख्खरता ब्यूतिन थाल्यो । रमेशले देख्यो- एउटा अर्को सघन, कहालीलाग्दो र अन्त्यहीन रात उसको जीवनको जस्केलोमा आएर पसारिएको छ । जसलाई पन्छाउन सक्ने झिनो सामर्थ्य पनि छैन अब ऊसित ।