Skip to content

कथा

विद्रोरोहको क्यानभासमा

  • by

कथाकार दिवाकर नेपालीज्यू, मैले पहिले नै भनिसकेको छु, म पात्रको कथालाई उनीहरूको शब्दमा मात्र व्यक्त गर्नसक्छु भनेर । त्यसैले अहिलेे म पात्रहरूको अन्तरव्यथाको कथा लेखिरहेको छु । कुरा के छ भने, मेरा कथाका पात्रहरूस“ग मेरो सम्बन्ध बिग्रि्रदै गएको छ, भनौं चिसिंदै गएको छ । यसरी सम्बन्ध ब्रि्रेको निकै दिन भइसक्यो । अब उनीहरू आन्दोलन गर्ने, सङ्र्घष्ामा उत्रने धम्की दिइरहेका छन् । किनभने, अहिले मुलुक नै आन्दोलन र सङ्र्घष्ाको सङ्क्रमणले क्लान्त छ

स्वतन्त्रता

  • by

सुजनस“ग बिहे हुने पक्कापक्की भएपछि सोचे“, म जीवनको महत्त्वपर्ूण्ा र पर्ूण्ा आयामतिर अवतरति हु“दैछु । नया“ फूलझै“ फक्रिएर नया“ फूलबारीमा फुल्न जा“दैछु नितान्त नया“ सुवास लिएर ।

इन्गेजमेन्ट भएको चौथो दिन सुजन मकहा“ आउ“दै थिए, उनी आउने खबर फोनबाट सुनेपछि मनमा मनमोहक र रमणीय अनुभूतिको संसार उघ्रिएको थियो । त्यो संसारमा मैले देेखे“, जीवनका सात खुसीयाली र भावनात्मक रुमानी तीव्रता । उनको आवाजको र्स्पर्श प्रतिध्वनित भइरह्यो मेरो मनको उज्यालो र मुस्कानयुक्त आकाशभर िर मेरो घरको परविेशभर ि। यस्तो लाग्यो मानौ“, उनको आवाज मात्र होइन, उनको शरीर नै सुखद उपस्थित भएको छ, यहा“ र्सवत्र जही“तही“ । सा“च्चै सुजन घर आउनु मेरा लागि बेग्लैखालको मीठो स्वाद र नया“ गन्धको अनुभूति थियो पहिलोपल्ट ।

खाडलभित्र

  • by

उनीहरू आठ-दस जना एउटा राजनीतिक भोजबाट फर्किरहेका थिए । उनीहरू मस्त पनि थिए किनभने सबै कुरा उनीहरूकै अधीनमा छ । राज्य, सत्तँ र ढुकुटी । राजनीतिक भोज भनेपछि बेहिसाब भव्य नै हुने भयो । उनीहरूले भोजमा गिलास उचालेर देशको स्वास्थ्य, एकता, सद्भावना, समृद्धि-समुन्नति र शान्तिका लागि चियर्स पनि गरेका हुन् । खाने बेलामा उनीहरू नफुट्ने गरी एक हुने गर्छन् ।

तिम्रो मृत्युको समाचार

  • by

प्रोलग: कथाको प्रथम ड्राफ्ट
कभिकभि,
मौत भि जब
एक किताब लिखती है
तो, भूमिका लिखवानेके लिए
जिन्दगीके पास आती है
-अमृता प्रितम

म पनि कुकुर

म अन्ततः कुकुर बन्ने प्रयासमा सफल बनेँ । मैले मनैदेखि आफूलाई कुकुर बनाउन खोजेको त होइन तर बेला यस्तो आएको थियो कि जहाँ पनि कुकुरका अनुहार र कुकुरका आवाजहरूसँग स्वामी भनिनेहरू बढी लोभिने गरेको पाएँ । आखिर स्वामीहरूलाई मान्छेको स्वाभिमानी अनुहार होइन, कुकुरको स्वामीभक्त अनुहार बढी प्यारो लाग्छ र मान्छेको इमानदारी नभई कुकुरको बफादारी सर्वश्रेष्ठ लाग्छ भने मान्छेजस्तो भएर बाँच्नुको कुनै तुक देखिनँ मैले ।

अकारण

आइतबार

…र, खुला झ्यालबाट पसेको हावाको शीतल मुस्लो सा“घुरो कोठाको चौकुनामा ठोक्किएर भित्ताको क्यालेन्डरलाई जबरजस्ती गर्न खोजिरहेको छ । हावाको जबरजस्तीले क्यालेन्डर विस्तारै आफूलाई ऊप्रति र्समर्पण गर्दैछ । केही क्षण नाइनास्तीको प्रतिवादमा छटपटि“दै क्यालेन्डरका पानाहरू विस्तारै पल्टिरहेछन् । पश्चिम भासि“दै गरेको पहे“लो र्सर्ूयको तीखो किरण अगाडिको टेबुलमा बजारएिको छ । र, त्यसको टकले मेरो मथिङ् गलमा चक्मा दिइरहेको छ ।

एक जुगमा एकदिन

  • by

जिन्दगीमा पहिलोपल्ट उसलाई आफ्नो शिर ठाडो भएर उठेको महसुस भएको छ । जतिपटक ब्यारेकअगाडिबाट बाटो काट्थ्यो, त्यतिपटक उसको शिर निहुरन्िथ्यो । ‘श्री ५ महाराजाधिराज सरकारको जय जय जय, श्री ५ बडामहारानी सरकारको जय जय जय ‘ जतिपटक ऊ पढ्थ्यो, त्यतिपटक उसलाई घृणाले थुक्न मन लाग्थ्यो र बसको बाहिरबाट मुन्टो निकालेर पिच्च थुकिदिन्थ्यो । फेर िडर पनि लाग्दथ्यो, कसैले देखिहाले भने – अर्थात्, त्यहा“ पहरामा बस्ने सेनाको जवानले देखिहाल्यो भने…- उसको शरीरका छाला काडिन सक्थे । ‘तै“ले कसलाई थुकेको – राष्ट्रियताप्रति यस्तो अपमान – राष्ट्रिय एकताको प्रतीक सरकारप्रति यस्तो घृणा – ठोक यसलाई…†’ यसो भनिन र त्यसो गरनि सकिन्थ्यो ।

जिन्दगीको नबुझेको अर्थशास्त्र

  • by

“ओ हो स।र, लु बसौ“, हेर गर्मीले †” अफिस पुग्नासाथ सधै“झै“ वस्ती सरका अगाडि कृपानाथले कर्ुर्सर्ीीाखिदियो । उनी पसिनाले न्रि्रुक्क भिजेका थिए । उसले फेर िथप्यो- “अनि सर † आज पनि साइकलमै †”

“साइकलमा नै, यी हेर न यस्तो छ हालत †” खुइय्य सुस्केरा हाल्दै वस्ती सर पसिनाले भिजेको र्सटको बटन खोलेर कर्ुर्सर्ीीथि थ्याच्च बसे । कृपानाथले पङ्खा खोलिदियो ।

गुलाब, आँसु र खरानी

  • by

“मलाई जिन्दगी साह्रै पट्यारलाग्दो लाग्दैछ । मैले जीवनमा स्वतन्त्रताको उपभोग त गरे“ तर मृत्युको उपभोग किन गर्न सकिन“ – के मृत्यु वरण गर्न पाउनु मेरो स्वतन्त्रता होइन – भन त, मृत्यु मेरो वशमा छैन -” ऊ भावुक बन्दै गई ।

“तिमीले भनेजस्तै सबैको मृत्यु-इच्छाले स्वतन्त्रता पाउने भए समाजको स्वरूप अराजक बन्ने थियो,” मैले उसलाई सम्झाउने प्रयास गर्दै भने“, “प्रकृतिमा कुनै पनि जीव आफ्नो चाहनामा मर्न पाएको तिमीले देखेकी छौ -”

छोडपत्र

  • by

“सर, गफ गर्न यसो मेरो कोठातिर पनि छिर्नोस् न †”

छिमेकी कोठावालबाट पटक्कैपिच्छे आइरहने यस आग्रहलाई पूरा गर्न चार्वाक कहिल्यै इच्छुक भएन । ऊ ‘गफ’ भन्ने शब्दप्रति नै वाक्क भइसकेको थियो । अनर्थको गफ गरेर के फाइदा – गफले कुनै आत्मिक शान्ति मिल्दैन । कर्ताको अहम् सुन्नुजस्तो वाक्वाकी अघाएका बेला कोचिएको गा“समा पनि लाग्दैन ।

बाकस

  • by

“तपाईंका नाममा एउटा बाकस आउँदैछ । हाम्रा मान्छेले एक-दुई दिनभित्र घरमै ल्याइदिन्छन् । कृपया बुझेको भर्पाइ पठाइदिनुहोला,” सरलाले फोनमा भद्र आवाज सुनी ।

मलाई चिन्नुहुन्छ ?

  • by

मैले उसलाई परैबाट चिनेँ । ऊ पनि म भएतिरै आयो । म कलेजको चौरमा पूजालाई पर्खिरहेकी थिएँ । उसले उस्तै दह्रो गरी हात मिलायो र उस्तैगरी मुस्कुरायो ।

युद्धविरामताका हामीले खुबै भेट्याँै, लगातार रूपमा साताभर हामी कहिले ठमेलको हटव्रेड्स क्याफेमा भेट्थ्यौँ त कहिले महाराजगन्जकोे उही हटव्रेड्स क्याफेमा नै । मैले गन्ती नै त गरनिँ तर हामीले त्यो साता थुप्रै कप कफी पियौँ ।

उदास साँझ

  • by

रातलाई १२ घन्टा जिम्मा लगाएर एउटा उदास साँझ भर्खरै बाहिरएिको थियो ।

घर ठूलो थियो । चारैतिर दर्बिलो पर्खाल र पर्खालमाथि तिखा सुइरा भएका फलाम ठड्याइएको त्यो घर रातको अन्धकारमा एउटा भुताहा गढीजस्तो लाग्थ्यो । तर, त्यो कुनै गढी वा भूतबङ्गला थिएन । त्यो थियो मिस्टर निर्मल थापाको चार करोड ४५ लाखको घर ।

सल्लाहकार

  • by

ऊ अहिले घुम्ने कुर्सीमा बसेको छ । अगाडि एक्जिक्युटिभ टेबुल छ । टेबुलमाथि कागज र पत्रिकाहरू असरल्ल छरिएका छन् । विभिन्न रङका फोनका तीन रिसिभरहरूमध्ये धेरैजसो कुनै न कुनैमा ऊ व्यस्त पाइन्छ । अफिसको त्यही कोठामा एउटी केटी उसको दायाँपट्टकिो सोफामा बसेकी छ । अविवाहित लाग्छे उमेर र पहिरनले । छिनछिनमा एकअर्कोलाई हेर्छन्, सायद केटीले आफ्नो कुरा भनिसकेकी छ । उसले पीएलाई भित्र कोही नपठाउन भनेको छ । यतिबेला उसको मनमा विभिन्न तरङ्गहरू खेलिरहेका छन्, केटीका बारेमा, घरका बारेमा, कामका बारेमा ।

बनको दमकल

कालु कौवाले आफूलाई निक्कै चलाख ठान्थ्यो । उसले बनको माझमा अग्लो रुखमा गुँड बनाएको थियो । त्यो रुखमा ढुकुर, चिबे, सारौँ, टोकटोकेजस्ता चराहरूले पनि गुँड बनाएका थिए । काले कौवाको गुँड सबैभन्दा माथि रुखको टुप्पामा थियो । कसैले गुँडमा भर्खर फुल पार्न थालेका थिए भने कसैले कोरल्दै थिए । काले कौवाको फुलबाट भने चल्लाहरू निस्किसकेका थिए ।

विरालोको सम्मान

  • by

“विरालोको घाँटीमा घण्टी बाँध्ने समस्याले हामीलाई कहिल्यै छोडेन । अब यो कुरामा समय खेर नफालौँ । बरु सकिन्छ भने अरु कुनै उपाय निकालौँ ।” दाह्रीवाल मुसाले जुँगा मुसार्दै भन्यो ।

“यो हामी मुसा जातिको जीवनमरणको समस्या हो । यस्तो महत्वपूर्ण समस्यालाई त्यत्तिकै छाडन कहाँ हुन्छ ?” तन्नेरी मुसाले कुरा काट्यो ।

ढड्डु मुसाको बकबक

  • by

कथा नसुनी मायालाई निँद लाग्दैनथ्यो । साँझ दूधभात खाएपछि ऊ ओछ्यानमा पल्टन्थी । अनि मैले उसलाई कथा सुनाउँथेँः “राजकुमारीले भ्यागुतोलाई माया गरेर म्वाई खाई । अचानक भ्यागुताको रुप फेरियो । राजकुमारीको हातबाट भ्यागुता बिलायो । उसको अगाडि सुन्दर राजकुमार उभियो । …….”

रूप र गुण

  • by

ऊसँग चार विकल्प थिए । एक, दसवर्षे गृहयुद्धका कारण जर्जर भएको ठाउँमा जाने । दुई, पाँच वर्षदेखि पानी नपरेका कारण एक चौथाइ मात्र जीवित रहेका प्राणीहरूको रक्षा गर्ने । तीन, एड्सको चपेटामा परेका ५० प्रतिशत जनताको उद्धार कार्यमा जुट्ने । चार, संसारको सबभन्दा गरबि ठाउँमा जाने र त्यहाँका आतङ्क र असुरक्षाले चपाइएका मान्छेको सेवा गर्ने ।

मोड फाटेको छ

  • by

म दिनभरि सोच्छु । रातभरि सोच्छु । एउटा निष्कर्षनिकाल्न सक्तिनं । बिहानभरि पनि सोचेर बस्छु । कुनै निर्णयमाा पुग्न सक्तिनं । भातका गांसहरूभरि सोच्छु, पानीका घुड्काहरूभरि पनि सोच्छु । घडीमा ११ बज्छ । पूरा एउटा दिनलाई र्समर्पण गरिसक्छु । घडीका कुनै पनि मिनेट र घण्टाहरूले मेरो सोचाइमा साथ दिन खोज्दैनन् । क्षण मेरो निजी हुन सक्दैन । १२ बज्न खोज्छ । ५ पनि बज्छ भन्ने बोधले म र्सतर्क हुन खोज्छु । सोचाइ गम्भीर बनाउन खोज्छु । फेरि एक घण्टा अर्पण गर्छु निर्णयलाई त्यसभित्र पार्ने अठोट गर्छु निर्णय चिप्लिदिन्छ- घडीको स-सानो एउटा सेकेन्ड र्सर्ुइबाट सोचाइको स-सानो विरोधबाट । १२ बज्छ । ५ लाई अझै ५ घण्टा बाकी छ । १ घण्टा अझै उपभोग गर्न सक्छुको आशामा अल्झिन्छु । घडीको टिकटिकलाई मुटुले दम दिन थाल्छ, केही अधीर बन्छु । केही नियन्त्रित हुन खोज्छु । १ बज्न खोज्छ । अझै अलमलमा पर्छु घडीको र्सर्ुइ १ को अङ्कलाई नाघेर जान्छ ।