Skip to content

मनोविश्लेषणात्मक कथा

बिहा

सुब्बा कटकबहादुरले १४ वर्षकीलाई बिहा गरेर घर लिएर आए ।

भन्नुपर्ने कुरा यति हो, र कटकबहादुरलाई नचिनेका मानिस योभन्दा धेरै कुरा सुन्न पनि चाहँदैनन् । तर मलाई १४ वर्षकी भन्नासाथ केटीको विषयमा जान्ने रहर लाग्छ । सुब्बा कटकबहादुर निश्चय नै छिपिएका होला्; मैले सानो उमेरको सुब्बा देखेको छैन । भरसक यो उनको अर्को बिहा हो; पहिलेकी दुलहीबाट दुई वटा छोरा होलान्, र उसको मृत्यु भएपछि यी १४ वर्षकीलाई बिहा गरेको होला । कटकबहादुरलाई त के छ, विवाहको क्षेत्रमा खग्गू र निपुण भेसकेका मानिसलाई दिनभरि अड्डामा बसी कलम धस्दा र अड्डाका साथीभाइसँग खेल ठट्टा गर्दा सायदनै १४ वर्षकी हरिमतिको ध्यान आउँदो हो । तर हरिमतिको कुरा नै भिन्नै होला ।

पवित्रा

  • by

तिनको नाउँ थियो – पवित्रा । आँखा तानिएका, घाँटी गाँडले विकृत भएको, देब्रे गोडा दाहिनेभन्दा सानो भएकोले हिँड्दा खोच्याएर हिँड्नुपर्ने, ईश्वरको यो राम्रो सृष्टिमा पवित्रा यस्ती एउटी प्राणी थिइन् । तिनलाई बाहुनी भनीकन भात पकाउने ठाउँमा पस्न दिनु हिन्दू धर्मको खिसी गर्नु जस्तो थियो, तर तिनी केशवदेवको भान्छे बाहुनी थिइन् । र पालैसँग तिनकी सुसारे, भाँडा माझ्ने, कूचो लाउने नोकर्नी र भान्छे बाहुनी हुन्थिन् । केशवदेवले तिनलाई बुँइगलमा एउटा कोठा दिएका थिए । एक-दुई चोटि त्यो कोठामा चियाउने मौका पर्दा एउटा गुन्द्री, त्यसमा बिछ्याउने र ओढ्ने दुवै काम चल्ने एउटा ठूलो पाखी र ननिसास्सिऊन् भन्ने उद्देश्यले भित्तामा प्वाल पारी बनाएको हावा जाने दुलोमा एउटा केशवदेवको थोत्रो काँगियो र एउटा मालीमा तेल भएको तिनले देखेका हुन् ।

तिनी एक्लै थिए र कसरी पवित्रा तिनको गृहस्थीको अङ्ग हुन आइन् – उनीले आफैं बिर्सिसके; तर अब तिनको सट्टा अर्की सुग्घर बाहुनी राखूँ भन्ने विचार हुँदा पवित्रामाथि करुणा लाग्थ्यो र केशवदेव तिनलाई निकाल्न सक्तैनथे ।

प्रेमले दिन्छ जिउने इच्छा…..

  • by

प्रेमले खुसी मात्र हैन, लामो उमेरसमेत दिन्छ । अनुसन्धानपछि यस्तो देखिएको छ कि मायामा धेरै शक्ति हुन्छ । मायाले मानिसभित्र रोगसँग जुध्ने शक्ति उत्पादन गरिदिन्छ । जब कुनै रोगीलाई कसैबाट मायाको अनुभूति हुन्छ भने उसको शरीरमा यस प्रकारको रसायनिक परिवर्तन हुन्छ, जसले गर्दा रोगसँग लड्ने क्षमता वृद्घ िहुन जान्छ ।

रुपकी रानी रुपा (मनोवाद यौन कथा)

विमलकुमार, यस्तै करिब ३५ वर्षको विवाहित पुरुष हो, ऊ काठमाडौँको एक प्रतिष्ठित कम्पनीमा जागिर खाइरहेको छ । उसको कम्पनीमा पनि ऊ निकै इमान्दार अनि मेहनेती अनि अलि गम्भीर स्वभावको मान्छे भनेर चिनिएको छ । सधैं अफिसमा कामको चपेटा अनि हाकिमको थोर बहुत गाली र अफिस कै साथीहरूले काममा डाहा गरेको देखेर ऊ निराश हुन्छ कहिलेकाहीं । एकतिर कामको टेन्सन त्यो माथिसँगै काम गर्ने साथीहरूले इर्श्याले गर्दा झन नराम्रो अनुभव गर्छ विमलकुमारले ।

तिनको नकचरो पोइ (मनोवाद कथा)

सबिताको बिबाह भएको ८ महिना जति भएको छ, तिनको श्रीमान दिपक बैदेशिक रोजगारमा अरब दुबई सहरमा काम गर्छन । दिपक निकै मेहनेती अनि चलाक पनि छ, ऊ पहिलो छुट्टीमा आउदा सबितासँग मागी बिहे भएको हो । आमा बुवाले नै केटा हेरेर दिपकलाई छानेका थिए, आखिर दिपक पनि अग्लो ह्यान्डसम अनि आइ. कम. सम्म पढेको केटो थियो । सबिताको दिपकसँग बिहे भए पछि मुस्किलले ३५ दिन सम्म सँगै बसे होलान, के गर्नु दिपक दुबई सहर काममा फर्कनु नै थियो, आखिर घरको आर्थिक भार उसले नै थाम्नु थियो । घरमा ६५ बर्ष काटेको बुवा अनि सधै बिमारी भइरहने आमा बाहेक कोही थिएनन् ।

सबिता निकै खुशी थिइन दिपक देखि, ऊ निकै रोमान्टिक अनि हँसिलो थियो, बिहे भएको पहिलो दिन नै सविताको मन जित्न सफल थियो उसले । ती बिहे पछिका दिनहरू अनि दिपकसँग बिताएका सम्झनाहरू सविताको मनमा ताजै छ । दिपकसँग बिहे भए पनि पढाई जारी राख्नु भन्ने दिपकको सल्लाह अनि सोचले सबितालाई ज्यादै प्रभाब परेको छ । त्यसैले अझ पनि सासू ससुरालाई स्याहार्दै पनि सबिता बि.कम. पढिरहेकी छे, घरमा कुनै अप्ठयारो छैन, सासू ससुरा पनि बुहारी सबितालाई आफ्नो छोरी झैँ माया गर्छन ।

यो मेरो मातृभूमि

आज पूरा साठी वर्षपछि मलाई मेरो प्यारो मातृभूमिको दर्शन प्राप्त भयो। जतिबेला म आफ्नो प्यारो देशबाट विदा भएको थिएँ र मलाई भाग्यले पश्चिमतर्फ डोर्याएर लिएर गएको थियो। त्यतिबेला म लक्का जवान थिएँ। मेरा नशा नशाहरूमा नविन रक्त संचार भइरहेको थियो। हृदय उमंग र उल्लासले भरिएको थियो। मलाई आफ्नो प्यारो भारत वर्षबाट कुनै अत्याचारीको अत्याचारले वा अन्यायको बलसाली हातले विछोड गराएको थिएन।

लियोनारा र मन !!!

वाउ ! आई लव दिस् पिक्चर…!
उत्तेजना र ख़ुशी मिश्रित स्वरमा बोल्दै कम्प्युटरको डेस्कटप ब्याक ग्राउंडमा सजिएको इगल नेबुलाको मनमोहक फोटो नजिकै आई एक टक हेर्दै थिईऊ!
डु यु लाइक एस्ट्रोनोमी? मुस्कुराउदै अलिक असजिलो अंग्रेजी भाकामा सोधि उसले !
अँ.. हो ! प्रत्युत्तर दिन्छु
हो र? आँखामा चमक थपियो । मलाई पनि खुबै मन पर्छ, कहिले कहीं घंटौसम्म रमाएर डुब्न सक्छु म यी चिजहरूमा !

मेजरनी (कथा)

  • by

आज पनि १२ बजिसक्यो मेजर अझै फर्केको छैन।
“कतै गएर धोकिरा होला नि सुङगुरको झोल?” मेजरनीले मुख नमिठो बनाईन् र मनमनै बोलिन्। तत्कालै झ्याल बाट बाहिर हेरिन्। उता पट्टिको कटेरोमा बत्ति निभिसकेछ।
“ थाकेको थियो, बिचरा सुतिसक्यो होला”
मनमनै बोल्दै खाटमा गइन् र सिरक तानेर जिउ छोपेर खाटमा ढलिन्। उत्तानो परेर माथि मिलाएर राखेको काठको दलिन हेर्दे मनमा कुरा खेलाउन थालिन्।

भुयूचाको डायरी

  • by

‘रक्शीको नशाले जब आँखा कान मात्र किन सम्पूर्ण चेतना लठ्ठिएर म आफैं आधा मरेको जस्तो हुन्छु तब मात्र मेरो साहस हुन्छ खुकुरी उठाउने। नशाको सुरमा मानो म कतै सपनामा आफ्नै घाँटीमा प्रहार गर्दछु, त्यस्तै पीडा हुन्छ मलाई। आफूजस्तै आफ्नै रूप मानिसको अगाडि घाँटी छेर्स्याएर बस्नु र त्यो घाँटीमा प्रहार गरेर जीवन हरण गर्नु – के यो मानिसको जीवनको ठूलो अपमान होइन? यस्ता कुराहरू मनमा उठ्दा मलाई डर लाग्छ कि अब म चाँडै बौलाहा हुनेछ।’

कथा

  • by

एउटा मनुष्य यथार्थ ज्ञान प्राप्त गर्न, जुन ज्ञानले देवपद प्राप्त गर्न सकिन्थ्यो, जङ्गल पसे। उनको विश्वास थियो समाजको प्राणी भएर ज्ञान प्राप्त गर्न सकिंदैन। आमा-बाबुको स्नेहको बन्धन र प्रियाको प्रेमबन्धन, मित्रको सौहार्द, समाजका कर्तव्य इत्यादि आत्मोन्नतिका बाधक हुन्। निर्जन स्थानमा मनुष्यसमाजका सारा बन्धनलाई छिनालेर तिनी तपस्या गर्न लागे। जङ्गलका कन्दमूल र कुटीनेरको सानो नदीको स्वच्छ जलले क्षुधा र पिपासा शान्त गरेर सारा समय तिनी समाधिमा लीन हुन्थे। समाधिमा बसेका बखतमा हिंस्रक पशु आफ्नो नृशंसतालाई बिर्सेर यिनलाई घेरेर बस्थे।