Skip to content

बुद्ध चेम्जोंग

गौतम बुद्ध (कविता)

गौतम बुद्ध माथि महिमा गाउनेहरू
हिंसा प्रेमी भएका छन्,
अशान्ति फैलाउछन यहाँ,
जाली, फटाहा भएका छन ।
त्यसैले,
भेडाको खोल ओडेर ब्वासोंहरू
जताततै सिकारको खोजमा निस्केकाहरू !
खबरदार,
बुद्धको नाम अर्जपेर चोखिने चेष्ट नगर ।

मधुपर्क मासिक

मधुपर्क मासिक साहित्यिक पत्रिका नेपालको सरकारी मुखपत्र भएको कुरा सर्वबिदितै छ | नेपाली साहित्यिक वांगमयमा यस पत्रिका मधुपर्क मार्फत के कसो फड्को मार्यो त्यो त विश्लेषण गर्न बाकी नै छ यद्यपी जति पनि नेपाली साहित्य अगाडी बढेको छ यसमा अन्य बिभिन्न साहित्यिक संजाल र साहित्यिक पत्रिकाहरुको महत्वपूर्ण भूमिका देखिएको छ | विश्व साहित्य कोषमा नेपाली साहित्यको खासै प्रभाव देखिएको छैन | हामी नेपालीहरु खाली बंगाली, हिन्दी, चिनिया, फ्रेन्च, अंग्रेजी, रुसी, अरबी साहित्यमा अल्मलिएका छौ |

मैले यहाँ उठाएको बिषय मधुपर्क मासिक पत्रिका साहित्य प्रधान हुदा हुदै केहि निश्चित साहित्यिक समुहहरुको आफ्नै रचना कृतिहरु मात्र प्रकाशित हुने थलो पत्रिकाको रुपमा देखिएको कारणले केहि टिप्पणीहरु औल्याउन चाहन्छु |

दोष कसको?

आज बरबोटे गाँउमा ठुलो हल्ला खल्ला फैलिएको छ । गाउँलेहरू मिलेर हर्केलाई पाता कसेर भुइँमा लडाएर राखेका छन् । कुकर्मी हर्के १३ बर्ष पुग्दैछ, तर उसको कुबुद्धिले ७ बर्षकी बालिका रीतामाथि बलात्कार गरेर सानो उमेरमा नै बाल अपराधी बन्न पुगेको छ । कोही गाउँलेहरू टाढाको गाँउको पुलिस चौकीमा पुलिसलाई खबर गर्न र बोलाउन गएका छन् ।

हर्केको खास नाम हर्कबहादुर हो, तर गाउँमा सबैले हर्के भनेर बोलाउने गर्छन । ऊ गाँउको स्कुलमा नै ७ क्लासमा पढ्दैछ, उसको पढाईमा औसतमा राम्रै थियो । स्कुलमा उसका साथीहरू पनि खासै बदमास टाइपका छैनन् । हर्के सानैदेखि अलि हक्की अनि साहसिलो स्वभावको थियो ।

हाम्रो नेपाल

उत्तरतिर चाँदी झैँ सेता हिमालहरू,
लहरै हाँसेर बसेको सुन्दर शृंखला ।
विश्वको सबभन्दा अग्लो चुचुरो,
सगरमाथाको देश, हाम्रो नेपाल ।

अहिंसा प्रेमी शान्तिका दूत,
गौतम बुद्धको जन्मभूमि ।
संसारभर गर्वका साथ भन्ने गरौं,
बुद्ध जन्मेको पवित्र लुम्बिनी, हाम्रो नेपाल ।

नेपालमा “लोडसेडिंग” र अनुत्तरित प्रश्नहरू

“लोडसेडिंग” यो शब्द यति घृणित भई सक्यो कि जो सारा नेपाली जनताहरू दिग्दार र आजित छन् । लोडसेडिंगले गर्दा कहिले रातभर बत्ती छैन त कहिले दिनभर । अझ साँझ एक दुई घण्टा चाहिने समयमा झन् बत्ती नै हुदैन । बत्ती जाने आउनेको निश्चित समय तालिका भए पनि, त्यो रुटिनले कहिले काम गर्दैन । उफ्! दिक्क लाग्दो…..लोडसेडिंग, प्रत्येक दिन नेपालका शहरिया जनताको दिन चर्या गुनासो छ । हुँदा हुँदा नेपालभित्र मात्र रहनु भएका नेपाली जनताहरू मात्र नभई संसारभर छरिएर रहनुभएका गाँस कपास अनि अध्ययनको लागि जानु भएका नेपालीहरूलाई पनि सास्ती हुने क्रम जारी छ । अहिलेको आधुनिक परिवेश र विकाससंगै इन्टरनेट संजालले जोडिएको अबस्थामा पनि, हामी जो कोहीलाई संसारको एक ध्रुवबाट अर्को ध्रुवका पुज्यनीय आमा बुवा, श्रीमान श्रीमती देखि लिएर साथी भाइसंग पनि राम्ररी कुरा गर्न असफल हुदै गएका छौ । यो कुरा नेपाल बाहिर रहनु भएका सबै मित्रजनहरूले भोग्नु भएको हुन सक्छ । एक त विदेशको बसाइ त्यतिकै बिजी भइन्छ,त्यो माथि जब फुर्सद भयो कि इन्टरनेटमा बस्यो, उता आफ्नो मातृभूमि नेपालमा भने लोडसेडिंग बत्ती छैन रे, ४/५ घण्टा पछाडी आउछ होला इत्यादी सुनिन्छ । अनि मुख अमिलो पार्दै अर्को कुनै दिन इन्टरनेटमा कुरा गरौला भन्दै चित्त बुझाउनु परेको छ । अब विदेशमा जस्तो ठाउँमा काम नगरी माम नमिल्ने देशमा कति बेला सुत्नु,उठ्नु अनि काममा त अबश्य जानु नै पर्यो । त्यसैले अहिले यो लोडसेडिंगले नेपाल हाम्रो देश मात्र नभएर संसारभरका नेपालीहरूलाई पनि सास्ती दिएको छ ।

संसारमा जलस्रोतको दोस्रो धनी देश नेपाल हुँदा हुँदै पनि हाम्रो देशमा नै लोडसेडिंग किन? यो लोडसेडिंग मेरो, हामी सबैको दिमागमा घुमिरहने दृश्य हो । किन? कति समयका लागि? हामी कहाँ हजारौ इलेक्ट्रिकल इन्जिनीयर छन्, हाइड्रोपावर इन्जिनीयर छन्, राष्ट्रिय योजना आयोगमा धुरन्धुर योजनाकारहरू छन्….के उनीहरूलाई यो दुर्गति आउछ भन्ने ज्ञान थिएन होला? नेपालमा दिन प्रतिदिन जनसख्या बढ्दैछ, भवन निर्माण बढ्दै छन्, शहरिया जीवन बढ्दैछ । बिजुली आपूर्ति अझ बढी चाहिन्छ भनेर हाइड्रो पावरको निर्माणमा सहि निर्णय र भूमिका बिद्युत प्राधिकरण र उर्जा मन्त्रालयले किन समन्वय गर्न नसकेको?

आमा

आमा,
आज किन ?
मेरो मन तुलबुल भएको हो ।
राती सपनामा देखेकी थिएँ,
मलाई सानो छँदा जस्तो,
तपाईले मलाई,
पिठ्युमा बोक्नु भएको थियो ।
ओहो ! म त सानो नानी भएको थिएँ,
तोते बोलीमा बोल्न खोज्दै थिएँ ।
मलाई पिठ्युमा बोक्दै,
सिस्नुको मुण्टो डालोमा टिप्दै,
“एई, चुपचाप बस” भन्नु भयो ।

उसकी स्वास्नी पोइला गई रे !! (वास्तविकवादी कथा)

“थाहा पायौ? त्यो पातर्नी नकचरी सबिता पोइला गई रे” सखारै बिहानको घामको झुल्कोसँगै त्यो पधेरामा दिलमायाले सुमित्रालाई सुनाइन् । बिचरा! ती दुई जना लालाबाला नानीहरूको के हालत होला, सुमित्राले सुस्केरा हालिन्, हुन पनि सबिताका ७ बर्षको छोरो अनि ४ बर्ष कि एउटी छोरी थिए ।

सबिताको विबाह ८ बर्ष अगाडी रणबीरे कान्छासँग भएको थियो । त्यो बेला सबिता १९ बर्षकी कलकलाउदी, राम्री गोरी थिई । सबिता भनेपछि त्यो बेला वल्लो-पल्लो गाउँका केटाहरू मरिहत्ते गर्दथे। भाग्यवस रणबीरे कान्छासँग सबिताको बिहे भयो । हुन पनि त्यो बेला गाउँमा उमेर पुगेका छोरी चेलीको सकेसम्म छिटै बिहे गरिदिनुपर्छ भन्ने मान्यता थियो । रणबीरे कान्छाको घर स्थिति राम्रै थियो, उनीहरू हुने खाने परिवारमा नै गनिन्थे । तर कालान्तारमा पहाड जस्तो आकासे पानीको भरमा खेती किसान गर्नु पर्ने ठाउमा भौगोलिक हावापानी परिवर्तनले उब्जनी कम मात्र हुन थालेको थियो । अब पहिलेको जस्तो खेती किसानले गाउँमा खान पुग्न अलि मुस्किल हुदै थियो, उहिलेको जमानामा जसको धेरै गाई, भैसी, बाख्रा हुन्थ्यो त्यही परिवार धनी मानिन्थ्यो । रणबीरेका दुई जना बिहे भैसकेका दाजुहरू थिए, उसको बिहे भएको १ बर्ष पश्चात अंशबण्डा गरि सबै छुट्टिएका थिए । अब आफै आफैले काम गरि खानु पर्ने भयो, आफ्नो बाबाको सम्पति बाडीएकोले छोराहरूको रबाफ बाबाको जस्तो भएन ।

सबिताको माइती परिवार पनि त्यति गरिब थिएनन्, सुखैले हुर्किएकी थिइन्, रणबीरेसँग बिहे भए पछि सबिता निकै खुशी साथै थिइन् । गाउँमा हुने खाने परिवारमा बुहारी भएर भित्रिनु पनि त्यो बेला गौरबको कुरा हुन्थ्यो । बिहे भएको अर्को साल नै छोरा आयुष जन्म दिएकी थिइन् अब रणबीरेलाई पारिवारिक बोझ बढ्दै गयो, घरमा बाबा, आमा पनि सँगै थिए । समयको क्रमसँगै रणबीरेलाई आर्थिक समस्याले गाज्दै लगेको थियो, उब्जनी राम्ररी नहुने कारणले खेती किसानीमा उसलाई खिन्न लागिरहेको थियो । यस्तै नै उही गाउँमा नै रणबीरे जसोतसो जीविका चलाउदै थियो, पहाडको ठाउँ, दु:खकष्ट त आफ्नो ठाउमा छदै थिए ।

आज फेरि (कविता)

आज फेरी
तिम्रो याद आयो,
म कहाँ भुल्न सक्छु र
ति हाम्रा सपना अनि कल्पनाहरु |
त्यो मनोरम प्रकृतिहरु बीच
कुम्भकर्ण हिमालको दृश्य हेर्दै,
कहिले नछुट्ने बाचा कसम
माया पिरतीका मिठा कुराहरु |

तिमीलाई नदेखेको दिन
म आफै हराएको भान भएको क्षण,
कता के छुटे,
बिर्से जस्तो लागेको पल |
वियोग कहिले नआओस जस्तो लाग्थ्यो
सधै संगै देखि रहु,पाई रहु लाग्थ्यो,
तिम्रो त्यो मायालु मृग नयनी आँखा
कहाँ भुल्न सक्छु र |

स्वर्गबाट झरेकी अप्सरा जस्ती,
मुलायम सिलिक्क लामो केश
गुलाबी ओठ, लजालु नजर, मिठो बोली |
अझै मेरो मुटु दु:खी रहन्छ,
घोची रहन्छु, बल्झिरहन्छ |
नचाहदा नचाहदै हामी दुई भबिष्यको खातिर,
विवस भएर तिम्रो यादमा तडपिन्दै,
मैले गाँउ छोडेको कहाँ बिर्सेको छु र |

सहर आएर लेखेका दर्जनौ चिठ्ठीहरुको,
जवाफ नपाउदा,
महिनौ तड्पिएको त्यो क्षण,
अनिदो रात अनि,
तिम्रो चिठ्ठीको आशामा पर्खेको यो मन |
अचानक खबर पाए तिम्रो विदाईको
मेरो धर्ती भासियो, संसार अध्यारो भयो
तत्काल गाउँ फर्कदाको पल,
हप्तौ महिनौ लागेको ति क्षणहरु,
कहाँ भुलेको छु र |

गाउँ फर्किए पनि भेट्न सकिन
तिमी अर्कै कि भई सकेकी थियौ
सुने,
तिमीलाई जबर्जस्ति बेहुली बनाएको थियो अरे |
मैले पठाएका चिठ्ठी,
अरु कसैले खोलेर हेर्थ्यो रे |
चिठ्ठी नपाउदा तिमीले
स्वार्थी भन्यौ होली,
मेरो यादमा कति तडपियौ होली |

म बयान गर्न सक्दिन,
ठुलो असमझदारी भयो
हस्तक्षेप,
जसले हाम्रो बिछोड भयो |
तापनि,
तिमीलाई दोष दिन चाहन्नँ
तिमीलाई साथ दिन नसके पनि
आस्था घटेको छैन,
झन् बढेको छ |
तिमीले कर्तब्य निभायौ,
अचेल,
मुटु दरो बनाएको छु,
जहाँ जे छु ठिक हुने प्रयासमा छु,
तिम्रो भबिष्यलाई सफलताको शुभकामना |

सेप्टेम्बर २०१०
न्युयोर्क

“म बन्न चाहन्न” (निराशावादी कविता)

म कार्ल मार्क्स,
फ्रेडरिक एंगेल्स बन्न चाहन्न ।
किनकि,
आज त्यो पूजीवादको सिद्दान्तलाई,
उल्टो तरिकाले,
व्याख्या गर्न थालिएको छ ।
सर्वहारा मजदुर, किसान वर्गको नाम बेचेर,
सस्तो, झुटो राजनीतिको शुरुवात भएको छ !!

“तिरष्कार” (समसामयिक कविता)

ए देशभक्त नागरिक
आँखा खोलेर बस्नु ।
“अन्तरिम संबिधान”,
अन्तरिम सरकारले
अनेकौ पटक संबिधान संशोधन गर्दै,
हामी जनतालाई झुक्याई रहेको छ ।

ए राष्ट्रप्रेमी नागरिक
सचेत भएर बस्नु ।
तीन चार जना नेताको निर्णयले,
राष्ट्र असफल हुदै गएको छ ।
के ? यो नै जनताको आकांक्षा हो ?
जनताको नाममा कलंक,
के ? यहि कलंक पाउनलाई
हामीले चुनेर पठाएका हौ ?

नेपालको संघीयता र अन्योलता !!

हाम्रो देश नेपाल संघीय गणतन्त्र घोषित भैसकेको परिस्थितिमा अझ पनि यही विषयमा संविधानविद सभासदहरू एक मतैक्य हुन सकिरहेका छैनन् । हाम्रो देश संघीय रुपमा विभाजन गर्दा कुन रुपले र कहाँ कसरी गर्ने भन्ने कुराहरू राजनीतिक पार्टीहरू एक हुन सकिरहेका छैनन् । यो राजनीतिक जमातमा संघीय गणतन्त्र गर्न हुन्न, नेपाल सानो देश, त्यो माथि जातीय बिखन्डन तर्फ जान्छ भन्ने समुह पनि सक्रिय छन् । नेपालमा राजतन्त्रको विरुद्द लाग्नेहरू पहिलेदेखि नै गणतन्त्र र संघीयता कुरा गरेको सर्वबिदितै छ । आखिर राजा हटाउनलाई मात्र संघीय गणतन्त्रको नारा लिएर राजनीतिक पार्टीहरू मिलेका हुन् त त्यो बेला ? हरेक राजनीतिक पार्टीहरू आफ्नो पार्टीको स्वार्थभन्दा माथि उठेर देश र जनताको लागि भनेर मिलेर यो विकराल समस्यालाई चाडोभन्दा चाडो समाधान गर्नु पर्ने स्थिति छ । संक्रमण कालिन अबस्थामा राजनीतिक पार्टीहरू मिलेर जानु नै राम्रो देखिन्छ । अन्यथा यो समस्या ले धेरै ठुलो रुपमा बढेर जानेछ । एक अर्कामा अर्कालाई घुडा टेकाएर आफ्नो कुरा मात्र मनाउने अनि लाद्न खोज्नु जनताको भावना कुल्चनु जस्तै हो ।

आजभन्दा २३५ बर्ष अघि अमेरिकामा, अनि २०० बर्ष अघि स्वीजरल्याण्ड संघीय व्यवस्था लागु भएको हो । भारतमा ब्रिटिशले छोडेपछि भारतीय नेताहरू गान्धी, जवाहरलाल नेहरू मिलेर संघीय गणराज्य बनाए । अहिलेसम्म संघीय राष्ट्रहरू संयुक्त राज्य अमेरिका, भारत, पाकिस्तान, स्पेन, संयुक्त अरब इमिरेट्स, भेनेजुएला, अस्ट्रेलिया, ब्राजिल, इथोपिया, क्यानाडा, जर्मनी, मेक्सिको, दक्षिण अफ्रिका, अर्जेन्टिना इत्यादि अनेकौं देशहरू छन् । संघीय राज्यहरू ठुला देश मात्र नभएर सेन्ट किट्स र नेभिस जस्ता ४०-५० हजार मात्र जनसंख्या हुने पनि छन् । संघीय राज्य निर्माण कसरी गर्ने सवालमा आफ्नो आफ्नो देशमा फरक धारले बनेका उदाहरणहरू पाईएका छन् । भारतमा प्रधानमन्त्री जवाहरलाल नेहरू क्षेत्रीय आधारमा संघीय बनाउन चाहँदा चाहँदै पनि भाषिक तथा क्षेत्रको आधारमा संघीयतामा जान बाध्य भए ।

पहिलो रोजाई !! अमेरिका नै किन? पलायन हुनु कति जायज?

संसारको महाशक्ति अमेरिका, विश्वको नम्बर १ शक्तिशाली राष्ट्र l हाम्रो जनमानसमा यहि शब्द नै काफी छ l अमेरिकाको बारेमा संसारका सबै राष्ट्रका जनताले थोर बहुत रुपमा भए पनि जानेका बुझेका छन् l यो प्रसंग अमे

“म” (विश्व शान्ति,धर्म प्रेमवादी कविता)

म गौतम बुद्ध
भएर जन्मन चाहन्छु |
हिंसा,काटमारलाई पूर्णरुपले रोक्न,
संसारभर दिलोज्यान लागेर शान्तिमय बनाउछु |

म भगवान महादेव
भएर जन्मन चाहन्छु |
हिन्दु धर्मका नाममा हुने,
अनेकौ छल कपटलाई रोक्न चाहन्छु |

म जिसस क्राइस्ट
भएर जन्मन चाहन्छु |
क्रसमा चढेर ज्यान चढाउदै,
संसारभर सदभाव कायम गर्न चाहन्छु |

म पैगम्बर महम्मद
भएर जन्मन चाहन्छु |
शान्ति,समानताको लागि लडेर,
दीन दु:खीको सेवा गर्न चाहन्छु |

म प्रकृति पूजक
धर्तीमाता हुन चाहन्छु |
यस पृथिवीमा भएका सम्पूर्ण,
हर प्राणीहरुको संरक्षण गर्न चाहन्छु |

मे, २०१०

रुपकी रानी रुपा (मनोवाद यौन कथा)

विमलकुमार, यस्तै करिब ३५ वर्षको विवाहित पुरुष हो, ऊ काठमाडौँको एक प्रतिष्ठित कम्पनीमा जागिर खाइरहेको छ । उसको कम्पनीमा पनि ऊ निकै इमान्दार अनि मेहनेती अनि अलि गम्भीर स्वभावको मान्छे भनेर चिनिएको छ । सधैं अफिसमा कामको चपेटा अनि हाकिमको थोर बहुत गाली र अफिस कै साथीहरूले काममा डाहा गरेको देखेर ऊ निराश हुन्छ कहिलेकाहीं । एकतिर कामको टेन्सन त्यो माथिसँगै काम गर्ने साथीहरूले इर्श्याले गर्दा झन नराम्रो अनुभव गर्छ विमलकुमारले ।

“योद्दा”

म यस्तो योद्दा
निडर अनि साहसिलो
कसैसंग नझुक्ने बन्न जादैछु |

मेरो त्यो आर्तनाद
भूकम्पमय साहसले थर्किएर
ज्वालामुखी बिष्फोट हुन लाग्दैछ |

त्यो सिंहदरवारको सभा
कोठाको भित्ताहरु हल्लीएर
जगसम्म सबै चर्कदै गएकोछ |

मेरो त्यो भूकम्पमय
उद्घोष, हामी नेपाली
सबैको उद्घोष भएर उठ्दैछ |

हाम्रो कलमी लेखन
साथै वैचारिक हुंकारले
जनताहरुलाई सचेत गराउनु पर्छ |

हाम्रो मातृभूमि नेपाललाई
लेन्डुप दोर्जेहरुबाट जोगाउन
संगठित एकजुट हुनै पर्छ |

मे २०१०

“म बन्न चाहन्छु” (अराजकतावादी कविता)

म एडोल्फ हिटलर बन्न चाहन्छु
लाखौ यहुदीहरूको हत्या गर्न चाहन्छु
किन? भन्ने प्रश्न नै नगर्नु
अब, म हिँसाप्रेमी भएको छु !!

म जोसेफ स्टालिन बन्न चाहन्छु,
आफ्ना सहकर्मी साथी अनि
शत्रुहरूको पूर्ण नाश गर्न चाहन्छु
ताकी फेरि टाउको उठाएर विरोध गर्न नसकून् !!

शिक्षा, बेरोजगार र राजनीतिको सम्बन्ध (समसामयिक लेख)

“उदेश्य त के लिनु उडी छुनु चन्द्र लोक।” यो अभिव्यक्ति महाकवि लक्ष्मीप्रसाद देवकोटाले हामीलाई सुनाएर अनन्त स्वर्गलोकमा बसिरहेका छन् होला । यो प्रसंग मान्छेको अहिलेको आधुनिक जीवनसँगै मान्छेका इच्छा आकांक्षा असीमित भएर गुन्जिरहेको बेला समय सापेक्ष देखिन्छ। तर हामी मानव जुनीलाई गहिरिएर हेर्ने हो भने अलि फरक देखिन्छ । हामी यस्तो उदेश्य लिएर अगाडि बढिरहेका छौं कि हाम्रो भौतिक, मानसिक, शारीरिक स्वरूपलाई विचार नै नगरी आफ्नो निजी स्वार्थलाई मात्र सोचेर अगाडी बढी रहेका त छैनौ? कतै सफलताको नाममा आफैं खाऊ आफैं मात्र लगाऊ भन्ने भावनाले अल्झिएको त छैनौ? हामी आफ्नो राष्ट्रियता अनि देश बिग्रिदै गएको कुरा राजनेताहरूलाई मात्र दोष दिएर उम्किन खोजेको त होइनौ? हामीहरू भन्ने गर्छौ ” नेपाली सोझा सिधा जनताहरूलाई नेताहरूले यता-उता कुरा घुमाएर भेडो जस्तो अन्धो बनाएर सधै राज गरिरहेका छन्” यो कुरा अलि सोचनीय बिषय हो ” किन जनताहरू भेडो भए?”

“जलिरहेको मेरो देश”

मेरो प्यारो देश जलिरहेछ दन्दनी
दुख्छ मन सधै नै सम्झे नि
दमकल बोलाइदेउ न ए! हजुर
सबै मिली बचाऊ न राष्ट्रको गजुर !!

तिनको नकचरो पोइ (मनोवाद कथा)

सबिताको बिबाह भएको ८ महिना जति भएको छ, तिनको श्रीमान दिपक बैदेशिक रोजगारमा अरब दुबई सहरमा काम गर्छन । दिपक निकै मेहनेती अनि चलाक पनि छ, ऊ पहिलो छुट्टीमा आउदा सबितासँग मागी बिहे भएको हो । आमा बुवाले नै केटा हेरेर दिपकलाई छानेका थिए, आखिर दिपक पनि अग्लो ह्यान्डसम अनि आइ. कम. सम्म पढेको केटो थियो । सबिताको दिपकसँग बिहे भए पछि मुस्किलले ३५ दिन सम्म सँगै बसे होलान, के गर्नु दिपक दुबई सहर काममा फर्कनु नै थियो, आखिर घरको आर्थिक भार उसले नै थाम्नु थियो । घरमा ६५ बर्ष काटेको बुवा अनि सधै बिमारी भइरहने आमा बाहेक कोही थिएनन् ।

सबिता निकै खुशी थिइन दिपक देखि, ऊ निकै रोमान्टिक अनि हँसिलो थियो, बिहे भएको पहिलो दिन नै सविताको मन जित्न सफल थियो उसले । ती बिहे पछिका दिनहरू अनि दिपकसँग बिताएका सम्झनाहरू सविताको मनमा ताजै छ । दिपकसँग बिहे भए पनि पढाई जारी राख्नु भन्ने दिपकको सल्लाह अनि सोचले सबितालाई ज्यादै प्रभाब परेको छ । त्यसैले अझ पनि सासू ससुरालाई स्याहार्दै पनि सबिता बि.कम. पढिरहेकी छे, घरमा कुनै अप्ठयारो छैन, सासू ससुरा पनि बुहारी सबितालाई आफ्नो छोरी झैँ माया गर्छन ।