Skip to content

dss

शरदसँगै आयो दशैं,

शरदसँगै आयो दशैं, आउँदिन म आमा !
दुर्गा सप्तसती पनि, गाउँदिन म आमा !!

रंग्याउँदै होलान् घर, गाउँमा वारिपारि !
चुहिने छानो यस वर्ष, छाउँदिन म आमा !!

बाटो हेर्दै आउने आशमा, नबसेकै जाति !
पोहोरजस्तो अहिले बिदा, पाउँदिन म आमा !!

दोबाटोमा लिंगे पिङ, हाल्न खोज्दै होलान !
साथीसँगै बाँस काट्न, धाउँदिन म आमा !!

परदेशीलाई केको दशैं, सधैं दुःख उस्तै !
दशमीमा टीका पनि, लाउँदिन म आमा !!
Dev bdr.ghising

फेरी त्यो दिन. by Dev…

  • by

फेरी त्यो दिन, फेरी त्यो रात … 2
भुल्न खोज्छु समय एक साथ
बाचा झुठो दियोउ मलाई
फेरी पनि आइ रहन्छ सम्झना तिम्रै
एक्लो छु म, तिमी बिन
तै पनि सतौंछ सधैं

फेरी त्यो दिन, फेरी त्यो रात … 2
भुल्न खोज्छु समय एक साथ
बाचा झुठो दियोउ मलाई
फेरी पनि आयि रहन्छ सम्झना तिम्रै
एक्लो छु म, तिमी बिन
तै पनि सतौंछ सधैं

आँखा खोली रहुँ, या आँखा चिम्ली रहुँ
सम्झना उस्तै छ गहिरो
मर्न खोजी हेरुँ, या जिउन खोजी हेरुँ
बिर्सन तिमीलाई सकिन
बद्लीयो दिन, बद्लीयो रात … 2

आउँदैन मन कसैको साथ
बाचा झुठो दियोउ मलाई
फेरी पनि एयी रहन्छ सम्झना तिम्रै
एक्लो छु म, तिमी बिन
तै पनि सतौंछ सधैं

सायद आयो भेल

  • by

किन रोए म आज
तिमीलाई सम्झेर
सायद आयो भेल भनी
घाउ बल्झेर
धेरै माया गर्थ्यौ तिमी मलाई
छाडी गयौ मायाको बली चढाइ
धेरै माया गर्थ्यौ तिमी मलाई
छाडि गयौ मायाको बली चढाई

मत तिम्रै होनी….

  • by

मुटु भित्र मलाई राखी दिए हुन्थ्योनी
मलाई पनि माया गरी दिए हुन्थ्योनी
मत तिम्रै होनी होनी तिमीले होइन भनेनी
मत तिम्रै होनी होनी तिमीले होइन भनेनी

आँखा भित्र मलाई छोपी दीए हुन्थ्योनी
न्यानो अंगालो मा बधिदीए हुन्थ्योनी
मत तिम्रै होनी होनी रुवाइ तिमी गयनी
मत तिम्रै होनी होनी रुवाइ तिमी गयनी

मुटु भित्र मलाई राखी दीए हुन्थ्योनी
मलाई पनि माया गरी दीए हुन्थ्योनी
आँखा भित्र मलाई छोपी दीए हुन्थ्योनी
नन्यो अंगालो मा बधिदीए हुन्थ्योनी

मत तिम्रै होनी होनी रुवाइ तिमी गयनी
मत तिम्रै होनी होनी रुवाइ तिमी गयनी
मत तिम्रै होनी होनि तिमीले होइन भनेनी ।।।

देव बहादुर घिसिङ्(लामा)

मुग्लान बिसी ब्राजी

  • by

मुग्लान मुग्लान बिसी ब्राजी
नम्सा सुन्ने तजिरो
जम्मन ब्रजी नम्स ख्लासी
हे बिब म्ही आतनिरो।।

तिग तिग मुल्तला म्हाँसी
हजी जम्मन नम्स ख्लासी
ज्यब तब ङ्रेसी ङ्रेसी
कोही कोही क्रासी ।।

जे जस्तोन तसै
चिदोबजिम दु:ख नासी
ओन्छ्यान बिब म्ही आरे
फाईदा आत चुरी क्रासी।।

सुख दु:ख जोरन्बन जिम
ब्राइ सोदे ङ्रेसी ङ्रेसी
सि सि तिग बोर्लरो
जे जस्तो मुसै सेसी।।।।

देव ब घिसिङ्(लामा)
पुरनो झङाझोली (८) सिन्धुली
हाल _कतर सनैय (३८)

इट्स बेटर टु फर्गेट यु

म अन्योलमा छु। तिम्रो मायारूपी सागरमा यति डुबेँ कि कति गहिराइसम्म डुब्न उपयुक्त छ भन्ने कुरामा मैले होस नै गुमाएछु।

मोटरबाइक र गाडी सुन्दर युवतीजस्तै हुन् by dev

  • by

नेपालमा सवारी साधनका बारेमा सामान्य ज्ञान राख्ने व्यक्ति पनि थोरै छन्। विशिष्ट जानकारी राख्नेहरू त छैनन् भन्दा पनि हुन्छ। यो भीडमा अटोमोबाइलका सम्बन्धमा चौबीसै घन्टा गफिन सक्ने आशिष प्रसाईंको प्रतिभा अचम्मकै छ। नेपालमा कस्ता सवारी साधन चल्छन्, तिनीहरूको विशेषता के छ, संसारका महँगा गाडी र तिनका विशेषतादेखि लिएर कुन व्यक्तिले कस्तो सवारी चलाइरहेको छ, आशिषलाई लगभग कण्ठस्थ छ। कान्तिपुर टेलिभिजनमा दुई वर्ष ‘लाइसेन्स टु ड्राइभ’ कार्यक्रम चलाएका आशिष नेपालमा सवारी साधनको सर्वेक्षण गर्ने, महँगा मोटरसाइकलको प्रचार एवं नेपाली समाज र सवारी साधनबीचको सम्बन्धको विश्लेषण गर्न रुचाउँछन्। जापानको आईएसएस कलेजम

बिदेशको बेथा by Dev…

  • by

गाउ घरमा कुटो कोदालो गर्द गर्दै चट्ट छोडि
आए म मरुभुमी बा-आमाको बाचा तोडी
आखिर के नै पाइयोर बलुवा र तातो घामा
बेल्चा गैची चलाऊनु पर्दो रहेछ यहाँको कामा।।

भन्थे सबले बिदेश एस्तो र उस्तो
अहिले बल्ला थाहा पाए बिदेश भन्ने एस्तो
लाखौं सपना मन मा बोकी आए सात समुन्द्र तरी
लाग्य रिन्नी चुक्त गर्न सकिएन केही गरी।।

सम्जी ल्याउद मन रुन्छ बेथ बुझ्ने छैन कोही
आसु कत्ती बगाउनु गाउघर्को यादमा रोइ
ढु:खा तेस्ताइ गर्मित थम्नै नसकिने झन
दाक्को छोडि रुन्छु सधैं सम्हाल्नै गाह्रो मन।।

देव बहादुर घिसिङ्(लामा)
पुरनो झङाझोली (८) सिन्धुली
हाल्_ Qatar..

तिमी मेरै हुनु पर्छ भन्ने पनि छैन मलाई

तिमी मेरै हुनु पर्छ भन्ने पनि छैन मलाई
तिम्लाई सुख मिल्छ भने बाँचिदिन्छु मुटु जलाई

तिम्लाई सुखा थोरै भए मेरै भागको थपिदिऊँला
हतार होला हाँस्न तिम्लाई यो आँसु म नै रूँला

जद्याह र tea man ……… by..देव

  • by

एउटा जद्यह एक बिहानै चिया पसल्मा आएछ अनी चिया खै रहेको मान्छेलाई भनेछ,,
जड्यह_ओहो भाई तिम्लेत दिन थालेछत बिहान् बिहानै चिया?
चिया खै रहेको man- ल दाई पनि बिहानै चिया नखाएर के खानुत?
जड्यह_होट चिया पनि खानेहो सियपो खानु पर्छ। ई यस्तो रिल्यक्स हुन्छ।
चिया खै रहेको man- दाइ पनि एका बिहानै सिया खानु हुन्छ?
जड्यह_ जबो तिमी जस्ता बच्चालाई के थाहा। थाहाछ योही सियले हिजो मेरो घरमा के के भयो?
चिया खैरहेको मन्_के भोट दाई???
जड्यह_ ल सुन हिजो रत्ती मो टन्न सिय खाएर गको मेरो घरमा पुग्दत एउटा धदे बघ रहेछ। उस्ले मोलाई घुरेर हेर्यो मोइले पनि घुरेर हेर

चु ग्यालम हनन्निला

  • by

केटा : चु ग्यालम हनन्निला
केटी : नल सेम्जोल तिन्री निल
केटा : थे तीन न्हंरी तिग मुला
केटी : ए देन नल मायाल ह्युल्मुला

केटी : ब्रन ब्रनन ब्लाप्प
केटा : हल नैमायाल नम्नोन सोला
केटी : खान क्रेबरी आहाँसम
केटा : यानिसे तेन्बोन सोला

तमाङ ह्वाई (म्ही ल्हुई)

  • by

आमल कोखरी हमकुनु जम्बुलिंरी केगजिम
म्ही ल्हुइ प्रन्बोन मुसैनोन म्ही हुइ ग्ले,फुक्पोन मुसैनोन
तिरेम सिनोन सिदोल लिगन्डितसि निदोल।

जज कोल लैनु मुसैनोन अब आमा नन आन मुसैनोन
ज्योज्यो अले नेङोर ख्लसिमाम निदोल संसार ख्यसिमाम
पापिन मुसम ग्यम थोर्ल धर्मन लसम तोर थोन्न।।

सङेद मोने छदोल सिदोब म्ही ल्हुइ सिडोल
सक्सेन ख्लगे पप ल गे लैलोम ह्यन्से धर्मल गे
गोन्बोरी म्हर्म्हेन म्रदोजी म्ही ल्हुइ थर्न लदोजी।।।

म्ही ल्हुइ छोम्बो मुब बेलारी पप देन धर्मल बिसिमम
छोर्देन गोन्बो सेन्थङे तग्लिन म्हाने सेन्थङे
मोने म्हेन्दो फुल्दोजी सक्सेन मोइगो लदोजी।।।।

गीत : बाचा-कसम एउटासंग !by Dev..

  • by

बाचा-कसम एउटासंग, मुटु अन्तै सांट्यौ,
वल्लो घाट न पल्लो तिरको, बनाई डाँडा काट्यौ !

भेटे जति मठ-मन्दिर, भाक्यौ देबी-देउता,
ओठे कसम मेरो सामु, मन-मन्दिरमा एउटा !
आफु सोझो केहि बुझिन, कुटिनिको चाल,
बहुरुपी रहिछ्यौ तिमी, बिछ्यायौ नि जाल !!

तिम्रो खुशी भन्दा ठूलो, केहि सोचिन अरु,
चोखो-माया खेल सम्झ्यौ, उल्टै तिमीले बरु !
तिमीले दे’का चोटहरुले, दिन्छन् तिम्रै झल्को,
सम्झि रम्छु अतितका ति, माया दुईपलको !
देव बहादुर घिसिङ्(लामा)
Qatar……….

तिमी रुन्छौ किन

  • by

तिमी रुन्छौ किन पागल हुन्छौ किन
माया मार्यौ निष्ठुरी मलाइ भन्छौ किन

न त माया गरें न त माया साँचें
न त बाचा गरें न त बाचा भाँचें

दोष दिन्छौ किन दु:खी बन्छौ किन
माया मार्यौ निष्ठुरी मलाइ भन्छौ किन

न त बिर्सी हाँसें न त सम्झी रोएँ
रुप राम्रो भन्दै न त कतै छोएँ

खोट दिन्छौ किन खोटी बन्छौ किन
माया मार्यौ निष्ठुरी मलाइ भन्छौ किन

देव लामा Qatar…

प्रेमले दिन्छ जिउने इच्छा…..

  • by

प्रेमले खुसी मात्र हैन, लामो उमेरसमेत दिन्छ । अनुसन्धानपछि यस्तो देखिएको छ कि मायामा धेरै शक्ति हुन्छ । मायाले मानिसभित्र रोगसँग जुध्ने शक्ति उत्पादन गरिदिन्छ । जब कुनै रोगीलाई कसैबाट मायाको अनुभूति हुन्छ भने उसको शरीरमा यस प्रकारको रसायनिक परिवर्तन हुन्छ, जसले गर्दा रोगसँग लड्ने क्षमता वृद्घ िहुन जान्छ ।

मलाई कालो चश्मा मनपर्छ

  • by

बिषै-बिषले भरिएको
पापै-पापले ढाकिएको
यो संसार कस्तो रहेछ
मलाई कालो चश्मा मनपर्छ

आजभोलि गर्मी छ
घाम चर्को छ
सक्तिन म हेर्न
नाङ्गो आँखाले
मलाई कालो चश्मा मनपर्छ