शैक्षिक समीक्षा
नेपालमा नर्सिङ पेशा र विदेश पलायन
नेपालमा कुनै समय थियो छोरी नर्सको अध्ययनको बाटोमा जाँदा परिवारले सामाजिक हेयको सिकार बन्नुपथ्यो । त्यसैले केही वर्षअघिसम्म भन्ने गथ्यो- ”छोरी बिग्रे नर्स अनि छोरा बिग्रे कमर्स पढ्छन्” ।
तर त्यही समाज अहिले नर्समा सामाजिक प्रतिष्ठा देख्छ । अहिले प्रायः अभिभावकको चाहना केहि गरेर भएपनि छोरीलाई नर्स बनाउने हुन्छ । आकर्षक रोजगारीको अवसर एवं मर्यादित सेवामूलक कामका रुपमा नर्स पेसालाई नजिकबाट बुझ्न थालेपछि समाजको नर्सप्रति हेर्ने दृष्टिकोण पनि फेरिएको छ । अन्य विषयहरुको दाँजोमा नर्सिङ पढेपछि स्वदेश तथा विदेशमा रोजगारी पाउन सहज हुने र आकर्षक तलबले गर्दा यसतर्फ धेरै छोरीहरुको आकर्षक बढेको छ ।
वर्तमान शैक्षिक परिपाटीको शल्यक्रिया
अर्काले थोपरेको सिद्धान्त वा उपदेशलाई अन्धो भएर खुरुखुरु अनुकरण गर्दा विडम्बनापूर्ण परिस्थिति भोग्नुपर्छ । हरेक कुरामा आफ्नै दृष्टिकोण व्यक्त गर्न खोज्ने सिर्जनात्मक प्रतिभाको कदर हुनुपर्छ । बाहिरको सूचना र जानकारी लिएर र सिकेर मान्छे बुद्धिजीवि त कहिएला तर बुद्धिमान् भने हुँदैन । अभिभावक र शिक्षकवर्गले भनेका कुरा नै सिक्नु र घोक्नु पर्याप्त छ भनेर बच्चाको मौलिक क्षमतालाई मार्ने काम हामी बौद्धिकवर्गले नै गर्ने हो भने कस्तो समाजको कल्पना गर्न खोजिएको हो ? त्यो स्पष्ट हुनुपर्यो । तालिम प्राप्त सुगाले जे सिक्यो त्यही भट्याइरहन्छ ।
साक्षरता शिक्षाका आधारभूत पक्षहरू
परिचय
साक्षरता शिक्षा भन्ना साथ निरक्षरबाट मुक्त बनाई साक्षर तुल्याउनका लागि दिइने शिक्षा भन्ने बुझिन्छ । विद्यालयीय शिक्षा प्रणालीमा एकल समय–सीमा, कठोर प्रकृतिको पाठ्यक्रम र तोकिएको पाठ्यपुस्तक हुन्छ । साथै, कक्षा उक्लन निर्णयात्मक मूल्याङ्कन गरी उत्तीर्ण भएमा उपाधि समेत दिइन्छ । तर, साक्षरता शिक्षा प्रणाली अनौपचारिक प्रकृतिको हुन्छ । यसमा सिकारुहरू आफ्नै सिकाइ गतिमा सिक्ने र विशेष सिकाइको चरणमा प्रवेश गर्न उन्मुख हुन्छन् ।
शिक्षा क्षेत्रमा मण्टेश्वरी शिक्षण पद्धति
माया न्यायमा बस्नेहरुले पाउँछन् तर प्रशासन मायाले चल्दैन । जब माया, मोह र जालझेलमा प्रशासन चल्छ तब जनताका आँखाभरि आँसु देख्नुपर्छ अनि प्रगतिको ढोका बन्द नै देखापर्छ । नियमको प्रशासन विनाको काम मियो विनाको दाइँझैं हुन्छ । यस सत्यलाई कसैले भुल्न सक्दैन । मायाको प्रशासनले हामीलाई गरिब तुल्याएको छ । तर प्रशाासन नचले पनि शैक्षिक क्षेत्र भने मायाले नै चल्छ किनकि त्यहाँ संसार नै नदेखेका र नचिनेका सानासाना नानीहरु भेला हुन्छन् । शिक्षा दिनेलिने परिपाटीले नै हामी दरिद्र हुन पुगेका छौँ ।
शैक्षिक समृद्धिमा आजका शिक्षक विद्यार्थी र अभिभावकको भूमिका
हे बालाजन हो पढो घरिघरी विद्या छ अमृत सरी ।
अर्काको घरमा नजाऊ वरिपरि पढ मिहिनत गरी ॥
पढेको चिज डाकुले घर फोरी लादैन चोरी गरी ।
नपढ्दा हिन भो छोरो यदि भने के गर्नु र माया गरी ॥
हामी एक्काइसौँ शताब्दीका होनाहार प्राणी हौँ । सोचेजस्तो उपलब्धी ल्यायौँ तर हुनुपर्ने स्वभाव बिर्सियौँ । सुखका अभिलाषी छौँ तर दुःखका भागिदार बन्दैनौँ । समय छिप्पिएअनुसार शिक्षामा गुणात्मक स्तर अभिवृद्धि हुनुपर्ने हो । त्यसो नभएर परिमाणात्मक बृद्धि मात्र भएको पाइन्छ । तसर्थ शैक्षिक वेरोजगारी बढेको छ । शिक्षित वर्ग आत्मनिर्भर हुन सकेका छैनन् । शिक्षा मागी खाने साधन मात्र भएको देखिन्छ । पढेका जनशक्ति मानसिक श्रम गर्न तत्पर छन् तर शारीरिक श्रम गर्न पटक्कै रुचाउँदैनन् । शिक्षाले सिकारुलाई जीवनवोध गराउन सकेको छैन । शिक्षाले जीवनको बोझ हलुको पार्नुपर्ने हो । तर उल्टै गहैं्रा पारेको महसुस भएको छ किनकि शिक्षित मानसिक शारीरिक श्रमले जिउने आकांक्षा राख्न सक्दैनन् । शिक्षा क्षेत्रको यस खाले अराजकताको निदानको लागि शिक्षाशास्त्रीहरूको सही दृष्टिकोण र शिक्षा प्रणली समेत सही हुनुपर्छ ।
- « Previous
- 1
- 2
- 3
