असङ्गत शैक्षिक विकृतिहरू
‘सानालाई ऐन, ठूलालाई चैन’—भुक्तभोगीहरूले उखान त्यत्तिकै बनाएका होइनन् । शक्तिशाली र पहुँचवालाहरूले जे गर्दा पनि हुने, निर्धा र दुर्बलहरूले केही गर्दा पनि नहुने । सम्भव र अपेक्षित कार्यहरू केही नहुने,असम्भव र अनपेक्षित कार्यहरू भटाभट हुने । ऐन,कानून,विधान,विधि र प्रकृयाहरू हातीका देखाउने दाँत मात्र भएको कोक्याइलो र निरीह अवस्था । न्याय र समानताका कुराहरू पुस्तकभित्रका अक्षरहरूमा मात्र सीमित ।

आजको समयमा भौतिक विज्ञानको विकास चरमोत्कर्षमा पुगेको छ । विज्ञान, प्रविधि एवं सूचना संचारका साथै सूचना सञ्जालको माध्यमले विश्व एक गाउँ (Global Village) बन्न पुगेको छ । तर संसारको परिस्थितिलाई हेर्ने हो भने विशेष महान् व्यक्तित्वभन्दा बाहेक हरेकमा मूल्यको गिरावट (Degradation of Values) हुँदै गइरहेको छ । इतिहासको पानालाई पल्टाएर हेर्ने हो भने प्राचीन कालमा गुरुकूल प्रणाली थियो, विद्यार्थीहरू गुरुको साथमा जान्थे । गुरुको सानिध्यमा कर्म कुशलता, जीवन पद्धति, नैतिकता सदाकाल धारणाको रूपमा सिक्दथे । शिक्षाको समाप्तिपछि सर्टिफिकेट दिने आवश्यकता थिएन तर गुरुले स्वय म समान नै विद्यार्थीलाई सुयोग्य बनाएर पठाउँदथे । गुरुको नामबाटै शिष्यको पहिचान हुन्थ्यो जस्तैः द्रोणचार्यको शिष्य अर्जुन, चाणक्यको चन्द्रगुप्त, परशुरामको कर्ण, परमहंशको विवेकानन्द आदि ।
म आफ्ना दुई छोरीका साथमा ठिक समयमा सरकारी विद्यालय परिसरमा प्रवेश गर्छु । आफ्नो हाजिरी बनाउँछु । खेलिरहेका विद्यार्थीसामु पुगी अभिवादन साटासाट गर्छु । अनि कार्यालय सहयोगीले घण्टी बजाई दिएको सङ्केतअनुसार दैनिक शिक्षणीय कर्ममा जुट्छु । सर्वप्रथम कक्षाकोठामा विद्यार्थीहरूलाई पल्टाउँछु । उनीहरूका तत्कालीन मनोविज्ञानका एकएक पत्र पढ्ने कोशिस गर्छु । तीमध्ये कतिपय पारिवारिक झमेलामा अल्झिरहेको पाउँछु । कतिपय सही सल्लाह र सुझावको अभावमा बेहोसी जीवनशैली अपनाई गरिरहेका भेट्छु । तिनीहरूलाई उचित मार्गनिर्देशन दिँदै अध्ययनमननमा उत्साहित गर्छु ।
म कक्षा–६मा अध्ययनरत् छात्रा हुँ । मैले सम्पूर्ण संसार देखेकी पनि छैन । भोग्नु त परै जाओस्, त्यत्ति सुनेकी पनि छैन । संस्थागत विद्यालयभन्दा बाहिरको कुरा उत्ति साह्रो बुझेकी पनि थिइनँ किनभने मैले निजी विद्यालयबाट नै शिक्षा आर्जन प्रारम्भ गरेँ ।। मैले ए, बी, सी डी….बाट पढ्न सिकेँ । धेरै पछि मात्र क, ख, ग, घ पढ्न जानेँ । मसँग किताबबाट आर्जन गरेका थुप्रै अनुभव छन् तर आफैंले अनुभूत गरेका कुराहरू भने ज्यादै थोरै छन् । सानैदेखि कम्प्युटर चलाउन सिक्न पाइयो । शैक्षिक वातावरण भएको परिवारमा रहेर किताबी ज्ञान लिन पाइयो ।
हाम्रा विद्यार्थीहरू स्कूल जान्छन् । कक्षाकार्य बनाउँछन् । गृहकार्य ल्याउँछन् । स्कूलमा गरेकै कार्य घरमा पनि दोहर्याउँछन् । शिक्षकशिक्षिकाले गर्न लगाएअनुसार खुरुखुरु काम गर्नु उनीहरूको कर्तव्य हुन जान्छ । खाली दिमाखवाला त्यस्ता विद्यार्थी जे सुन्छन्, जे देख्छन्, जे भोग्छन्, त्यस्ता कुराहरू दुरुस्त टिप्छन् । एकएक विवरण सुरक्षित राख्छन् र मौकामा प्रयोगमा ल्याउँछन् । सिकाइएका कुराभन्दा बाहिरको परिस्थिति आइपरेमा अलमलमा पर्छन् । उनीहरूमा निर्णयविहीन भई अलमलाउनुको विकल्प पनि हुन्न । आजको शिक्षाले त्यही विकल्प प्रदान गर्न सक्नुपर्छ ।
श्रीमान् शिक्षाविद्ज्यू,
(क) आरम्भ