Skip to content

Anubhav

गयो कोही…!

मलाई वल्लो किनार छोडी, पारी गयो कोही
पराई ठानी मलाई माया, मारी गयो कोही

मेरो मनको बगैचामा असिना झैं बर्सिएर
फूल सबै कोपिलामै झारी गयो कोही

“तिमीलाई…”

भान्छाघर पस्दा भात पाक्ने बेला छड्किदा सम्झिए
तातेको तेलमा मेथीं र ज्वाँनो पड्किदा सम्झिएँ

रहेनछ आलु रहेनछ प्याज पकाउने के आज
भनेर सोच्दै सबैको अभाब खड्किंदा सम्झिएँ

गजल

नौमतिको मिठो धुनमा लगनगाठो जोड्दाखेरी
भन रुन्छ्यौ रुदिनौ? माईतघर छोडदाखेरी

सँगै बस्दा जगियामा माईती सँग लजाएर
चन्द्रमुखी मुहारमा रातो घुम्टो ओढ्दाखेरी

“रानीबनमा…”-प्रणयपरक गजल

गुम्बाबाट जब हामी झरियो रानीबनमा
फेवाताल नजिकै को हरियो रानीबनमा

सुनसान बातावरण कोईलीको स्वर सङ्गै
एक अर्काको आलिङ्गनमा परीयो रानीबनमा

“फेरी किन?”

रोकिएका मेरा आँसु झार्न किन आउनुभयो?
बाँच्ने कोशीस गर्दै थिए मार्न किन आउनुभयो?

फुल्को जोवन हजुरको भमराको खिचातानी
पुन: एक पटक झारा टार्न किन आउनुभयो?

“उनीसँग…”

सराङ्कोटको डाँडा सङ्गै चढ्दै गर्दा मजा भयो
हात समाई उन्को नजिक बढ्दै गर्दा मजा भयो।

उकालीको यात्रा सङ्गै साथीहरु छिन्न भिन्न
सङ्गै हामी दुईको दुरी घट्दै गर्दा मजा भयो।

गजल

पुर्णिमा हो भन्छौ तिमी जुन कहाँ छ?
लथालिंग चारैतिर, खै कुन कहाँ छ?

हाहाकार चारैतिर, लालाबाला भोकाप्यासा
खोले सँग मिसाउने नुन कहाँ छ?

तिम्रा लागि…!

तिम्रा लागि मर्ने अनी मार्नेको भिड देखेँ
कुरैकुराले मात्र तारा झार्नेको भिड देखेँ

तिमीसङ्गै पौडिनलाई, जवानीको सागरमा
समाएर तिम्रो हात, तार्नेको भिड देखेँ

जिन्दगी

जिन्दगी एउटा फूल हो झरीजान्छ एकपटक
नियम हो यो प्रकृतिको मरीजान्छ एकपटक

बच्चा देखि वृद्ध सम्म हुन्छन् यहाँ चक्र अनेक
कहिले खुशी कहिले पिडा यात्राहरुको बक्र अनेक
अनिच्छा मै जीवनसागर तरीजान्छ एकपटक
नियम हो यो प्रकृतिको मरीजान्छ एकपटक

गजल

मलाई जस्तै तिमीलाई पनि हुन्छ र? साँझपख
यो माया सम्झी त्यो मन तिम्रो रुन्छ र? साँझपख

मायाको चिनो त्यो जाली रुमाल हेरेर एकैनाश
कोमलु हातले श्बदको जाल बुन्छ र? साँझपख

गजल

सम्झिएर बितेका छन सयौ सयौ राती मेरो
शुन्य भयो आज तिमी निदाउने छाती मेरो

जिन्दगीको गोरेटोमा सधैं मेरो छाया बन्ने
छोडिगयौ धेरै टाढा किन आज साथी मेरो

आयौ किन…?

पवित्र छु भनी फेरी जनाउन आयौ किन?
समाजमा डुङ्डुङ्ती गनाउन आयौ किन?

बाबुआमा सबका सपना ठुन्का पार्दा पुगेन र!
ईज्जतको सुकेलुतो कनाउन आयौ किन?

“बिबशता”

बैसाखिको साहारामा एक खुट्टाले नाँच्न गार्ह्रो।
फर्कि आउछु स्वदेश “सानु” परदेशमा बाँच्न गार्ह्रो।।

मरुभुमिको हुरी सङ्गै माया उडी जाने डर
वालुवामा थुँङ्गा थुँङ्गा प्रितीको फूल साँच्न गार्ह्रो।।

देउरालीको मन्दिरमा सात फन्का घुमिघुमी
खाएका ति बाचाकसम कोपिला मैं भाँच्न गार्ह्रो।।

त्यो पल…!

उनी र म छुट्दा पानी पर्ने बेला भा’थ्यो
एउटा फुल जवानीमा झर्ने बेला भा’थ्यो

हेर्दा हेर्दै ढकमक्क अध्याँरोको पछेउरीमा
दैबले नि एउटा जीवन हर्ने बेला भा’थ्यो