बैसाखिको साहारामा एक खुट्टाले नाँच्न गार्ह्रो।
फर्कि आउछु स्वदेश “सानु” परदेशमा बाँच्न गार्ह्रो।।
मरुभुमिको हुरी सङ्गै माया उडी जाने डर
वालुवामा थुँङ्गा थुँङ्गा प्रितीको फूल साँच्न गार्ह्रो।।
देउरालीको मन्दिरमा सात फन्का घुमिघुमी
खाएका ति बाचाकसम कोपिला मैं भाँच्न गार्ह्रो।।
नाआउनु थ्यो आईहाले “सि” दुइचार बर्ष बस्नुपर्ला
सोच्दै गर्दा तराजुमा पैसा र प्रेम दाँज्न गार्ह्रो।।
गाउघरको सितल बतास, घुम्तिको त्यो चिसोपानी
रोग ला’छ देशप्रेमको “डलर” ले जाँच्न गार्ह्रो।।
बैसाखिको साहारामा एक खुट्टाले नाँच्न गार्ह्रो।
फर्कि आउछु स्वदेश “सानु” परदेशमा बाँच्न गार्ह्रो।।

बैसाखिको साहारामा एक खुट्टाले
बैसाखिको साहारामा एक खुट्टाले नाँच्न गार्ह्रो।
फर्कि आउछु स्वदेश “सानु” परदेशमा बाँच्न गार्ह्रो।।
वाह वाह!!
मझेरीमा ग़ज़लको बहार जम्न थाल्यो
मिठो ग़ज़ल !!
कृष्ण जि धेरै धेरै धन्यवाद !
कृष्ण जि धेरै धेरै धन्यवाद ! मेरो गजललाई बाहरको रुप दिनुभएको मा……मेरो प्रयास पनि हुनेछ कि म गजलको बसन्त ल्याउन सकुँ तर तपाईंहरुको साथ बिना त्यो सधैं अधुरो रहने छ सधैं त्यो साथको आश गर्छु -अनुभव
अनुभव जी , सुन्दर लागे शेरहरु
अनुभव जी , सुन्दर लागे शेरहरु मतला त झन
बैसाखिको साहारामा एक खुट्टाले नाँच्न गार्ह्रो।
फर्कि आउछु स्वदेश “सानु” परदेशमा बाँच्न गार्ह्रो।।
आहा !
दिनेश जि, बस! तपाईंहरुलाई
दिनेश जि, बस! तपाईंहरुलाई पछयाउने कोशीस गर्दैछु, र मझेरिमा मनको अनुभव राख्न पाउदा ज्यादै हर्शित छु
जहाँ तपाईंहरुका गजलहरुको सुनामी छ – अनुभव