Skip to content

“फेरी किन?”


रोकिएका मेरा आँसु झार्न किन आउनुभयो?
बाँच्ने कोशीस गर्दै थिए मार्न किन आउनुभयो?

फुल्को जोवन हजुरको भमराको खिचातानी
पुन: एक पटक झारा टार्न किन आउनुभयो?

जि जि हजुर भनी भनी वसन्तको ओईरो लाए
आज फेरी भुमरिमा पार्न किन आउनुभयो?

सपनाको मेरो घरबार रजिनामै दिई अन्त्यै
आँगनिमा तुल्सिको बोट सार्न किन आउनुभयो?

माया प्रेमको सिढीं बनाई सफलताको सिखर चुम्न
जानु भा’थ्यो जित्छु भनी हार्न किन आउनुभयो?

रोकिएका मेरा आँसु झार्न किन आउनुभयो?
बाँच्ने कोशीस गर्दै थिए मार्न किन आउनुभयो?

www.myanubhav.wordpress.com

6 thoughts on ““फेरी किन?””

  1. गजल अत्यन्तै राम्रो लाग्यो ।
    गजल अत्यन्तै राम्रो लाग्यो । निरन्तरताको लागि यहाँलाई शुभकामना !!

    निर्मला थापा,

  2. अनुभव जी ,
    सपनाको मेरो घरबार

    अनुभव जी ,
    सपनाको मेरो घरबार रजिनामै दिई अन्त्यै
    आँगनिमा तुल्सिको बोट सार्न किन आउनुभयो?

    राम्रो लाग्यो ।

  3. नेपोलियन जि , निर्मलाजी अनी
    नेपोलियन जि , निर्मलाजी अनी दिनेश जि प्रतिकृयाको लागि आभार प्रकट गर्न चाहन्छु, मैले जे जीवनमा अनुभव गरे त्यही प्रस्तुत गरे तपाईंहरुले मनपराईदिनुभयो खुशी लाग्यो!,साथै तपाईंहरुको साथको सधैं अपेक्षा राख्दछु-अनुभब

  4. माया प्रेमको सिढीं बनाई
    माया प्रेमको सिढीं बनाई सफलताको सिखर चुम्न
    जानु भा’थ्यो जित्छु भनी हार्न किन आउनुभयो?
    ramro chha tapaika sherharu
    sunil sangam

Leave a Reply

Your email address will not be published. Required fields are marked *