Skip to content

त्यो पल…!


उनी र म छुट्दा पानी पर्ने बेला भा’थ्यो
एउटा फुल जवानीमा झर्ने बेला भा’थ्यो

हेर्दा हेर्दै ढकमक्क अध्याँरोको पछेउरीमा
दैबले नि एउटा जीवन हर्ने बेला भा’थ्यो

चट्याङ चुट्युङ गर्झो आकाश कालो बादलसगै
उनलाई खुशी मलाई पिडा सर्ने बेला भा’थ्यो

प्रकृतिको नियम तोडी दिनरातको भाग बन्डा
घाम ,जुन उनको भागमा भर्ने बेला भा’थ्यो

धर्ती फाट्यो गगन रोयो रोईनन् नि उनी
त्यही बेला मलाई बुर्की छर्ने बेला भा’थ्यो

उनी र म छुट्दा पानी पर्ने बेला भा’थ्यो
एउटा फुल जवानीमा झर्ने बेला भा’थ्यो

3 thoughts on “त्यो पल…!”

  1. एकदम भावनात्मक छ। अलि
    एकदम भावनात्मक छ। अलि निरासावादी भो! आशावादी गजल लेख्नुभो भने तपाईं यत्तिको शशक्त मान्छे, धेरै आशा गर्न सकिन्छ।

    अनि ‘फुल’ र ‘फूल’ फरक हुन्। प्रयोग गर्दा ध्यान दिनुहोला। नत्र अर्थको अनर्थ लाग्ला। 🙂

    1. धन्यवाद सर्! तपाईंको कमेन्टको
      धन्यवाद सर्! तपाईंको कमेन्टको सधैं आशा गर्नेछु र भबिष्यमा यस्ता गल्ती नदोहर्‍याउने प्रयास गर्ने छु-अनुभव

  2. छचल्किन्छन्… पोखिन्छन्……
    तप्प

    छचल्किन्छन्… पोखिन्छन्……
    तप्प तप्प चुहिनै रहेको छ
    अविरल आँशुका थोपाहरू…।
    तिमी भने
    मेरो जीवनको संघारमा
    मेरो स्वागतको निम्ति हातमा
    एक अाजुली मुस्कान सहित
    प्रेम पत्र लिएर उभिरहेकी छौ ॥

    तिमीलाई म के भनु?
    मायालु प्रेयसी अर्धागिनी
    भो पर लैजाऊ तिम्रा प्रस्तावहरू
    किन भने यहाँ
    ह्दयहरू छिया-छिया भएको बेला
    आफ्नैले छातिमा छुरा घोपेको बेला ॥

    सलल…। कल कल… छङ्छङ् गर्दै
    बगीरहेका छन् दिखुवा र साप्सुसँगै
    जीवनका अनेकौं भङ्गालोहरू
    तिमी भने
    मेरो जीवनको किनारमा
    माझी बनेर डुंगा
    सहित
    नाउ खियाउँदै वारीपारी गर्छौ
    मलाई आऊ खोला तार्छु भन्र्छौ ।
    तिमीलाई के भनी सम्बोधन गरुँ
    सहयोगी सहयात्री या ह्दयवती
    भो चाहिन्दैन तिम्रा सहानुभूतिहरू
    किन भने यहाँ
    जीवनहरू ध्वजा-ध्वजा भई फाटेको बेला
    आफ्नै गन्तव्यहरू छताछुल्ल भएको बेला ॥

    सुनसान चुक झैं अध्यारो रात
    बैरीहरूले परेट खेलिरहेको छ ।
    मेरो देश र धर्तिको छातीहरू
    तिमी भने
    मेरो झुपडिको बिछ्यौमा
    बैंशको उन्मात जवानी लिएर
    काम वासनाले मदहोस बनेर
    सुस्त सुस्त आईरहेकी छौ ।
    तिमीलाई म के उपमा दिउँ
    कामिनी दामिनी या कामदेवी
    भो पर लैजाउ तिम्रा अंग प्रत्यंगहरू
    किन भने
    यहाँ माटोले रगत मागिरहेको बेला
    यो देशको सिमाना मिचिरहेको बेला ॥

    चित्कार…। बिलौना… रोदन
    चारै तिर अशान्ति र हाहाकार
    मेरो देशका गाउँ
    बस्ती र शहरहरू
    तिमी भने
    मेरो पुरुषार्थको कल्पनामा
    गाउँका बस्ती र झुपडीतिर
    शहरका गल्लि र चौक भरी
    बिन्ति पत्र लिएर भौतारीएकी छौ ।
    खै ! म तिमीलाई के भनी बोलाऊँ
    पागल घायल या प्रेम पुजारी
    यो मलाई रत्ति भर स्वीकार छैन ।
    किन भने
    यहाँ आफ्नै जीवनहरू दुखेको बेला ।
    मेरो देश र देशबासी रोएको बेला ॥

    Post new comment
    Comment: *

    Web page addresses and e-mail addresses turn into links automatically.
    Lines and paragraphs break automatically.
    More information about formatting options

    पढ्नुहोस्
    लेखक सूची
    बिधा सूची
    कथा
    कविता

Leave a Reply

Your email address will not be published. Required fields are marked *