जिन्दगी एउटा फूल हो झरीजान्छ एकपटक
नियम हो यो प्रकृतिको मरीजान्छ एकपटक
बच्चा देखि वृद्ध सम्म हुन्छन् यहाँ चक्र अनेक
कहिले खुशी कहिले पिडा यात्राहरुको बक्र अनेक
अनिच्छा मै जीवनसागर तरीजान्छ एकपटक
नियम हो यो प्रकृतिको मरीजान्छ एकपटक
बाँचुन्जेल रिसराग, भागबण्डा तेरो मेरो
जस्तो जन्म उस्तै मृत्यु छोड्नुपर्छ सेरोफेरो
आउछ काल टपक्कै टिपी हरीलान्छ एकपटक
नियम हो यो प्रकृतिको मरीजान्छ एकपटक
जिन्दगी एउटा फूल हो झरीजान्छ एकपटक
नियम हो यो प्रकृतिको मरीजान्छ एकपटक

अनुभव जी ,
म गीतको पारखी
अनुभव जी ,
म गीतको पारखी मात्र भएकोले लेखनमा राम्रो र नराम्रो म छुट्याउन सक्दिन तर मलाई गीत राम्रो लाग्यो ।
बिशेष गरी यो –
बाँचुन्जेल रिसराग, भागबण्डा तेरो मेरो
जस्तो जन्म उस्तै मृत्यु छोड्नुपर्छ सेरोफेरो
दिनेश जि म पनि गीत धेरै त
दिनेश जि म पनि गीत धेरै त लेख्दिन तर तपाईंहरुले लेखेको देखेर पछी पछी आउने प्रयास मात्र गरेको हुँ त्यहिपनी हजुरलाई मन पर्यो भनेपछी गीत राम्रै लेखेको रहेछु भन्ने भान भई रहेको छ मलाई-अनुभव