सम्झिएर बितेका छन सयौ सयौ राती मेरो
शुन्य भयो आज तिमी निदाउने छाती मेरो
जिन्दगीको गोरेटोमा सधैं मेरो छाया बन्ने
छोडिगयौ धेरै टाढा किन आज साथी मेरो
अलपत्र पारी तिम्ले सयौ घाऊ दिएपनी
हरपल हरक्षण तिमी नै छ्यौ जाती मेरो
मखमली पारीजात चोरेपछी बगैँचामा,
भएको छ जिन्दगी नै बिनाकामको पाती मेरो
कुहिरोको काग जस्तै हराउँछु क्षितिजमा
कहाँ गयौ “सानु” मेरी यात्राहरु थाँती मेरो
sangam_shree@yahoo.com

मखमली पारीजात चोरेपछी
मखमली पारीजात चोरेपछी बगैँचामा,
भएको छ जिन्दगी नै बिनाकामको पाती मेरो
राम्रो लेख्नु भो। यो शेर अझ राम्रो लाग्यो ।
सुनिल संगम
सरल शब्दहरु प्रयोग गर्नु भा छ
सरल शब्दहरु प्रयोग गर्नु भा छ राम्रो लाग्यो।
बिजी श्रेष्ठ
सुनिल जि र श्रेष्ठ जि मेरो
सुनिल जि र श्रेष्ठ जि मेरो मँझेरिको पहिलो कदमलाई स्वागत गरिदिनुभएको मा धेरै धेरै धन्यवाद- सँगमश्री
सँगमश्री जी ,
मखमली पारीजात
सँगमश्री जी ,
मखमली पारीजात चोरेपछी बगैँचामा,
भएको छ जिन्दगी नै बिनाकामको पाती मेरो
यो शेर मलाई पनि खुब मन पर्यो ।
i like most this gajhal, dost
i like most this gajhal, dost you are Ginious man.