Skip to content

“तिमीलाई…”


भान्छाघर पस्दा भात पाक्ने बेला छड्किदा सम्झिए
तातेको तेलमा मेथीं र ज्वाँनो पड्किदा सम्झिएँ

रहेनछ आलु रहेनछ प्याज पकाउने के आज
भनेर सोच्दै सबैको अभाब खड्किंदा सम्झिएँ

भोको छ पेट खानु नै पर्ने यो कस्तो बाध्यता
त्यो निस्तो गास घांटिमा गई अडकिंदा सम्झिएँ

सुखैमा राख्छु भनेको थियो पत्याईन “अनु”लाई
मात्तेर आ’को लोग्नेले रिसमा कडकिंदा सम्झिएँ

भान्छाघर पस्दा भात पाक्ने बेला छड्किदा सम्झिएँ
तातेको तेलमा मेथीं र ज्वाँनो पड्किदा सम्झिएँ

www.myanubhav.wordpress.com

5 thoughts on ““तिमीलाई…””

  1. अनुभव जी , , पिडालाई हाँस्य
    अनुभव जी , , पिडालाई हाँस्य रस अलिकति भरेर प्रस्तुत गर्नु भएकोले साह्रै मिठो बनेको छ ।

  2. भोको छ पेट खानु नै पर्ने यो
    भोको छ पेट खानु नै पर्ने यो कस्तो बाध्यता
    त्यो निस्तो गास घांटिमा गई अडकिंदा सम्झिये

    भान्छाघर पस्दा भात पाक्ने बेला छड्किदा सम्झिये
    तातेको तेलमा मेथीं र ज्वाँनो पड्किदा सम्झिये

    best6 anubhav ji ……….. khub ramro lagyo malaai……..

    Manoj kafle
    kuwait
    mansun2036@yahoo.com

  3. “मृतसरिर्”,दिनेशजी, मनोजजी
    “मृतसरिर्”,दिनेशजी, मनोजजी अनी सुनिल जि तपाईंहरुको साथ सधैं अपरिहार्य छ……….प्रतिकृयाको लागि सबैलाई धेरै धेरै.धन्यवाद … यो हातेमालो कहिल्यै नछुटोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *