Skip to content


मलाई जस्तै तिमीलाई पनि हुन्छ र? साँझपख
यो माया सम्झी त्यो मन तिम्रो रुन्छ र? साँझपख

मायाको चिनो त्यो जाली रुमाल हेरेर एकैनाश
कोमलु हातले श्बदको जाल बुन्छ र? साँझपख

लुटपुट पारी सिरानीलाई मलाई नै सम्झेर
निकाली तस्बिर त्यो तिम्रो ओठले चुम्छ र? साँझपख

ति प्रेमका बात बिगतका मात गाजलु नयनमा
बनेर सेती बियोगको पिडा धुन्छ र? साँझपख

बिजयपुर खोला सुस्केरा हाली एकैनास कराउदा
मेरो बोलाहट पवित्र कानले सुन्छ र? साँझपख

3 thoughts on “गजल”

  1. गजल गयात्मक तथा लयात्मक
    गजल गयात्मक तथा लयात्मक भएकोले गाउँनको लागि योग्य छ ।
    सुनिल संगम

  2. ति प्रेमका बात बिगतका मात
    ति प्रेमका बात बिगतका मात गाजलु नयनमा
    बनेर सेती बियोगको पिडा धुन्छ र? साँझपख

    क्या बात हे । मिठो छ नि हो अनुभव जी ,।

  3. सँगम जि, दिनेश जि धेरै धेरै
    सँगम जि, दिनेश जि धेरै धेरै धन्यबाद -अनुभव

Leave a Reply

Your email address will not be published. Required fields are marked *