BhawaniKhatiwada

लु अब फर्किई

शिथिल शरीर, वाक्य बसिसकेके अवस्था, लम्पसार परिरहेकै थिएँ । झिँगाहरू अनुहार, घाँटी, हात, खुट्टा, नाकका प्वालभरि ठेलमठेल गरेर पस्दथे, जहाँजहाँ मन लाग्यो त्यहाँत्यहाँ आउँथे, निर्धक्क बस्थे, आफ्नै सुरमा मस्तले चर्थे र उडेर जान्थे । यस्तो लाग्थ्यो कि अब मलाई झिँगाहरुले एकलौटी रुपमा आफ्नो नाममा नामसारी गरिसकेका छन् । घरका सदस्यहरू छेउछाउमा रहुन्जेल झिँगा आक्रमणबाट म मुक्त भए पनि एक दुई दिनको कुरा नभएको र महिना दुई महिनासम्म झिँगाको गोठालो लागेर साध्य नहुने भएकोको घरका सदस्यहरू यता उता भएपछि झिँगाको साम्राज्य मेरो शरीर हुने गरेको थियो । त्यही माथि फुर्सद पनि त मिल्नुपर्यो नि ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नव वर्षको शुभकामना

सधैँ फूल झैँ देश याे मुस्कुराओस्
नयाँ रङ्ग बाेकी नयाँवर्ष अाओस्
कुनै पीर चिन्ता कुनै शाेक सुर्ता
सदाकाल याे देश भित्रै नअाअाेस् ।।

नयाँ वर्षमा स्नेह झर्ना सुसाऊन्
सबैमा नयाँ हर्ष उल्लास अाऊन्
नयाँ शान्तिसद्भावका आश जागून
व्यथा पीर चिन्ता सबै दूर भागून् ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अामा

भोकै बस्न स्वयं तयार रहने खाना बनाएपछि
मात्रै खान तयार हुन्छ अरु को अर्काे अघाएपछि
पानीकै भरमा निरन्तर यहाँ को बस्छ सन्सारमा
भन्नोस् सज्जन हो अडिन्छ कसको सन्सार आधारमा ?

सोच्नोस् को हुन सक्छ यो भुवनामा आमा सरीको अरु
धर्तीमा सब मिल्न सक्छ तर के पाइन्छ आमाहरु
पैल्यै ध्वस्त हुने थियो यी नभए बाबा र आमाहरु
धेरै वर्णन गर्न सक्दिनँ यहाँ ऐले म खै के गरुँ ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मन हुन्छ

जहाँ पुग्छौ उहीं‌उही‌ पुग्न मन हुन्छ
सधै‌ तिम्रो बाटोमात्रै रुँग्न मन हुन्छ ।

कैलेकाही‌ टाढाटाढै बस्न पाए हुन्थ्यो
सधै‌ भरि तिम्रै अघि झुक्न मन हुन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आह्वान

युवा राष्ट्रनिर्माणमा लाग आज
सुनौलो अनुष्ठानमा लाग आज
सयौं जातिको वास निर्माण गर्न
स्वयंको प्रतिष्ठानमा लाग आज ।।

न मेची छ टाढा न कोशी छ टाढा
न काली न सेती न कर्णाली टाढा
युवा हो सबै काँधमा काँध जोड्दै
नयाँ राष्ट्रनिर्माणमा लाग आज ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

देशभक्ति

फक्रेको ढकमक्क मध्ये दिन यो तातो उगेल्दैछ कि !
भन्ने भाव बुझाउँदै छ ऊ स्वयं त्यो खेल खेल्दैछ कि !
आफैंभित्र अनन्त कष्टहरुमा आफैं पिरोल्दैछ कि !
मानौं मानव भाग्य वा नियतिको सन्त्रास झेल्दै छ कि !!

तातो होस् कि चिसो छ पूज्य जसमा मैले झुकाएँ शिर
मेरो धर्म थलो छ पूज्य जसमा मैले सिकें अक्षर
मैले गाउन सक्नुपर्दछ स्वयं यो देशकै शान हो
श्रद्धाभाव अनन्त राख्छु मुटुमा मेरो छ सम्मान यो ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पाप धुरीबाट कराउने छ

धन्य छौ पति र पुत्ररत्नहरू धन्य छौ
धन्य छौ सहनशीला पत्नीहरू धन्य छौ
धन्य छौ सासू ससुरा र अभिभावहरू धन्य छौ
दुनियाँ भरमा तिमीहरू नगण्य छौ
समाजमा उच्च वर्गका नागरिकका रुपमा गनिएका छौ
सबैबाट आदर्श नागरिक भनिएका छौ ।

अर्काको दुःख सुन्नु तिम्रो धर्म हैन
तथापि केही प्रश्न गर्न चाहन्छु
केही भन्न चाहन्छु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेरा दुई मुक्तकहरुः

मुक्तकः एक

जिन्दगी ढुङ्गो हुँदो हो त कति जाति हुन्थ्यो
न कुनै मुटु हुन्थ्यो न कुनै छाती हुन्थ्यो
उसका लागि सधैं एकछत्त सन्सार
न दिउसो हुन्थ्यो न त राति हुन्थ्यो ।

मुक्तकः दुई

हामीहरु ढुङ्गोमा मूर्ति कुँदेर आस्था जनाउँछौं
हाम्रो मन अड्याउन त्यसलाइ0 ईश्वर बनाउँछौं
आखिर ऊ ता ढुङ्गो न हो न मर्नमा डर न बाँच्नमा रहर
हामी भने उसैमाथि निर्दाेष पशुको रगत चढाएर आनन्द मनाउँछौ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तिजकाे कविता

परिवर्तनका आवाजहरु

यता सस्कृतिकाे छ नौलो मुहार
उता तीजको आज आयो बहार
भयो तीज धन्दा कसैलाई चाहिं
कसैमाथि चाहिं भयो झन् प्रहार ।।

नखोजौं भन्यो झन् त्यसैमा छ ध्यान
न गच्छे छ केही न केही छ मान
यसैले यहाँ संस्कृति हुन्छ ध्वस्त
विदेशीहरु झन् हुने मस्त मस्त ।।

नजानेर होला भयो धेर पाप
अरुको सिकोबाट क्यै छैन लाभ
विना अर्थका स्वाङ पारेर हुन्न
सदाचार सद्भाव केही रहन्न ।।

छ हाम्रो पृथक् सोच संस्कार हाम्रो
छ माया र सम्मान सद्भाव हाम्रो
अरुको लहैमा नलागौं नलागौं
छ औकात जस्तो त्यतैतर्फ लागौं ।।

समस्याहरु लाखका लाख आउन्
समस्याहरुले समाधान पाउन्
डटी कर्मका खालमा हामी लागौं

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

परिवर्तनका आवाजहरु

बर्सै र दिनमा रमाउँदै आयो तिजैको लहर
नखोजौं खुसी औकातभन्दा हौसिने रहर ।
आफूमा जस्तो गच्छे छ त्यस्मै रमाऊँ खुलेर
ज्ञानको दियो बालेर रमाउँ दुःखलाई भुलेर ।।

पौरखी बनौं कर्मको ढोका मिलेर उघारौं
जोसिलो पाइला बढाउँदै जाऊँ हिम्मत नहारौं ।
फाटेका चोली चुहिने झुप्रा हेरेको हेर्यै छन्
पैसाका धनी देशै र भरि रमेका रम्यै छन् ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मुक्तक (नेताहरू)

धेरै नेताहरू जनतालाई ढाँटेर जिन्दगी चलाउँछन्
केही भने जनतासँग बेइमानी साटेर जिन्दगी चलाउँछ्न्
सबैको कुरा ता कसरी भन्न सकिन्छ र ?
तर केही नेता अरुको कुरा काटेरै जिन्दगी चलाउँछन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेरा दुई मुक्तक (देख्न पाइन जान्न पाइन)

एक
**
देख्न पाइन जान्न पाइन देश कस्तो भाको होला
शत्रु पनि मेरै देशको थाप्लोमाथि गाको होला
आफू भने बेचिएर अर्कै देशमा आइएछ
आमा कता भन्दै मेरो काले रोइराको होला ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

छरिएका भावनाहरुः पर्देशमा बसेकी चेलीका

हाम्रै पौरखी हात पाउहरुको खाँचो छ त्यो देशमा
हाम्रा सोच विवेक वर्गतहरू खाँचो छ त्यो देशमा
हाम्रा बुद्धि विवेक शक्तिहरुको पर्खाइमा देश छ
नेपालीहरुबाट उच्च तहमा आत्मीय आदेश छ ।

वर्षाको अब याम आउन गयो पानी पर्यो झम्झम
उब्जन्छन् मनभित्र पानी सरीकै इच्छाहरू रंरम
माटोबाट सुवास केही बटुली हावा चल्यो सर्सर
आफ्नो जन्मथलो पसेर स्मृतिमा ऐले भयो हर्हर ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
BhawaniKhatiwada

लाखाैं एक हाैं

आस्थाको प्रिय देश हो मन भरी आस्था फिजाऊँ अब
आस्थाकै अभिशेकले मुलुक यो हामी भिजाऊँ अब
मेचीको जल बोकी कालीतिरका पाटा सिचाऊँ अब
गौरीशङ्कर दाहिना बनिरहून् आशीष पाऊँ अब ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मुक्तक

नभनूँ भन्यो भन्न मन हुने
नगनूँ भन्यो गन्न मन हुने
नभनेर नगरेर नसिकने रहेछ जिन्दगी
जिन्दगीमा कहिलेहास्न मन हुने कहिले रुन मन हुने ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कविता

परिश्रम् बगाएँ रमें कन्दरामा ।
म बाँचे‌ म नाचें यहाँकै धरामा ।।
फुलेका गुराँसै पखेरा र पाखा ।
सधैं शान भिन्नै हिमाली छ माथा ।।

सधैं जून फुल्छन् रमाएर सारा ।
यही घाम पानी यही‌का सितारा ।।
हिमाली छ डाँफे रमाएर नाच्ने ।
चखेवा तराई तिरै प्रीत गास्ने ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •