युवा राष्ट्रनिर्माणमा लाग आज
सुनौलो अनुष्ठानमा लाग आज
सयौं जातिको वास निर्माण गर्न
स्वयंको प्रतिष्ठानमा लाग आज ।।

न मेची छ टाढा न कोशी छ टाढा
न काली न सेती न कर्णाली टाढा
युवा हो सबै काँधमा काँध जोड्दै
नयाँ राष्ट्रनिर्माणमा लाग आज ।।

त्यहाँको गुजारा बडो कष्टको छ
यहाँ देश तिम्रै अझै भ्रष्टको छ
अझै भ्रष्ट छन् राज्यमा दाइँ गर्दै
यतैको अधिष्ठानमा लाग आज ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *