Skip to content

मेरा दुई मुक्तक (देख्न पाइन जान्न पाइन)


एक
**
देख्न पाइन जान्न पाइन देश कस्तो भाको होला
शत्रु पनि मेरै देशको थाप्लोमाथि गाको होला
आफू भने बेचिएर अर्कै देशमा आइएछ
आमा कता भन्दै मेरो काले रोइराको होला ।

दुई
**
स्रष्टाका मनभरि नौला नौला भाव आऊन् ।
देशभरि नवसृजनाका नयाँ आँकुरा पलाऊन्
जीवन जगतको उर्बर महिनाको रुपमा सुपरिचित-
भर्खर सुरु हुँदे‌छ सृजनको स्रोत साउन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *