Skip to content

Gaurabh

अहँ! अब उनी बोल्दिनन् !

“ह्याप्पी बर्थ डे डियर!” … समय: विहान ३.४३ बजे।

“ह्याप्पी बर्थ डे!” … समय: विहान ३.५७ बजे ।

विहान-विहानै उनको जन्मदिनको शुभकामना आएको रहेछ इमो मा। बिहान उठ्न ढिला भएकोले हतार-हतारमा म्यासेज त पढें तर त्यसको रिप्लाई दिन सकिनँ। अफिस पुगेर रिप्लाई गरिहाल्छु भन्ने सोंचेर कोठाबाट निस्कें।

GaurabhRai

उल्झन

“अरुको लागि मरिमेट्छौ, आफ्नो घर-परिवारको वास्ता छैन। तिमीसँग बिहे गरेर मैले कुकुरले नपाउने दु:ख पाएँ। अब म तिम्रो घर-बार हेर्न सक्दिनँ। आजदेखि नानीहरूको जिम्मा तिम्रै भयो।”

केही दिनदेखिको ब्याकलग (बाँकी रहेको काम) तुराउने हतारो। बिहान सवेरै उठेर ड्युटि जानु पर्ने। विहान विहानै ईश्वरको भजन तथा शुभ-प्रभात जस्ता अभिवादन सुन्नु पर्ने बेला विरक्त लाग्दो भाइबर म्यासेज पढेर चमारसीङ को शिर चकराउँछ। अफिस जान तयार चमारसीङ फेरि थचक्क खाटमा पसारिन्छ। मन भक्कानिएर आउँछ उसको अनि शिरानीलाई अँगालो हालेर मन भरिको बह आँशुको रुपमा पोख्न थाल्छ।

अन्तिम ईच्छा

मृत्युको सामु जब म झुक्छु माथ होस् काखमा
नबगेस आँशु आँखामा तिम्रा नरोएस लाशमा

जीवन बित्यो हाँसी र खुशी साथ तिम्रो पाएर
जानु छ त्यागी दुई दिने जीवन माया जो लाएर

संसारको रीति सृष्टिको थिति यस्तै छ विधान
नरोकी हुन्न जीवनको यात्रा बुझाऊ है त्यो मन

दुनियाँ

म मात्रै, मेरै हो, सबै मलाई,यस्तै सोच्छन् यी दुनियाँ
अरु पनि छन् तिनलाई पनि हो, सम्झेका छन् खोई कहाँ ?

मायावी हो यो जिन्दगी सबको, अजम्बरी छ त्यो कहाँ ?
व्यर्थै हुन् जनका लोभ-लालच, बुझेका छन् खोई यहाँ ?

भरी पुरी आफ्नै भकारो, दुनियाँलाई मारी मारी
खोज्छन् शान्ति वैकुण्ठको, नरकको भै पुजारी

अनौठो बलिदान

आभाको आँखा रातो भएको थियो । शायद, गर्मी मौसममा आँखा पाक्ने समस्या भएको हुन सक्छ । सामान्य समस्या हो आफै ठिक भै हाल्छ भन्ने सोचाईले उपचार गर्न ढिलाई भएछ । दुर्भाग्यवश उसको आँखाको नानि मा समेत ईन्फेक्सन हुन पुगेकोले ऊ जीवनभर आँखा देख्न नसक्ने गरि अन्धो भई ।

खोई किन हो कुन्नि, आभाले श्रीमानलाई खुबै घृणा गर्न थाली । एक समय यस्तो आयो, ऊ श्रीमानको आवाज सम्म सुन्न नहुने अवस्थामा पुगी ।

बिचरा बबुरो!

“साथ र सहयोग दिनु पर्ने बेला सँगै बाँच्ने, सँगै मर्ने बाचा गरेर प्रेम विवाह गरेकी उसकी श्रीमतीले त छाडेर पोईल गइ-गई; हौसला एवं सान्त्वना दिनु पर्ने समाजले धरि केही हजार ऋण बापत उसको अलिकति भएको जाय-जेथा पनि कब्जा गरे।”

ब्लड क्यान्सरले पिडित बालिकाको सहयोगार्थ

आदरणीय मझेरी.कम का सम्पुर्ण मित्रहरू:

एउटी सानी नानी ब्लड क्यान्सरले पीडित भएर जीवन-मृत्युको दोसाँधमा देख्दा मेरो मन साह्रै कुँडिएको छ । हाम्रो भेट मेरो पत्थरीको अप्रेशन गर्नेबेला ओम हस्पिटलमा भएको थियो । खर्च अभावले उपचार गर्न नसक्ने भन्ने कुरा सुन्दा धेरै दु:ख लागेको छ । त्यसैले यो कुरा तपाईहरू सामु पुर्याएँ भने केही सहयोग उपलब्ध हुने थियो कि भन्ने आशा छ ।

उठेर अब जुट्नु पर्छ

एक सय चार सालको कालो औंशी रात
सुतिराख्या, सबै मौन, जंगे भुतको त्रास
जनता नास्ने भुत रे’छ, कुरा गाँइगुई चल्यो
एक कान, दुई कान, हुदैं मैदान, मुलुकभरि फैल्यो