खुशी छु म आज यहाँ धेरै-धेरै खुशी
चहर्याउने घाऊहरू सबै गए सुकी
उदास ती पलहरू कति बिते कति
आँशुले नभिजेका थिएनन् कुनै राति
मेरै हो त्यो आँशु मलाई शित देख्दा लाग्थ्यो
मलाई देखी आकाश पनि रोइरहे झैं लाग्थ्यो
फालिए थें फोहोर बिच रित्तिएको बोतल सरी
हात दियौ, साथ दियौ जीवनभर नछुट्ने गरी
यौवन, प्रेम, समर्पण दियौ मलाई सबै खुशी
तृप्त पार्यौ प्यासी यो मन छैन भोक कुनै बाँकी
यसैले त खुशी छु म आज धेरै खुशी
चहर्याउने घाऊहरू सबै गए सुकी
