सुस्त बग्ने खोला आज खोई कसरी सुस्ताएछ
सोच्छु कता के हुने हो मन खुबै आत्तिएछ
साँझ पख शितल हावा आज किन तातिएछ
छैन चयन मनमा त्यसै आज किन आत्तिएछ
आकाश हेर्छु एउटा तारा छैन कतै हराएछ
के भो मन ढक्क फुल्यो त्यसै आज डराएछ
आधारातमा मोबाईल बज्यो खबर केही लिई आएछ
अनायशै वाक्य बस्यो ओंठ सुक्यो आँखाहरू रसाएछ
उनकै थियो सहारा त्यो आज सम्म जहाँ आएँ
भेट्न पाईनँ अन्तिम सास अभागी म बिस्मात खाएँ
चढाउँछु शब्दहरूका दुई हात भरि पुष्पाञ्जली
आत्मा शान्ति साथ रहोस् मेरो हार्दीक श्रद्धाञ्जली
-समाप्त-
