म मात्रै, मेरै हो, सबै मलाई,यस्तै सोच्छन् यी दुनियाँ
अरु पनि छन् तिनलाई पनि हो, सम्झेका छन् खोई कहाँ ?
मायावी हो यो जिन्दगी सबको, अजम्बरी छ त्यो कहाँ ?
व्यर्थै हुन् जनका लोभ-लालच, बुझेका छन् खोई यहाँ ?
भरी पुरी आफ्नै भकारो, दुनियाँलाई मारी मारी
खोज्छन् शान्ति वैकुण्ठको, नरकको भै पुजारी
छली, कपटी, निर्दयीहरूको, भारी छ ठुलो जहाँ
डुबी रसातलैसम्म खोजे पनि, पाईन्छ शान्ति कहाँ ?
हत्या पहिले अनि शोक मान्छन्, खुशीले गद-गद भै यहाँ
देखी जगका माहौल यी सबै, व्याकुल छु त्यसै म कहाँ ?
म, मेरो, मलाई त्यागिन्छ जहाँ, पाईन्छ शान्ति त्याहाँ
आफू नमरी स्वर्ग देखिन्नँ, भनेका त्यसै हुन् कहाँ ?
